कारोबार संवाददाता
शुक्रवार, आश्विन २६, २०७५
476

हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनै बजारमा जिल्ला प्रशासन कार्यलय डोल्पाको अगुवाईमा अनुगमन गरेको छ । दशै तिहार लाई लक्षीत गर्दै दुनै बजार अनुगमन गरेको हो । अनुगनको क्रममा विभिन्न होटेल पसलहरुबाट २२ हजार बरावरको मिति मिति गुज्रीयका दैनिक उपभोग्य बस्तुहरु बरामत गरी नष्ट गरीएको छ ।
अनुगनमको क्रममा मिति गुज्रीयका सामानहरु दालमोट ६७ प्याकेज, बिस्कुट ८ पिस, सानो भुजा ५ पिस, मुना चिया ९ प्याकेज, बेसार ८ पोका, चाउचाउ ३८ पोका, सब्जि मसाला ६ प्याकेज, लिचि जुस ३८ बट्टा, धारा तेल २० पोका, धिउ २ बट्टा लगायतका अन्य दैनिक उपभोग्य वस्तुहरुको नष्ट गरीएको हो ।
राष्ट्यि सडक सन्जालले छुन नसकेको डोल्पा जिल्लाको सदरमुकाम दुनै बजार,जुफाल बजार,त्रिपुराकोट बजार लगायत अन्य ठाउँहरुमा बाटोको समस्या देखाउदै व्यापारीहरुले मनपरी तरीकाले वेचविखन गरेको उपभोक्ताले गुनासो गरेका छन । बजारमा मुल्य सुचि नराख्दा व्यापारीहरुले मान्छेअनुसारको हेरेर मुल्य तोक्दा साधारण उपभोक्ताहरु महगीँको मारमा परेको स्थानिय उपभोक्त जयराम थापाले बताउनु भयो । दुनै बजारका व्यापारीहरुले मिति गुज्रीयका सामानहरु गोदाममा राख्ने र ति सामानहरु उपल्लो डोल्पा लगाय विभिन्न गाउँहरमा ओसारपसार गर्ने गरेको पनी उपभोक्त थापाले बताउनु भयो ।