कारोबार संवाददाता
बुधवार, चैत्र २८, २०७४

चिनियाँ सरकारको अनुदानमा सिंहदरबार र आसपासमा जडान एक मेगावाट बराबरको सौर्य ऊर्जा (सोलार) नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

682
कारोबार संवाददाता
बुधवार, चैत्र २८, २०७४

डोटीमा असिनाले अन्नबाली तथा फलफूलमा व्यापक क्षति पु¥याएको छ । बिहीबार साँझ र आइतबार परेको असिनापानीले डोटीको आर्दश गाउँपालिका, सायल गाँउपालिका, के आइसिंह गाउँपालिकामा ब्यापक क्षति भएको छ । गहुँबाली, फलफूल तथा तरकारी खेतीमा क्षति पुराएको छ । जिल्ला कृषि विकास कार्यालय डोटीले जनाएको छ ।

614
शिव बोहरा
बुधवार, चैत्र २८, २०७४

यातायात सेवा दिने सवारीसाधनको पञ्जीकरण अनिवार्य गरेपछि यस क्षेत्रमा लामो समयदेखि व्याप्त सिन्डिकेट अन्त्यतर्फ उन्मुख भएको छ । यातायात व्यवस्था विभागले नयाँ ल्याएको नयाँ कार्याविधिअनुसार अब सवै सवारी प्रत्यक्ष करको दायरामा आएका छन् भने उनीहरूको संरक्षण गर्दै आएका यातायात समितिको वैधतालाई पनि सरकारले निरन्तरता नदिने भएको छ ।

2337
रासस
मंगलबार, चैत्र २७, २०७४

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तीन तहको संघीय संरचनानुसार कर्मचारी आवश्यक परेकाले हाललाई कर्मचारी स्वेच्छिक अवकाश प्रक्रिया स्थगन गरिएको बताउनुभएको छ ।

1103
कारोबार संवाददाता
मंगलबार, चैत्र २७, २०७४

झापाको मेचीनगरका विर्जा, सतार, राजवंशी र दलित समुदायका विपन्न परिवारलाई ५१ वटा घर हस्तान्तरण गरिएको छ ।

512
कारोबार संवाददाता
मंगलबार, चैत्र २७, २०७४

दोलखा, काभ्रे र सिन्धुपाल्चोकमा कारितास नेपालले भूकम्पबाट क्षतिग्रस्त २ हजार ८ सय भूकम्प प्रभावितका निजी आवास पुनर्निर्माण गरेको छ ।

513
कारोबार संवाददाता
मंगलबार, चैत्र २७, २०७४

जिल्ला भूमिसुधार कार्यालय बाँकेको सहयोगमा सञ्चालित वृत्ति विकास तथा व्यावसायिक तालिम पाएका बाँकेका १ हजार ५ सयजना पूर्वकमैया रोजगारमा लागेर राम्रो आम्दानी गर्न सफल भएका छन् । तालिमपपछि उनीहरू विभिन्न व्यवसायमा संलग्न भई राम्रो आयआर्जन गर्दै आएका हुन् ।

1576
भगवान खनाल
मंगलबार, चैत्र २७, २०७४

संघीय संरचनामा जिल्लास्तरमा रहने संघीय सरकारका कार्यालयहरू बाहेकका जिल्लास्थित कार्यालय, विकास समिति तथा निकायको सम्पत्ति, दायित्व, अभिलेख, कागजात तथा बजेट नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार सम्बन्धित गाउँपालिका वा नगरपालिकामा हस्तान्तरण गरिसक्नु पर्नेछ ।

1125
प्रकाश पाक्साँवा
सोमवार, चैत्र २६, २०७४

महवीर खानेपानी आयोजना निर्माण भएपछि तेह्रथुमको छथर गाउँपालिका साविक ओख्रे–८ र सुदाप–२ स्थित बिखेका बासिन्दालाई पिउने पानीकै लागि घण्टौँ समय व्यतीत गर्नुपर्ने बाध्यता हटेको छ । घरघरमै खानेपानी आएपछि आसपासका सबै मुहान सुकेर खानेपानीका लागि सास्ती भोग्दै आएका स्थानीयवासी हर्षित भएका छन् ।

869
कारोबार संवाददाता
सोमवार, चैत्र २६, २०७४

इलामको दक्षिणी सेक्टर वन कार्यालयमा पुग्दा कुहिएका काठ, पुराना साइकल र सवारी साधनको कवाडी खानाजस्तै लाग्छ । तस्करीमा प्रयोग भएका सबै सामग्रीको मुद्दा अन्तिम टुँगोेमा नपुग्दा करोडौंको सम्पत्ति कामै नलाग्ने भएको हो ।

544
कारोबार संवाददाता
सोमवार, चैत्र २६, २०७४

प्रदेश ५ को सरकारले आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले सरकारको आव ०७४÷७५ को नीति तथा कार्यक्रम पेस गरेका हुन् ।

969
कारोबार संवाददाता
सोमवार, चैत्र २६, २०७४

दोलखामा पहिलो पटक वैज्ञानिक वन व्यवस्थापन खोरथली सामुदायिक वनबाट हुने भएको छ । खोरथली सामुदायिक वन समूहले वैज्ञानिक वन व्यवस्थापन गर्न अन्तिम तयारीमा पुगेको छ । वैज्ञानिक वन व्यवस्थापनका लागि रुख गणना गरी नम्बरसमेत टाँस गरेको छ ।

680
कारोबार संवाददाता
सोमवार, चैत्र २६, २०७४

गत साउन २९ गते बबई नदीमा आएको बाढीले भासिएको जब्दीघाट पुल छानबिनमा ढिलाइ भएको छ । सम्बन्धित मन्त्रालय तथा विभागले चाँसो नदिँदा पुल भासिएको लामो समय भइसक्दा समेत छानबिनमा ढिलाइ भएको हो । छानबिनमा ढिलाइ हुनुका साथै भासिएको पुल अलपत्र अवस्थामा छाडिँदा सर्वसाधारणले जोखिमसँगै सास्ती व्यर्होर्नु परेको छ ।

890
कारोबार संवाददाता
आइतवार, चैत्र २५, २०७४

प्रधानमन्त्री ओलीले शुक्रबार भारतीय व्यापारीलाई आफ्नो नेतृत्वको सरकार उदार आर्थिक नीतिप्रति प्रतिबद्ध रहेको भन्दै लगानीका लागि आग्रह गरेका छन् । भारत भ्रमणको पहिलो दिन प्रधानमन्त्री ओलीको सम्मानमा भारतीय निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले नयाँ दिल्लीमा आयोजना गरेको नेपाल–भारत व्यावसायिक फोरम बैठकलाई सम्बोधन गर्दै आफ्नो नेतृत्वको सरकार उदार आर्थिक नीति प्रति प्रतिबद्ध रहेको बताए ।

882
कारोबार संवाददाता
आइतवार, चैत्र २५, २०७४

डडेल्धुरा अमरगढी नगरपालिका–७ पोखरा तिलाडी गाउँका दलित समुदायको पेसा संकटमा परेको छ । तिलाडी गाउँका कैनी जातका दलित समुदाय बाँस तथा निगालोको डोका डालो, टपरी, भकारी, कोरुंगोलगायत घरयासी प्रयोजनका सामग्री बनाउने गर्दछन् ।

854