कारोबार संवाददाता
आइतवार, माघ २७, २०७५
310

कञ्चनपुर- नगरपालिकामा सबै वडाबाट सञ्चालन हुने रोजगार मेलाको भीमदत्त नगरपालिका–१९ बाट सुरु गरिएको छ । वडा नं. १९ को वडा कार्यालयमा भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले मेलाको उद्घाटन गर्दै रोजगार मेला १९ वटैै वडामा आयोजना गरिने बताए ।
प्रमुख विष्टले यसबाट रोजगारीका सम्भावना, श्रम क्षेत्र पहिचान, आर्थिक क्षेत्र, उद्यमशिलता सम्बन्धी जानकारी हुने बताए । नगरका सबै वडामा मेला आयोजनापछि बेरोजगारको तथ्यांक संकलन गरिने र श्रम बजार पहिचान गरी रोजगारीका लागि उत्प्रेरित गरिने नगर प्रमुख विष्टले बताए ।

कार्यक्रममा रोजगार मेला, रोजागरीका सम्भावना, रोजागरसम्बन्धी सरकारी नीति कार्यक्रमसम्बन्धी जानकारी समावेश गरिएको कार्यपत्र प्रस्तुत गरिएको छ ।
नयाँ संरचनाअनुसार रोजगार सूचना केन्द्र स्थानीय तहमा आएको हो । यसअघि सीप विकास तालिम केन्द्र मातहतको केन्द्रले कञ्चनपुरमा ८ हजार ५ सय बेरोजगारको तथ्यांक संकलन गरेको थियो ।