डा. प्रकाशकुमार श्रेष्ठ
बुधवार, मंसिर १९, २०७५

वीरगन्ज महानगरपालिकाले नेपालको प्रमुख प्रवेशद्वारको रूपमा चिनिएको वीरगन्ज भन्सारस्थित शंकराचार्यद्वारको जीर्णोद्वार गर्दै शौन्दर्यीकरण गर्ने काम सुरु गरेको छ ।

194
कारोबार संवाददाता
बुधवार, मंसिर १९, २०७५

पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालीले भूकम्पबाट प्रभावित नागरिकको सबै काम अब स्थानीय निकायबाटै हुने बताएका छन् । मंगलबार रामेछापको पुरानो सदरमुकाममा रहेको गौरीशंकर माध्यमिक विद्यालयको भवन हस्तान्तरण गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।

132
प्रगति ढकाल
बुधवार, मंसिर १९, २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ वातावरण आगामी पुस्ताहरुलाई हस्तान्तरण गर्नुपर्ने बताएकी छिन् । संंयूक्त राष्ट्रसंघिय प्रारुप महासन्धी (यूएनएफसिसिसि) का पक्ष राष्ट्रहरु बीचको २४ औं अन्तराष्ट्रिय सम्मेलन (कोप २४) को उच्च स्तरीय बैंठकलाई सम्बोधन गर्न पोल्याण्ड भ्रमणमा रहेको राष्ट्रपति भण्डारीले सम्मेलनमा उपस्थित नेपालीहरुसँगको भेटमा उनले वातावरणीय स्वच्छता भावी पुस्ताहरुलाई हस्तान्तरण गर्नुपर्ने कुरामा जोड दिएकी हुन् ।

440
कारोबार संवाददाता
बुधवार, मंसिर १९, २०७५

गोरखामा भूकम्पपीडित लाभग्राहीमा नाम समावेश हुनुपर्ने भन्दै गुनासो फाराम भरेकामध्ये झण्डै १२ हजार गुनासो फस्र्योट भएको छ । जिल्लाभरबाट १५ हजार ७ सय ५० गुनासो दर्ता भएकोमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म ११ हजार ९ सय २५ गुनासो सम्बोधन गरेको जिल्लास्थित अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाईले जनाएको छ ।

185
कारोबार संवाददाता
बुधवार, मंसिर १९, २०७५

सरकारले निजामती कर्मचारी समायोजनसम्बन्धी अध्यादेश स्वीकृत गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले अध्यादेश स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेश हुने बताएको छ ।

482
रासस
मंगलबार, मंसिर १८, २०७५

कर्णाली राजमार्गको हुम्ला खण्ड जोड्ने कर्णाली करिडोर जोड्ने झण्डै रु १४ करोडको लागतमा निर्माण हुन लागेको खुलालु पक्की पुलको काम अहिलेसम्म जगसमेत खनिएको छैन ।

330
कारोबार संवाददाता
मंगलबार, मंसिर १८, २०७५

रातो मछिन्द्रनाथको रथलाई यही मङ्सिर २६ गते पाटन ल्याइने भएको छ । गत बिहीबार मछिन्द्रनाथका ज्योतिष खलकले हेरेको साइतअनुसार बुङ्मतिमा रहेका देवता पाटन ल्याउने साइत जुरेको हो ।

313
कारोबार संवाददाता
मंगलबार, मंसिर १८, २०७५

आगामी आइतबार हुने अन्तर प्रदेश परिषद्को बैठकको तयारी पूरा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुने बैठकको तयारी पूरा भएको कार्यालयका सचिव लक्ष्मणप्रसाद मैनालीले जानकारी दिए । 

335
घनश्याम पौडेल
मंगलबार, मंसिर १८, २०७५

स्थानीय तहको निर्वाचन भएको १ वर्ष ५ महिना पूरा भयो । जनताले निर्वाचनपछि विकासमा फड्को मार्ने आशा राखेका थिए । जनप्रतिनिधि पनि चुने । आव ०७४÷७५ सालमा स्थानीय तहले विनियोजन गरेको बजेट जनतामुखी नभई कार्यकर्तामुखी भएपछि जिल्लाका अधिकांश पालिका बासिन्दाले नेता जनमुखी नभई कार्यकर्तामुखी भएको आरोप लगाएका छन् ।

331
कारोबार संवाददाता
मंगलबार, मंसिर १८, २०७५

“गाउँपालिकामै पहिलो पटक गाडी भित्र्याउँदा हर्षित छौं ।” मिक्वाखोला गाउँपालिका–३ लिवाङका अध्यक्ष दीपेन्द्र लिवाङले भने, “गाउँपालिका सडक सञ्जालमा जोडियो । अब दैनिक उपभोग्य सामान गाडीमा ल्याउँछौ, गाडीमा यात्रा गर्छौं ।”

222
रासस
सोमवार, मंसिर १७, २०७५

तेह्रथुमका छवटै स्थानीय तहले विभिन्न किसिमका सवारी साधन खरिदमा झण्डै रु सात करोड खर्च गरेका छन् । कार्य सम्पादनमा सहजता ल्याउनका लागि आवश्यक भएको भन्दै स्थानीय तहको मोटो बजेट गाडी खरीदमा खर्च भएको छ । सबै स्थानीय तहको गरी कूल रु छ करोड ९० लाख ३९ हजार ७०० गाडी खरीदमा खर्च भएको छ ।

263
रासस
सोमवार, मंसिर १७, २०७५

पाल्पा बुटवल सडक आजदेखि तीन दिनसम्मका लागि दैनिक छ घण्टा बन्द हुने भएको छ । आजदेखि पर्सिसम्म तिनाउ गाउँपालिका दोभानको चिडियाखोलादेखि भूतखोला सडकखण्डमा मर्मत गर्नुपर्ने भएकाले सडक बन्द गर्नुपरेको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।

320
कारोबार संवाददाता
सोमवार, मंसिर १७, २०७५

अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रलाई रासायनिक विषादीबाट मुक्त गराउन अभियान थालेको छ । नगरको कृषि विकास शाखाले अभियानकै क्रममा अर्जुनधारा–९ स्थित प्रज्ज्वला अपांग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थामा आवद्ध २८ परिवारलाई जैविक विषादी बनाउने ड्रम निःशुल्क उपलब्ध गराएको छ ।

243
नीरज पिठाकोटे
सोमवार, मंसिर १७, २०७५

पर्साको शिकारीवासमा पर्ने त्रिवेणी संगम स्याउलीबस्ती वन्यजन्तुका लागि सामरिक महत्वको मार्गको रूपमा विकास भएको छ । प्रदेश नम्बर ३ को चितवन राष्ट्रिय निकुञ्ज प्रदेश नम्बर २ को पर्सा राष्ट्रिय निकुञ्ज र छिमेकी भारत विहारको वाल्मीकि टाइगर रिजर्भसम्म वन्यजन्तु सहज रूपमा आवतजावत गर्न उपयुक्त बाटो भएकाले वन्यजन्तुका लागि यो मार्ग सामरिक मत्हत्वको रूपमा विकास हुँदै गएको हो ।

204
कारोबार संवाददाता
सोमवार, मंसिर १७, २०७५

बझाङ दशकपछि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आव ०६४/६५ देखि नै बझाङलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजनाको सुरुवात गरिए पनि बझाङ राष्ट्रिय प्रसारणको लाइनमा जोडिएको हो ।

306