कारोबार संवाददाता
सोमवार, बैशाख १७, २०७५

बुद्ध जन्मस्थल लुम्बिनीको विकासका लागि बनाइएको लुम्बिनी गुरुयोजनालाई शान्ति र मानवताको विश्वकेन्द्रको रुपमा सम्पन्न गर्ने प्रतिबद्धतासहित १० बुँदे घोषणापत्र जारी गर्दै २ दिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन लुम्बिनीमा आइतबार सम्पन्न भएको छ ।

554
राजेन्द्र बस्नेत
आइतवार, बैशाख १६, २०७५

प्रदेश नम्बर ३ को धादिङ धनीमध्येको एक जिल्ला हो । जब जनप्रतिनिधिविहीनता थियो, त्यतिबेला झनै आन्तरिक श्रोत वृद्धि हुन थाल्यो । तर बिडम्बना आन्तरिक स्रोतको खर्चबाट उल्लेख्य काम भएको एउटै पनि गतिलो उदाहरण जिल्लामा छैन ।

714
कारोबार संवाददाता
आइतवार, बैशाख १६, २०७५

गैरसरकारी संस्था(एनजीओ)लाई लखेट्ने भनी चर्चामा आएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्वागत गर्न तयार रहेको स्पष्टोक्ति दिएका छन् ।

1690
कारोबार संवाददाता
आइतवार, बैशाख १६, २०७५

उपत्यका क्षेत्रका पानीको मुहान सुरक्षा, संरक्षण र संवद्र्धनको गर्न विशेष योजना ल्याइने भएको छ । ललितपुरको गोदावरीमा आयोजित एक कार्यक्रममा बोल्दै खानेपानी मन्त्री बिना मगरले पानीको मुहान संरक्षण गर्नु अनिवार्य रहेको बताइन् ।

715
कारोबार संवाददाता
शुक्रवार, बैशाख १४, २०७५

वालिङ नगरपालिकाले फोहोरमैला बिक्रीबाट आम्दानी लिंदै आएको छ । ४ वर्षको अवधिमा १७ लाख ३५ हजार २ सय १८ रुपैया“ फोहोरमैला बिक्रीबाट आम्दानी भएको नगरपालिकाले जानकारी दिएको छ ।

859
कारोबार संवाददाता
शुक्रवार, बैशाख १४, २०७५

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको प्राथमिकतामा आर्थिक समृद्धि, सुशासन, स्थिरता र विकास रहेको बताएका छन् । चन्द्रपुर नगरपालिका–२ स्थित जुडिवेलामा सडकको शिलान्यास गर्दैै अध्यक्ष प्रचण्डले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार रहेको हुनाले आन्दोलन, क्रान्ति र परिवर्तन अबको एजेन्डा नभएर सुशासन, स्थिरता र विकास रहेको बताए ।

528
कारोबार संवाददाता
शुक्रवार, बैशाख १४, २०७५

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले चालू आवको तेस्रो चौमासिकका लागि बजेट प्रस्तुत गरेका छन् । चालू खर्चतर्फ ४३ करोड ८४ लाख ३ हजार अर्थात् कूल विनियोजनको ४२.९५ प्रतिशत तथा पुँजीगततर्फ ५८ करोड २० लाख ९७ हजार अर्थात् कुल विनियोजनको ५७.०५ प्रतिशत विनियोजन गरिएको छ ।

1494
कारोबार संवाददाता
शुक्रवार, बैशाख १४, २०७५

उद्योगी एवम् पर्सा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोक वैद नेपाल–भारतको प्रवेशद्वार वीरगञ्ज नाकाको प्रदूषण हटाउने कुरा गर्दागर्दा थाकिसके । संघको अध्यक्ष हुँदा उनले विभिन्न फोरमहरूमा नाका स्वच्छ राख्न र प्रदूषण हटाउन फ्लाईओभर राख्नेसम्मको तर्क पनि गरेको सुनाउँछन् ।

