सागर परियार
मंगलबार, श्रावण २९, २०७५
389

जुम्ला-जुम्ला सदरमुकाका हिलाम्मे सडकले नागरिकलाई सास्ती दिएको छ । सदरमुकामको टेलिकम अगाडिको सडक, सिंहाचौर जाने सडक, कृषि अनुसन्धाननजिककै मेन रोड पूरै हिलाम्ये हुँदा नागरिकले सास्ती भोगिरहेका छन् । विस्तारै, कालोपत्र उप्किएर खाल्डा परेका छन् । यातायातका साधन मोटरसाइकल, अटो, गुडाउन तथा दैनिक ओहोरदोहोर गर्न नागरिकलाई निकै सास्ती भइरहेको छ ।
नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले भने, “निर्माण भएको कालोपत्रे सडक माथि कालोपत्रेको हिलो बनाएर पिचको कुनै निशानासमेत छैन ।” ६ वर्ष पहिले निर्माण भएको नाला खोल्न भनेर चन्दननाथ नगरपालिकाले डोजर प्रयोग गरेर निकालिएको माटोलाई व्यवस्थापन गर्न नसक्दा पिचरोड हिलाम्ये बनेको छ । यसमा नगरपालिकाले ध्यान दिन आवश्यक रहेकोमा महतले जोेड दिए ।

नयाँ निर्माण नगरे पनि निर्माण भइसकेको पूर्वाधारलाई विनास गर्न नहुने युवा हस्त भन्छन्, “कुरा र योजनामात्रै स्मार्ट सिटी, इलेक्टिसिटिको गरेर सम्भव हुँदैन,” उलने भने, “सामान्य नगरक्षेत्रका हिलाम्ये सडकको व्यवस्थापनमा नगपालिकाले ध्यान दिन नसेकेको गुनासो गरे ।” वृद्धवृद्धा तथा बालबालिकालाई बिहान साँझ विद्यालय आउँदा जाँदा निकै सास्ती हुने गरेको छ ।
बस्तीबस्तीमा सडक पु¥याउने, सबै नगरक्षेत्रभित्रका सडक कालोपत्रे गर्ने नीति तथा योजना अघि बढाउने तर, बनेको कालोपत्रे सडक हिमाल्ये बनाउने निर्माण प्रक्रियाले दीर्घकालीन विकासमा धक्का पुग्ने महिला अधिकारकर्मी लक्ष्मीकन्या बुढाले बताइन् । उनले भनिन्, “चन्दननाथ नगरपालिकाले सिंजाचौर जाने सडक, टेलिकम अगाडिको सडक र कर्णाली राजमार्गको कृषि अनुसन्धाननजिकैको सडकलाई पहिलकै अवस्थामा बनाउन नसकेको खण्डमा, जनताले विकासको अनुभूति गर्न सक्दैनन् ।
योजना महोत्वकाँक्षी बनाउनुभन्दा गर्दै जाँदा आईपर्ने समस्या समाधानतर्फ ध्यान जान जरुरी रहेको उनको भनाइ छ । स्मार्ट सिटीको परिकल्पना गरिएको नगरपालिकामा त सडकको दुरदशा यस्तो छ । ग्रामीण बस्तीका सडकबाट नागरिकले कति सास्ती भोगिरहेका होलान् ।
स्थानीय सम्राट परियारले भने, “सके बनाउ नसके नबिगारौंको नीति ल्याउ ।” अहिले भइरहेको वर्षात्ले गर्दा यहाँका कुनै सडक हिँड्न लायक छैनन् । कच्ची सडक त कच्ची नै छन् तर, कालोपत्रे गरिएको सडक हिलाम्ये बनाउँदा नगरवासीदेखि सदरमुकाम आउने सयौं नागरिकले दैनिक सास्ती भोगिरहेका छन् । यता चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले नाली बनाउँदा पिच सडकमाथि पर्नु स्वाभिक हो बिर्गाने सोचले हिलो बनाएको होइन । हिलो माटो व्यवस्थापन गर्न खोज्दाखोज्दै नियमित भएको वर्षात्ले पूरै सडक हिलाम्ये बन्न पुगेको सुनाइन् ।
सिंहाचौर जाने सडक र कृषि अनुसन्धाननजिकको सडक आउने चालू आवमा व्यवस्थित बनाइने बताइन् । योजनाबिना समृद्धि सम्भव छैन, स्मार्ट सिटीको कुरालाई लिएर गरिएको व्यंग्यलाई यथार्थमा बदल्ने संकल्प नगरपालिकाका सबै जनप्रतिनिधिले लिएको दाबी गरिन् ।