सागर परियार
सोमवार, माघ २८, २०७५

जनता आवास कार्यक्रमअन्तर्गत जुम्लामा निर्माण भएका ४ सय ५० घरमध्ये अधिकांश युवा ऋण तिर्न कालापहाड गएका छन् । तातोपानी गाउँपालिका–२ जर्मीगाउँका हर्केस परियारलाई जनता आवास कार्यक्रमको घर प-यो । सरकारले दिने, साढे २ लाख रकमको स्टिमेटअनुसार उनले घर पनि लगाए । घर निर्माणकै क्रममा उनले दुई किस्ता भने लिए । बाँकी अन्तिम किस्ता भने, निर्माण सम्पन्नपछि मात्रै पाउने बताइएको थियो । परियारले भने, “घर निर्माण सम्पन्न भएको, झण्डै वर्ष पुग्न लागिसक्दा पनि अन्तिम किस्ता भुक्तानी भएन ।”

248
कारोबार संवाददाता
आइतवार, माघ २७, २०७५

नगरपालिकामा सबै वडाबाट सञ्चालन हुने रोजगार मेलाको भीमदत्त नगरपालिका–१९ बाट सुरु गरिएको छ । वडा नं. १९ को वडा कार्यालयमा भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले मेलाको उद्घाटन गर्दै रोजगार मेला १९ वटैै वडामा आयोजना गरिने बताए ।

307
कारोबार संवाददाता
आइतवार, माघ २७, २०७५

फाल्गुनन्द गाँउपालिकाको केन्द्र घुर्बिसे पञ्चमी बजारमा डिप बोरिङबाट पानी निकाली परीक्षण गरिएको छ । खानेपानीको समस्या भोग्दै आएको बजार क्षेत्रलाई खानेपानीको समस्या हटाउन यो प्रविधिको प्रयोग गरिएको हो ।

276
सागर परियार
आइतवार, माघ २७, २०७५

चन्दननाथ नगरपालिका–३ का रामकृष्ण बुढ्थापा जुम्लाका एक वरिष्ठ, मौरीपालक किसान हुन् । उनले गाउँभन्दा झण्डै एक घण्टाको पैदल दूरीमा पर्ने रडिखल्ला जंगलमा विगत २२ वर्षभन्दा पहिलेदेखि मौरीपालन गर्दै आएका छन् । उनको त्यो पुख्र्यौली पेसा पनि हो । राजनीतिमा पनि सक्रिय बुढ्थापा अहिले राजनीति छोडेर मौरीपालनमै व्यस्त छन् ।

271
सागर परियार
शुक्रवार, माघ २५, २०७५

चन्दननाथ नगरपालिका–६ जिल्ला हुलाक कार्यालय, जुम्ला हुँदै बसपार्क जाने सडक हिलाम्य हुँदा नागरिकलाई आवतजावतमा सास्ती हुने गरेको छ । कर्मचारी, स्थानीय तह, प्रदेश र संघीय जनप्रतिनिधिबाट सधै उपेक्षामा पर्ने गरेकाले उक्त सडक बाह्रै महिना हिलाम्य हुँदा नागरिकले सास्ती खेप्नु परेको हो । चन्दननाथ नगरपालिकाले विकास निर्माणमा विशेष प्राथमिकता दिँदै, करोडांै बजेट छुट्याए पनि नगरभित्रकै अधिंकाश सडकको अवस्था नाजुक हुँदा पनि वास्ता गरेको छैन ।

323
सागर परियार
शुक्रवार, माघ २५, २०७५

जुम्लामा छोटो दूरीमा चल्ने साना तथा ठूलो दूरीका गाडीमा ‘फोहोर मलाई’ डस्टबिनको व्यवस्था अनिवार्य गरिएको छ । जुम्ला बसपाकदेखि नाग्म र नाग्म हुँदै सिंजासम्म चल्ने गाडी, जिपमा डस्टबिनको व्यवस्था गरिएको हो । आरामदायी यात्राका लागि सफा गाडि अभियानका साथ प्रत्येक गाडीमा फोहोर मलाई राखिएको छ । सुन्दर, व्यवस्थित र स्वच्छ जुम्ला बनाउने अभियानअन्तर्गत गाडिमा ‘फोहोर मलाई’ को व्यवस्था गरिएको जिल्ला ट्राफिक कार्यालय जुम्लाले जनाएको छ ।

341
रासस
शुक्रवार, माघ २५, २०७५

वन मन्त्रालयअन्तर्गत प्रदेश ५ मा भइरहेका कामबारे संसदीय समितिले अनुगमन गर्ने भएको छ । बिहीबार बुटवलमा बसेको संसद्को सार्वजनिक लेखा समितिको बैठकले अनुगमनका लागि एक टोली पहिलो चरणमा तराईका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासी, रुपन्देही जिल्ला अनुगमन गर्ने निर्णय गरेको हो ।