697
घनश्याम पौडेल
बिहिवार, बैशाख १३, २०७५

छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल स्थानीय तहको निर्वाचनअघि काठमाडौंमा बस्दै आएका थिए । गाउँपालिका अध्यक्षको टीकट पाएसँगै गाउँ फर्किएका उनी गाउँ छोड्न सकेनन् । आफ्नो घर भाडामा दिएका पोख्रेल अहिले कान्छा हजुरबुबाको घरमा बस्दै आएका छन् ।

1936
कारोबार संवाददाता
बिहिवार, बैशाख १३, २०७५

सरकारी कार्यालयमा विद्युतीय हाजिरी राख्ने परम्परा नै बसेको छ । के यसले सुशासन प्रवद्र्धन गर्ला ? सुशासन प्रवद्र्धन गर्न मुसिकोट नगरपालिकाले पनि विद्युतीय हाजिरीको सुरुवात गरेको छ ।

760
कारोबार संवाददाता
बिहिवार, बैशाख १३, २०७५

नेपाल रेडक्रस सोसाइटीले भूकम्पछिको पुनर्निर्माणका लागि सरकारसँग सहकार्य गर्दै अघि बढेको जनाएको छ । रेडक्रसले नेपाल सरकारसँग करिब ७ हजार घर निर्माण गर्ने सम्झौता, साझेदारहरुबाट प्राप्त प्राविधिक तथा आर्थिक अनुदान र सहयोगको प्रतिवद्धताअनुसार ३ हजार २ सय ७७ निजी घर निर्माण सम्पन्न भइसकेको जनाएको छ । बाँकी अधिकांश परिवारले पनि वर्षाअगावै घर सम्पन्न हुने गरी निर्माण कार्य गरिरहेका छन् ।

1509
कारोबार संवाददाता
बिहिवार, बैशाख १३, २०७५

रौतहटबाट भारततर्फ पेट्रोलियम पदार्थ चोरी तस्करी हुने गरेको छ । चोरी तस्करी हुन थालेपछि गौरलगायत मुख्य बजारमा पेट्रोलियम पदार्थको कृतिम अभाव भएको छ । दिउँसो पम्प बन्द गरी रातिको समयमा भारतीय गाडीमार्फत डिजेल र पेट्रोलको चोरी तस्करी हुने गरेको गौरका राकेश यादवले बताए ।

698
मनोरञ्जन शर्मा
बिहिवार, बैशाख १३, २०७५

नेपाल आयल निगमले रुपन्देहीको भलवारी क्षेत्रीय डिपोका लागी भारतको बेतालपुर डिपोबाट इन्धन ल्याउने ट्यांकरमा लकिङ प्रणाली लागू गरेको छ । सोमबार बेतालपुर डिपोबाट इन्धन लोड गरिएका ८ वटा गाडीमा लकिङ गरी नेपाल ल्याइएको हो । यसअघि निगमको झापा चारआली डिपोअन्तर्गतका ईन्धन ढुवानी गर्ने ट्यांकरमा यो प्रणाली लागू गरिएको थियो ।

516
लक्ष्मी सापकोटा
बिहिवार, बैशाख १३, २०७५

गरिब पहिचान भएका व्यक्तिलाई खाद्यवस्तु र औषधिमा वार्षिक ५५ हजार रुपैयाँ खर्च हुने एक अध्ययनले देखाएको छ । त्रिभुवन विश्व बिध्यालयको आर्थिक विकास तथा प्रशासनिक केन्द्र(सेडा)ले गरेको अध्ययनले गरिब पहिचान भएका एक परिवारलाई वार्षिक ५५ हजार ५ सय २५ रुपैयाँ खर्च हुने देखाएको हो ।

752
कारोबार संवाददाता
बुधवार, बैशाख १२, २०७५

गोरखामा भूकम्पले भत्किएकामध्ये हालसम्म करीव १३ हजार घरको मात्रै पुननिर्माण सकिएको छ । भूकम्प गएको तीन वर्षको अबधिमा हालसम्म जिल्लामा १२ हजार ७ सय ८१ घरको पुननिर्माण सकिएको हो । यसमध्ये गैरसरकारी सस्थां मार्फत ४ सय ५६ घर बनेका छन् ।

590