कारोबार संवाददाता
आइतवार, असार १७, २०७५

जिल्ला वन कार्यालय तनहुँले जेठ मसान्तसम्म ७७.९४ प्रतिशत कार्यसम्पादनसम्पन्न गरेको छ । वन कार्यालयमा आर्थिक वर्ष ०७४/७४ मा विभिन्न ६ वटा शीर्षकमा १ करोड ६० लाख रुपैयाँ विनियोजन भएकोमा जेठ मसान्तसम्ममा १ करोड २५ लाख रुपैयाँ खर्च भइसकेको छ । बाँकी रकम पनि खर्च हुने क्रममा रहेको हुँदा असार मसान्तसम्ममा लक्ष्य पूरा हुने विश्वास रहेको जिल्ला वनअधिकृत अम्बिका पौडेलले बताए ।

313
विजय देवकोटा
आइतवार, असार १७, २०७५

राष्ट्रिय योजना आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतको गरिबी निवारण कोषका कार्यक्रमलाई स्थानीय तहमार्फत अघि बढाउन सरकारलाई सुझाव दिएको छ ।

733
कारोबार संवाददाता
आइतवार, असार १७, २०७५

वैतेश्वर गाउँपालिका–५ का वडाध्यक्ष माधव बस्नेत बुधबार बिहानै मैनापोखरी बजारमै भेटिए । उनको साथमा गाउँपालिकाका कर्मचारी नारायण दाहालसहित स्थानीय मुख्य सडकमा भेटिए । उनीहरू मैनापोखरी बजार विस्तारका लागि भत्काउनु पर्ने ठाउँको बारेमा नक्सांकन गर्दै थिए । एक सातायता मैनापोखरी बजारको सडक विस्तारमा वडाध्यक्षको नेतृत्वमा स्थानीयले समेत साथ दिएका छन् ।

420
किरण आचार्य
आइतवार, असार १७, २०७५

असार मध्यसम्म मुलुकभर २० प्रतिशत रोपाइँ भएको छ । कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार धान खेती हुने क्षेत्रमध्ये ८० प्रतिशत रोपाइँ हुन बाँकी छ ।

707
कारोबार संवाददाता
शुक्रवार, असार १५, २०७५

वि.सं २०७२ को भूकम्पपछि पुनर्निर्माण सुरु भएका निजी घरको संख्या पाँच लाख नाघेको छ । निजी आवासका लागि अनुदान सम्झौता गरेका कुल ७ लाख २० हजार ७४२ लाभग्राहीमध्ये ६९.४७ प्रतिशत अर्थात् ५ लाख ७३६ भूकम्प प्रभावितले घर निर्माणअघि बढाएका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार, हालसम्म १ लाख ९४ हजार ७३१ घरको पुनर्निर्माण भइसकेको छ ।

680
कारोबार संवाददाता
शुक्रवार, असार १५, २०७५

आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव । मुलुकका विभिन्न स्थानमा १५ औं राष्ट्रिय धान दिवस मनाइँदै छ । काठमाडौंको दक्षिणकालीमा केन्द्र्रीय कार्यक्रम छ भने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले पनि बिहानै छुट्टै कार्यक्रम गरी धान दिवस मनाउने कार्यक्रम राखेको छ ।

441
कारोबार संवाददाता
शुक्रवार, असार १५, २०७५

सर्वोच्च अदालतले कलंकी–नागढुंगा सडक खण्ड निर्माणको काम तत्काल सक्न निर्देशनात्मक आदेश गरेको छ । न्यायाधीशहरु केदारप्रसाद चालिसे, हरिकृष्ण कार्की र पुरुषोत्तम भण्डारीको इजलासले सडक निर्माणको काम तत्काल सक्न आदेश गरेको हो । आदेशमा कानुनबमोजिम जग्गा प्राप्त गरेर मात्रै सडकको सीमा तोक्न भनिएको छ ।