296
केशव समर्पण
बिहिवार, माघ २४, २०७५

मुख्यमन्त्री पौडेलले संघीय सरकारले यातायात क्षेत्रमा देखिएको सिण्न्किेट खारेज गर्नुअघि पूर्वतयारी नपुग्दा यातायात क्षेत्र केही अस्तव्यस्त देखिएको टिप्पणी गरेका छन् ।

361
कारोबार संवाददाता
बिहिवार, माघ २४, २०७५

संघीय संरचनापछि बनेको स्थानीय सरकार आइसक्दा पनि अधिकांश स्थानीय तहका वडा अझै पनि सचिवविहीन छन् । सेवा सुविधाको पछि लाग्ने कर्मचारीको काज बहाना र मन्त्रालयले दुर्गम भेगमा कर्मचारी समायोजन गर्न नसक्दा भोजपुरका धेरैजसो वडा स्थानीय सरकार आएको दुई वर्ष बित्दा पनि सचिवविहीन छन् । शिक्षा, स्वास्थ्य, वन, खानेपानी लगायतका शाखाबाट कर्मचारी तानेर सचिवको काम धानिएको छ ।

288
सागर परियार
बिहिवार, माघ २४, २०७५

तीन महिनादेखि जुम्ला सदरमुकाम विद्युत्विहीन बनेपछि यहाँका नागरिक विरोधमा उत्रिएका छन् । गत मसिंरदेखि सदरमुकाम खलंगासहित चन्दननाथ नगरपालिका अन्धकारमय छ । २४ सै घण्टा लोडसेडिङको मार खेपिरहेका यहाँका नागरिकले कहिले विद्युत् बाल्न पाउने हुन्, भन्ने पत्तो छैन ।

663
कारोबार संवाददाता
बिहिवार, माघ २४, २०७५

बाह्रबिसे नगरपालिका–७ घुम्थाङस्थित थगाम टोलकी माइली तामाङ (३८)को फुर्सदिलो दैनिकी अचेल गलैंचा बुनेर बित्ने गरेको छ । घरको काम गरेर बचेको समय उनी गलैंचाको तानलाई दिने गरेकी छिन् ।

242
गोपाल पोखरेल
बिहिवार, माघ २४, २०७५

निर्वाचित जनप्रतिनिधिले ‘समृद्ध नेपाल र सुखी नेपाली’को जतिसुकै नारा लगाए पनि उदयपुरको वेलका नगरपालिका–२ चिलिया टापुका बासिन्दालाई भने यस्तो नारा ‘कागलाई बेल पाको हर्ष न विस्मात’ जस्तै भएको छ । शिक्षा, स्वास्थ्य, विद्युत् र यातायातजस्ता भौतिक पूर्वाधारको सुविधा त परै जावस जीवन गुजाराका लागि नभई नहुने गास र बासको न्यूनतम सुविधा पाउनबाट समेत वञ्चित भएका कारण यहाँका गरिब तथा विपन्न परिवारलाई सुख र समृद्धिको नारा कागलाई बेलजस्तै भएको हो ।

272
मीनकुमार नवोदित
बुधवार, माघ २३, २०७५

नेपाल–भारत सीमा नाका रानी प्रवेश गर्ने बित्तिकै अब पर्यटकले प्रदेश १ मा के–कस्ता स्थान छ भन्ने थाहा पाउनेछन् । विश्वको सर्वोच्च शिखर सगरमाथासहित प्रदेश–१ को पहिचान झल्कने आकर्षक स्वागतद्वार निर्माणको तयारी सुरु भएको छ ।

290
कारोबार संवाददाता
बुधवार, माघ २३, २०७५

दिगो वन ब्यवस्थापन, रोजगारी र आम्दानी वृद्धि गर्न म्याग्दीका सामुदायिक वनमा वैज्ञानिक ब्यवस्थापन आवश्यक देखिएको छ । डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा दिगो वैज्ञानिक वन ब्यवस्थापन सुरु गरेका विभिन्न जिल्लामा गरिएको अवलोकनले म्याग्दीमा सो आवश्यक देखाएको हो ।

593
प्रगति ढकाल
बुधवार, माघ २३, २०७५

तपाईहरु आफ्नो घरबाट निस्कने फोहोर बाहिर फाल्नुहुन्छ । यदि त्यो फोहोरलाई यहाँले व्यवस्थापन गर्न सक्नुभयो भने फोहोर मोहोरमा परिणत हुन्छ । यहाँको वरपरको वातावरण पनि सफा हुने र घरमा नै बसीबसी आम्दानी गर्न सक्नुहुन्छ ।

347