गुरुङको अध्यक्षतामा सीटीईभीटी कर्मचारी संघको नयाँ कार्यसमिति
कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५
188

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) कर्मचारी संघको छैटौं महाधिवेशनले नविनकुमार गुरुङको अध्यक्षतामा सोमबार नयाँ कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्ष छविलाल दवाडी, उपाध्यक्ष करार हुमबहादुर महत्रा, उपाध्यक्ष महिल पशुपति बतास, उपाध्यक्ष खुलामा भरत ढकाल, ध्रुव राजन्यौपाने र अर्जुन काफ्ले चयन भएका छन् । यसरी नै महासचिव हेमदत्त देवकोटा, उपमहासचिव जेन्दीबादे श्रेष्ठ, कोषाध्यक्ष बन्दिता राजभण्डारी छन् । केन्द्रीय सदस्य खुलामा घनश्याम पौडेल, कमलप्रसाद पाण्डे, राजु नडौलिया, डा. नन्दलालखत्री, गोविन्दबहादुर पुन, राजेन्द्र अर्याल र माधवप्रसाद काफ्लेलगायत निर्वाचित भएका छन् । कार्यसमितिमा प्रत्येक प्रदेश संयोजक पनि चयन गरिएको छ ।
निवर्तमान अध्यक्ष देवदत्त बडुको अध्यक्षतामा सम्पन्न भएको उक्त महाधिवेशनको प्रमुख आथित्यता नेपाली कांग्रेसका महामन्त्रीमा. डा. शशांक कोइरालाले गरेका थिए । यसरी नै नेपाली कांग्रसका प्रवक्ता विश्वप्रकाश शर्मा विशिष्ठ अतिथिका रूपमा र केन्द्रीय सदस्य गुरुराज घिमिरे विशेष अतिथिका रूपमा कार्यक्रममा उपस्थित थियो । सो कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अतिथि तथा प्रमुख अतिथिहरुले देशको समग्र आर्थिक तथा सामाजिक विकासका लागि प्राविधिक शिक्षाको महत्वपूर्ण भूमिका रहेको विचार व्यक्त गरेका थिए ।