अमरराज आचार्य
बिहिवार, आश्विन २५, २०७५
282

 घोराहीमा रहेको युनिकमार्केटमा प्लाष्ट्रिका झोलापुर्ण रुपमा निषेध गरीएको छ । वातावरण मैत्रि  निर्माण गर्नेका लागि प्लाष्ट्रिकका झोला निषेध गरीएको युनिकमार्केक व्यवस्थापन समितीले जनाएको छ । त्यसै गरेर घोराही उपमहानगरपालिकाले अघि सारेको सरसफाइर वातावरण संरक्षणको अभियानमा सहयात्री वन्ने व्यवस्थापन समितीका अध्यक्ष शालिकराम खनालले जानकारी दिए ।
उनका अनुसार उपमहानगरपालिकाले जिम्मा दिएको टोलविकास संस्था क्षेत्रमाप्रत्येक वर्ष २५ वटा विरुवालगाउने र तीविरुवाको संरक्षणका लागि तालजालीमालाग्ने खर्च समेत व्यहोरने भएको छ । सञ्चालक समितीले हरेक वर्ष सामाजिक कार्यक्रमहरुलाई वढाउदै लैजाने समेत खनालले बताए । घोराहीमा ९ जनायुवाहरु मिलेर घोराहीको तुलसीपुरमा युनीकमाकेट निर्माण गरेर सञ्चालन माल्याएका हुन् । कोशीस फाउण्डेसनको व्यवस्थापनमा युनिकसुपर माकेट सञ्चालनमा ल्याएको हो ।
युवाहरु १करोड ५० लाखको लगानीमा सुपर माकेट निर्माण गरी सञ्चालनमा ल्याएको अध्यक्ष खनालले बताए । यसरी निर्माण गरीएको माकेटमा युवाहरुलाइ प्राथमिक्ता दिइएको अध्यक्ष खनालले बताए । ‘हामीले युवाहरुलाई व्यवसायमा सहभागिवनाउने उदेश्यले सुपर माकेट सञ्चालन गरेका हौ’ अध्यक्ष खनालले भने । युवाहरुले नै निर्माण गरेको देखेपछि युवाहरु यस तर्फ आउन समेत सहजहुने उनले बताए । रोजगारको लागि विदेशीने युवाहरुलाई विदेश जानलाग्ने रकम यहीलगानी गरेर व्यवसायि वन्न सकिन्छ भनेर प्रेरणा समेत दिने खनालले बताए । व्यवसायिगर्न चाहने युवाहरुलाई फाउण्डेसन मार्फत ऋण समेत मिलाइदिने गरेको उनको भनाइ रहेको छ ।जसले गर्दा रकमनभएकाले पनिव्यापार गर्न सहजभएको बताए । ‘हामीले नया व्यसायि उत्पादन गर्ने उदेश्यले यस प्रकारको सोच गरेकाहौ’ अध्यक्ष खनालले भने ।