मेगराज खड्का
शुक्रवार, आश्विन २६, २०७५
562

रुकुम - दशैं तिहार नजिकीएसँगै हुन सक्ने सम्भाबित कालो बजारीलाइ रोक्न जिल्लाको मुसीकोट नगरपालिकाले वडाहरुमा रहेका बिभिन्न बजारहरुमा अनुगमन गरेको छ । नगरपालिकाले खलंगा बजारका खाद्य तथा किराना एबं एग्रोभेट र मासु पसलको अनुगमन गरेको हो । अनुगमनको क्रममा कतिपय पसलहरुमा अखाद्य बस्तु तथा म्याद गुज्रीएको सामान समेत भेट्टिएको र त्यस्ता सामानहरु सोहि ठाउँमै बरामत गरि नष्ट गरिएको थियो । त्यसैगरि कतिपय पसलहरुमा मुल्यसुची नराखिएको, सरसफाइलाई ध्यान नदिइएको र दर्ता नगरेर समेत पसल संञ्चालन गरेको पाइएको थियो ।
अनुगमनका क्रममा केहि कमी कम्जोरी भेट्टिएका ति पसलहरुलाई जति सक्दो चाँडो सबै किसिमका मापदण्ड पुरा गरेर नगरपालिकामा आफ्नो ब्यबसाय सुचीकृत गर्न पनि अनुरोध सहितको निर्देशन गरिएको मुसीकोट नगरपालिकाकी उपप्रमुख एबं अनुगमन टोलीकी संयोजक प्रेमकुमारी सुनारले बताईन । उनका अनुसार ब्यापारी तथा उपभोक्ताहरुमा सचेतना नहुँदा बजारमा ठुलो मात्रामा म्याद गएका समानहरु बिक्रिबितरण भैरहेका छन । अनुगमनको पहिलो चरणमा सचेतना सहित सानोतिनो म्याद गएको मात्र सरसमान बरामद गरिएको र आगामी दिनहरुमा पुनः त्यस्तो पाईएमा कडा कारबाही सहिद सम्पुर्ण समानहरु बरामत गरिने उनको भनाई छ । दैनिकजसो बजारका बिभिन्न ठाउहरुमा अनुगमनलाई निरन्तरता दिईरहेको बताईएको छ ।