685
कारोबार संवाददाता
शुक्रवार, असार १५, २०७५

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरूले प्रदेश र स्थानीय तहमा रहेका कतिपय आयोजना केन्द्रमै तान्नुपर्ने मागसहितको सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका छन् । तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने उक्त प्रस्ताव संघीयताविरोधी भन्दै चर्को विरोध गरेको छ ।

659
कारोबार संवाददाता
शुक्रवार, असार १५, २०७५

भारतमा इन्धनको मूल्य आकासिएपछि विभिन्न माध्यमको प्रयोग गर्दै नेपालबाट भारततर्फ इन्धन तस्करी पछिल्लो समय अत्याधिक रूपमा बढेको छ । भारतभन्दा नेपालमा पेट्रोलिमय पदार्थ सस्तो भएको कारण नेपालगञ्ज र आसपासको क्षेत्रबाट लामो समयदेखि भारततर्फ पेट्रोलियम पदार्थ तस्करी हुँदै आएको छ ।

1083
कारोबार संवाददाता
बिहिवार, असार १४, २०७५

नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले चीन र भारतबाट काठमाडौं आउने रेलका विषयमा राजनीतिक वृत्तमा चर्चा भए पनि इन्जिनियरिङ र आर्थिक रूपमा चर्चा नभएको स्पष्ट पारेका छन् ।

747
मीनकुमार नवोदित
बिहिवार, असार १४, २०७५

विराटनगर महानगरपालिकाभित्र यतिबेला जताततै धरापैधराप छ । कतिपयले व्यंग्य गर्दै भन्ने गर्दछन्, ‘महानगर होइन धुलोनगर, हिलोनगर र धरापनगर हो विराटनगर ।’ झट्ट हेर्दा त्यस्तै देखिन्छ पनि । बिहान सकुशल निस्केको व्यक्ति बेलुका घर पुग्दा कि त जिउभरि धुलैधुलो हुन्छ कि त हिलैहिलो । अझ कतिपय व्यक्ति त लडेर जिउभरि घाउ लिएर पुग्छ घर ।

390
कारोबार संवाददाता
बिहिवार, असार १४, २०७५

नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले गत शनिबार प्रकाशित एसईई नतिजामा भएको त्रुटिको छानबिन गर्न माग गरेको छ । नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वको टोलीले शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई बुधबार ज्ञापनपत्र बुझाउँदै एसईईको नतिजा प्रकाशनमा भएको त्रुटीको छानबिन गर्न माग गरेको हो ।

328
कारोबार संवाददाता
बुधवार, असार १३, २०७५

धनगढी उपमहानगरपालिकाले नगरभित्र खोलानाला आसपास अतिक्रमण गरेर बसेका परिवारको घर–टहरा हटाउने कार्य सुरु गरेको छ । खोलानाला अतिक्रमण हुँदा यहाँ वर्षात्को समयमा बस्तीमा पानी पस्ने तथा डुबान हुने समस्या छ ।

414
प्रगति ढकाल
बुधवार, असार १३, २०७५

वन विकास कोषको रकम फिर्ता गर्न प्रक्रिया चालेको लामो समय बित्दा पनि फिर्ता नआएको काठ व्यवसायीहरूले गुनासो गरेका छन् । वन विकास कोषमा काठ व्यवसायीहरूले जम्मा गरेको १९ करोड १५ लाख रुपैयाँ फिर्ता गर्नका लागि तयार गरिएको कार्यविधि अर्थ मन्त्रालयले स्वीकार गरेको लामो समय बितिसक्दा पनि रकम फिर्ता नभएपछि व्यवसायीहरूले गुनासो गरेका हुन् ।

381
घनश्याम पौडेल
बुधवार, असार १३, २०७५

तीन दशक पहिलेसम्म डोकोमा कपिलवस्तुबाट नुन तेल बोकेर दैनिक जीविको पार्जन गर्दै आएका अर्घाखाँचीका बासिन्दाले अहिले घरबाटै गाडी चडेर यात्रा गर्न थालेका छन् ।

343