कारोबार संवाददाता
सोमवार, आश्विन २९, २०७५

जिल्लामा द्वन्द्वपीडितका लागि हालसम्म १४ करोड रुपैयाँ राहतस्वरुप वितरण गरिएको छ । गत आर्थिक वर्ष ०७४/७५ सम्ममा १४ करोड ८ लाख ७ हजार ६२० रुपैयाँ राहत वितरण भएको तथ्यांक छ । द्वन्द्वमा परेका थप छ जनाले जीवन निर्वाह भत्ताअन्तर्गत मासिक रूपमा प्रतिव्यक्ति ६ हजार २ सयका दरले राहत रकम बुझ्दै आएका छन् ।

236
मीनकुमार नवोदित
सोमवार, आश्विन २९, २०७५

सामान्यतया घटस्थापनादेखि बडादसैं भित्रिएको मानिन्छ । यही बीचमा बजारमा बढी चहलपहल हुने गर्छ । प्रदेशमा रहेका आफन्तजन पनि घटस्थापनादेखि सुरु गर्छन् फर्किन । जागिर, व्यापार, अध्ययन जुनसुकै कामका सिलसिलामा लामो समय घरभन्दा टाढा रहेका आफन्तहरूबीच भेटघाट हुने महत्वपूर्ण अवसर पनि जुटाइ दिन्छ बडादसैंले । साथीभाइ भेला भएर दुःखसुख साटासाट गर्ने अवसर पनि दिन्छ दसैंले ।

218
कारोबार संवाददाता
सोमवार, आश्विन २९, २०७५

राजसंस्था अन्त्य भएको झन्डै १२ वर्षपछि बल्ल सर्वसाधारणका लागि श्रीपेच अवलोकनका लागि खुला हुने भएको छ । राजसंस्थाको प्रतीकको रूपमा रहेको श्रीपेच आज (सोमबार) बाट सर्वसाधारणका लागि खुला गरिने भएको छ । नारायणहिटी दरबार संग्रहालयमा राखिएको श्रीपेच पहिलो पटक सर्वसाधरणका लागि खुला गर्न लागिएको हो ।

654
कारोबार संवाददाता
सोमवार, आश्विन २९, २०७५

भोजपुरमा प्रदेशसभाको मातहतमा सञ्चालन हुने गरी दुई कार्यालय स्थापना गरिएको छ । पूर्वाधार विकास कार्यालय र जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय स्थापना गरिएको हो ।

335
कारोबार संवाददाता
आइतवार, आश्विन २८, २०७५

रुकुम पश्चिम चौरजहारी नगरपालिकामा एउटा पनि सार्वजनिक शौचालय छैन । बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा सामान किनमेल गर्न बजार पुगेका सर्वसाधारणलाई दिसापिसाब गर्न समस्या हुने गरेको छ । नगरपालिकाले पहिलो नगरसभाबाट नै नगरभित्रका सबै बजार क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गरी एकजनालाई प्रतिशौचालय रोजगार प्रदान गर्ने नीति तथा कार्यक्रम पारित गरेको थियो ।

570
हिमेश विक
आइतवार, आश्विन २८, २०७५

सुदूरपश्चिम प्रदेश केरामा आत्मनिर्भर बन्ने भएको छ । प्रदेश सरकारले सुदूरपश्चिमलाई केरामा आत्मनिर्भर बनाउन सरोकारवालासँग छलफल गरेको छ । प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टको पहलमा गरिएको छलफल कार्यक्रममा प्रदेशलाई केरामा आत्मनिर्भर बनाउन दीर्घकालीन योजना बनाउनेबारे छलफल भएको हो ।

393
कारोबार संवाददाता
आइतवार, आश्विन २८, २०७५

जनकपुरधामको विकास र समृद्धिका लागि जनकपुर उपमहानगरपालिकाको कामले व्यापारी तथा व्यवसायी चिन्तित छन् । हिन्दूहरूको महान् पर्वहरूको आगमन भइरहँदा पनि जनकपुरधामको बजार व्यवस्थित रूपमा सुचारु हुन नसक्दा व्यापारी वर्ग निकै चिन्तित छन् । नेपालीको महान चाड पर्व दसैं सुरु हुँदैछ । जनकपुरको दुर्गा पूजा प्रत्येक वर्षझैँ यस वर्ष पनि हर्षोल्लासका साथ दसैं मनाउन विभिन्न ठाउँमा मन्दिरलाई सजाइएको छ । दसैं मनाउन स्थानीय युवा क्लब जोडतोडले तयारीमा जुटेका छन् ।

