कारोबार संवाददाता
शुक्रवार, चैत्र ९, २०७४

वर्ष दिनअघि डकर्मी तालिम लिएकी चौतारा साँगाचोकगढी नगरपालिका–११ कि अन्जु माझीको दिनचर्या अचेल छिमेकीको घर पुनर्निर्माण गरेरै बित्छ । भूकम्पको एकै झट्काले सिंगो गाउँका घर ढालेपछि अहिले उनीसहित पुनर्निर्माणको टोली गाउँ ठड्याउने काममा व्यस्त छ ।

1422
लक्ष्मी सापकोटा
शुक्रवार, चैत्र ९, २०७४

मुलुकका पेट्रोलियम व्यवसायीको लगानीमा निर्माण भइ अढाइ वर्षदेखि भारतमै रोकिएका नेपाली नम्बरका ग्यास बुलेट छुटाउन भारत सकारात्मक देखिएको छ । नेपाली नम्बरका बुलेटमा देखिएको कानुनी समस्या हटाउन भारत सरकार सकारात्मक देखिएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले जानकारी दिए ।

1382
रासस
बिहिवार, चैत्र ८, २०७४

विश्वको सर्वाधिक उचाइमा धान फल्ने जुम्लाको पातारासी गाउँपालिकामा अवस्थित लौठचौरलाई स्पोर्ट सिटीका रुपमा विकास गर्ने लक्ष्य लिइएकोे छ ।

956
कारोबार संवाददाता
बिहिवार, चैत्र ८, २०७४

स्थानीय तहका जनप्रतिनिधि अवलोकन भ्रमण भन्दै देश दौडाहामा निस्कँदा स्थानीयवासी समस्यामा परेका छन् । आर्थिक वर्ष सकिन ४ महिनामात्र बाँकी रहँदा विभिन्न स्थानीय तहका कर्मचारीसहित जनप्रतिनिधिहरू अन्य जिल्ला भ्रमणमा निस्किएपछि स्थानीय तहमा हुने विकास निर्माणका काम प्रभावित भएका छन् ।

977
कारोबार संवाददाता
बिहिवार, चैत्र ८, २०७४

जथाभावी नदी तथा खोला दोहन भइरहेको भन्ने व्यापक जनगुनासो आएपछि १५ दिनका लागि भन्दै मकवानपुरमा ढुंगा गिट्टी, बालुवा उत्खनन् रोकिएको छ । जिल्ला अनुगमन तथा समन्वय समितिको बैठकले उत्खनन् रोकी अनुगमन गर्ने निर्णय गरेको हो । उत्खनन् रोकिए पनि अनुमति लिएका क्रसर उद्योग भने सञ्चालन हुनेछन् । जिल्ला अनुगमन तथा समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले उत्खनन् तत्काललाई रोकी नियमित अनुगमन र क्रसर उद्योगमा रहेको मौज्दात नापिने निर्णय भएको जानकारी दिए ।

795
केदार दाहाल
बिहिवार, चैत्र ८, २०७४

नेपालस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई चन्द्रागिरीसहित काठमाडौं वरपर घुमफिरमा नजान भ्रामक ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ । कुनै कम्पनी विशेषलाई मात्रै जोडेर अमेरिकी दूतावासले पहिलो पटक जारी गरेको यस्तो एड्भाइजरीप्रति नेपालको पर्यटन क्षेत्रले आपत्ति जनाएको छ । माओवादी युद्धमासमेत यस्तोखाले एड्भाइजरी जारी नभएको जानकारहरू बताउँछन् ।

2211
कारोबार संवाददाता
बुधवार, चैत्र ७, २०७४

चुनावमा बाँडेको आश्वासन पूरा गर्न म्याग्दीका स्थानीय तहका जनप्रतिनिधिले बनाएको टुक्रे योजना कार्यान्वयनमा समस्या देखिएको छ । कार्यकर्ता पाल्न, समाजका टाठाबाठाको चित्त बुझाउन र सीमित व्यक्तिको स्वार्थका लागि बर्सेनि बजेट छुट्टिने योजनाबाट समुदायले लाभ लिन सकेका छैनन् ।

