जुम्ला-पातारासी गाउँपालिका–७ पट्मारास्थित महारुद्र सामुदायिक वनमा रेडपाण्डा अनुगमन ब्लक निर्धारण गरिएको छ ।
सामुदायिक वनको करिब ६ किलोमिटर वन क्षेत्रलाई आधार मानी ४ वटा ब्लकसहित २१ वटा रेडपाण्डा ट्रान्जेक्ट प्वाइन्टको रूपमा पश्चिम नेपालकै पहिलो रेडपाण्डा अनुगमन ब्लक निर्धारण गरिएको हो । विश्वमै दुर्लभ बन्दै गएको रेडपाण्डाको अवस्थाबारे उक्त सामुदायिक वनमा अध्ययन, अनुसन्धानपछि रेडपाण्डा रहेको अनुमानका आधारमा वनक्षेत्रलाई रेडपाण्डा अनुगमन ब्लक तोकिएको हो ।
उनका अनुसार रेडपाण्डा नेटवर्कको आर्थिक सहयोग तथा कर्णाली विकास हातेमालो सेवा समाज जुम्लाको समन्वयमा वनमा गई करिब एक साता लगाएर ब्लक निर्धारण गरिएको हो । पश्चिम नेपाल रेडपाण्डा संरक्षण संयोजक सरोज श्रेष्ठको नेतृत्वमा ७ जनाको टोली एक सातादेखि ब्लक निर्धारणमा खटिएको थियो ।
चरिचरण क्षेत्र विस्तार, जंगलमा भेडा गोठालाले जथाभावी कुकुर छाडा छोड्नु, आहारको विनास हुँदै जानु, वनमा आगलागी गर्नु, पानीको स्रोत घट्नुलगायतका कारण बासस्थान र आहारा सकिँदै जाँदा रेडपाण्डा पनि लोप हुँदै गएको अनुसन्धानले देखाएको छ ।
वनजंगल संरक्षण गर्नुका साथै गैरकाष्ठ वनपैदावार जथाभावी चोरी सिकारी न्यीनीकरण गर्नसके रेडपाण्डाको संरक्षण तथा संख्या वृद्धिमा जोड पुग्ने पश्चिम नेपाल रेडपाण्डा संरक्षण संयोजक सरोज श्रेष्ठले बताए ।