404
लक्ष्मण ढुंगाना
आइतवार, आश्विन २८, २०७५

दसैं नजिकिँदै गर्दा रोजगारीको शिलशिलामा बाहिरिएका धमाधम घर फर्किरहेका छन् । भारतमा काम गर्दै आएका हजारौं नेपाली फर्किन थालेपछि नेपालगन्ज नाकामा दैनिक रूपमा भीड लाग्ने गरेको छ । बिहान पाँच बजेदेखि यहाँ चहलपहल देखिन सुरु हुन्छ । चहलपहल बढेसँगै रिक्सा, अटो, टाँगा, बसलाई यात्रु बोक्न भ्याइनभ्याई छ ।

536
कारोबार संवाददाता
आइतवार, आश्विन २८, २०७५

ऊर्जामन्त्री वर्षामान पुनले ३३ केभी प्रशारण लाइनको काम समयमै सक्ने बताएका छन् । शनिबार सोलुखुम्बुको तिङ्लामा निर्माणाधीन केन्द्रीय प्रशारण लाइन सबस्टेसन अनुगमनका क्रममा जनशक्ति थपेरै भए पनि समयमै काम पूरा गर्ने दाबी गरे ।

417
कारोबार संवाददाता
आइतवार, आश्विन २८, २०७५

२०७५ सालको आँगनमै आइसक्यो । दसैं नजिकिएसँगै धेरैजसो सरकारी कर्मचारीहरूले तलब–भत्ता बुझिसके । तर, ३ नं. प्रदेश मातहात आएको डिभिजन वन कार्यालयका कर्मचारीहरू भने अलमलमै छन् ।

129
रासस
शुक्रवार, आश्विन २६, २०७५

गृहमन्त्री रामबहादुर थापाले समाजमा हुने लागुऔषध सेवन, मदिरा सेवन र महिला तथा बालबालिका हिंसाको रोकथामका लागि अभियानको खाँचो रहेको बताएका छन् । 

232
कारोबार संवाददाता
शुक्रवार, आश्विन २६, २०७५

हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनै बजारमा जिल्ला प्रशासन कार्यलय डोल्पाको अगुवाईमा अनुगमन गरेको छ । दशै तिहार लाई लक्षीत गर्दै दुनै बजार अनुगमन गरेको हो । अनुगनको क्रममा विभिन्न होटेल पसलहरुबाट २२ हजार बरावरको मिति मिति गुज्रीयका दैनिक उपभोग्य बस्तुहरु बरामत गरी नष्ट गरीएको छ ।

319
मेगराज खड्का
शुक्रवार, आश्विन २६, २०७५

दशैं तिहार नजिकीएसँगै हुन सक्ने सम्भाबित कालो बजारीलाइ रोक्न जिल्लाको मुसीकोट नगरपालिकाले वडाहरुमा रहेका बिभिन्न बजारहरुमा अनुगमन गरेको छ ।

325
कारोबार संवाददाता
शुक्रवार, आश्विन २६, २०७५

विकास निर्माणको ठेक्का लिएर समयमै निर्माण सम्पन्न नगरी बदनामी कमाएको पप्पु कन्स्ट्रक्सनले बर्दियाको बबई नदीस्थित जब्दीघाटमा निर्माण गरेको पुल भासिएको एक वर्षभन्दा बढी भइसक्दा पनि अझैसम्म मर्मत गरेको छैन ।

129
कारोबार संवाददाता
शुक्रवार, आश्विन २६, २०७५

काठ उद्योगी व्यवसायीले वन पैदावारको बजार प्रवद्र्धन नीति अवलम्बन गर्न सरकारसँग माग गरेका छन् । वन पैदावारको बजार प्रवद्र्धन व्यवस्थापनमा आएका चुनौतीका कारण वनजन्य उद्योग स्थापनामा निजी क्षेत्रको लगानी आकर्षित नभएको भन्दै उनीहरूले बजार प्रवद्र्धनको नीति अवलम्बन गर्न सरकारसँग माग गरेका हुन् ।

315