981
कारोबार संवाददाता
बुधवार, चैत्र ७, २०७४

स्थानीय तहमा कार्य सम्पादनमा समस्या भएपछि जनप्रतिनिधिहरू ऐनकानुन मस्यौदा तयार गरी गाउँ कार्यपालिकामा अनुमोदन गर्ने तयारीमा जुटेका छन् । तिला गाउँपालिकाका प्रमुख रतननाथ योगीले भने, “अहिले स्थानीय तहमा कानुनी जटिलताले कार्यसम्पादनमा समस्या भइरहेको छ ।

532
कारोबार संवाददाता
बुधवार, चैत्र ७, २०७४

स्थानीय तहमा कार्य सम्पादनमा समस्या भएपछि जनप्रतिनिधिहरू ऐनकानुन मस्यौदा तयार गरी गाउँ कार्यपालिकामा अनुमोदन गर्ने तयारीमा जुटेका छन् । तिला गाउँपालिकाका प्रमुख रतननाथ योगीले भने, “अहिले स्थानीय तहमा कानुनी जटिलताले कार्यसम्पादनमा समस्या भइरहेको छ ।

709
कारोबार संवाददाता
बुधवार, चैत्र ७, २०७४

गुल्मीमा आव ०७४-०७५ मा ६० किमि सडक कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएको छ । तम्घास–सीमलटारी सडक आयोजना प्रमुख इन्जिनियर सुजन अधिकारीकाका अनुसार यस आवको अन्त्यसम्म १५ किमि सडक पिच हुने अपेक्षा गरिएको छ ।

3666
कारोबार संवाददाता
मंगलबार, चैत्र ६, २०७४

गोरखाको भीमसेन गाउँपालिका– ५ बगुवाको लामाचौरमा स्थानीय बासिन्दाकै सक्रियतामा बन्न लागेको एकीकृत बस्तीमा सामेल हुने घरपरिवारलाई लालपुर्जा वितरण गरिएको छ । एकीकृत मिलन नमुना बस्तीमा बस्ने १३८ घरपरिवारलाई लालपुर्जा प्रदान गरिएको हो ।

951
कारोबार संवाददाता
मंगलबार, चैत्र ६, २०७४

जिल्लामा सामुदायिक वन अतिक्रमण नरोकिएपछि अतिक्रमण भएको ठाउँलाई कबुलियती वन वनाइएको छ । काभ्रेको पाँचखाल नगरपालिका–१० र १२ नं वडाको बेलाखोले सामुदायिक वनभित्र दुई ठाँउमा कबुलियती वन वनाइएको हो ।

920
कारोबार संवाददाता
मंगलबार, चैत्र ६, २०७४

मुलुकमा स्थानीय तह, प्रादेशिक र संघ गरेर तीनै तहका निर्वाचन सम्पन्न भइसके । प्रादेशिक सरकारसमेत गठन भइसक्यो तर पनि दुर्गम क्षेत्रका समस्या ज्यूँका त्यूँ छन् । राजनैतिक हिसाबले मुलुकमा ठूलो परिवर्तन आइसके पनि ग्रामीण क्षेत्रमा परिवर्तनको आभाष हुनसकेको छैन । सर्वसाधारणले वर्षांैदेखि जुन सास्ती खेप्नु परेको थियो त्यो जस्ताको तस्तै छ ।

459
कारोबार संवाददाता
मंगलबार, चैत्र ६, २०७४

काठमाडौं । आईएमई ग्रुपअन्तर्गतको आईएमई मोटर्स प्रालिले अशोक लेल्यान्डका २० वटा बस साझा यातायातलाई उपलब्ध गराउने भएको छ । आइएमइ मोटर्स अशोक लेल्यान्डका गाडीहरुको नेपालका आधिकारिक बिक्रेता हो । अशोक लेल्यान्डका २० थान सिटी बस खरिदका सम्बन्धमा साझा यातायातसँग गत शुक्रबार सम्झौता भएको हो ।

1311
रासस
मंगलबार, चैत्र ६, २०७४

तेस्रो मुलुकबाट आउने कालो मरिचको अन्तर्राष्ट्रिय बजार मूल्य घट्दै जाँदा नेपाल सरकारले मरिच आयातमा रोक लगाएपछि यसको व्यापार प्रभावित भएको व्यपारीहरूको गुनासो छ ।

1877