बेहडाबाबा तालमा डुंगा सञ्चालन
कारोबार संवाददाता
बुधवार, असार २७, २०७५
272

धनगढी- धार्मिक तथा पर्यटकीय महत्व बोकेको बेहडाबाबा तालमा डुंगा सञ्चालन गरिएको छ ।
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड र उपप्रमुख सुशीला मिश्र भट्टले विशेष पूजा–आजा गरी डुंगा सञ्चालनमा ल्याएका हुन् । नगरले ५ लाख बराबरको डुंगा सञ्चालन गरी व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो । डुंगा सञ्चालनमा ल्याएपछि दर्शनार्थी र भक्तजनहरूलाई तालको मध्यभागमा रहेको गंगामाता मन्दिरमा जान सजिलो हुने भएको छ ।
धनगढी उपउपमहानगरपालिकाले बेहडाबाबा मन्दिर ब्यवस्थापन समितिलाई २ वटा डुंगा हस्तान्तरण गरेको धनगढी उपमहानगरपालिका नगरप्रमुख नृपबहादुर वडले भने, “डुंगाको रेखदेख संरक्षण र सञ्चालनसमेत समितिले नै गर्नेछ । आवश्यकता अनुसार नगरपालिकाले डुंगा थप गर्ने नगरप्रमुख वडले बताए । “बेहडाबाबाको विकासका लागि हामीले गुरुयोजना बनाउने काम गरिसकेका छौं,” नगरप्रमुख वडले भने, “बाटाघाटोे र आवश्यक पर्ने अन्य संरचना निर्माणकार्यलाई नगरपालिकाले तीव्रता दिएको छ ।
तालमा पानीको सतह बढेको अवस्थामा गंगामाताको मन्दिरमा पूजा गर्न चाहनेहरू जान सक्दैन थिए स्थानीय मिनबहादुर चन्दले भने, “अबका दिनमा वर्षात्को बेला पनि पूजा गर्न सकिने भो बेहडावाबा प्रदेशकै मुख्य धार्मिक पर्यटकीयस्थल हो,” धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला भट्टले भनिन्, “यहाँ आवश्यक पर्ने पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिन्छ ।”
यहाँ नेपालबाट मात्र नभई भारतका विभिन्न ठाउँबाट पनि दर्शनार्थी आउने गर्दछन् । भारतको उत्तर प्रदेश र उत्तराखण्डबाट खालीखुट्टा हिँडेर दर्शनार्थी दर्शन गर्न आउँछन् ।