कारोबार संवाददाता
मंगलबार, आश्विन ९, २०७५

पाँचथरको फिदिम नगरपालिका–५ मा रङ्गशाला निर्माणको लागि स्थानीय १० जनाले ५० रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् ।

718
कारोबार संवाददाता
मंगलबार, आश्विन ९, २०७५

दोलखाका स्थानीय तहमा निर्वाचित युवा जनप्रतिनिधिबीच आफ्नो पारिश्रमिक सामाजिक काममा खर्च गर्ने होडबाजी चलेको छ । पाका उमेरका केही जनप्रतिनिधिले यस्तो कामको सुरुवात सुरुदेखि नै गर्दै आए तापनि युवाजनप्रतिनिधिबीच भने पछिल्लो समय होडबाजीजस्तै चलेको छ ।

695
कारोबार संवाददाता
मंगलबार, आश्विन ९, २०७५

राप्ती नदीको निरन्तर कटानका कारण बाँके जिल्लाको एउटा सिंगो बस्ती नै सखाप हुने खतरा उत्पन्न भएको छ । जिल्लाको राप्तीसोनारी–२ को कचनापुर गाउँ नै उच्च जोखिममा परेको छ ।

444
कारोबार संवाददाता
मंगलबार, आश्विन ९, २०७५

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको क्षेत्राधिकारका विषयमा अन्योल हुँदा जिल्लामा सञ्चालित ‘एक घर एक धारा’ अभियान प्रभावित भएको छ । बजेट तथा क्षेत्राधिकारकै विषयमा अन्योल हुँदा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङमार्फत सञ्चालनमा रहेका ७० वटा आयोजनाको काम रोकिएको हो ।

506
कारोबार संवाददाता
मंगलबार, आश्विन ९, २०७५

स्थानीय सरकारको आलोचना पनि भइरहँदा केहीले नवीन योजना अघि सारेका छन् । गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा स्थानीय सरकारका योजना मुखरित बनेको पाइन्छ ।

497
कारोबार संवाददाता
मंगलबार, आश्विन ९, २०७५

भीमदत्त नगरपालिकाले वडा नं. १ रौटालादेखी ब्रह्मदेवसम्म जैविक धार्मिक पर्यटकीय मार्ग निर्माणकार्य अगाडि बढाएको छ । चार लेन सडकको पक्की सडक बनाउने लक्ष्य राखेर रौटालादेखि ब्रह्मदेवसम्म जैविकमार्ग निर्माणकार्य अघि बढाएको हो ।

935
रेशमराज रोकाया
मंगलबार, आश्विन ९, २०७५

हुम्लाका स्थानीय तहले जनप्रतिनिधिलाई तलव दिन थालेका छन् । निर्वाचित भएको १८ महिनापछि जनप्रतिनिधिले एकमुष्ट तलब पाउन लागेका हुन् । जिल्लाका सातवटै गाउँपालिकाका जनप्रतिनिधिलाई एकमुष्ठ रकम निकासा गर्ने तयारी भएको हो । कर्णाली प्रदेश सरकारले गरेको निर्णयअनुसार जनप्रतिनिधिहरूलाई एकमुष्ठ तलब निकासा गर्न लागिएको हो ।

640
कारोबार संवाददाता
मंगलबार, आश्विन ९, २०७५

युवाहरू वैदेशिक रोजगारीमा आकर्षित हुँदै बाहिरिन थालेपछि दैलेखमा पछिल्लो समय परम्परागत भैंसीपालन व्यवसाय संकटमा परेको छ ।

551
कारोबार संवाददाता
मंगलबार, आश्विन ९, २०७५

संघीय सरकारले पठाएका कर्मचारीले अहिलेसम्म पनि कामकाज नगर्दा प्रदेश सरकारले गर्नुपर्ने विभिन्न काममा बाधा अवरोध खडा भएकोले करारमा कर्मचारी भर्ना गर्ने निर्णयमा पुगेको छ ।

593
शिव बोहरा
मंगलबार, आश्विन ९, २०७५

सरकारले सार्वजनिक सवारीको भाडा बढाएसँगै दसैंका लागि घर जानेले टिकट बुकिङ गर्न पाउने भएका छन् । मंगलबार (आज)देखि नयाँ बसपार्कसहित विभिन्न ११ स्थानबाट टिकट बुकिङ खुलेको छ । सोमबार नेपाल यातायात व्यवसायी महासंघले मंगलबारदेखि टिकट बुकिङ गर्ने निर्णय गरेको हो ।

639
कारोबार संवाददाता
सोमवार, आश्विन ८, २०७५

माण्डवी गाउँपालिका,२ मर्कावाङका मानबहादुर राउतले यो वर्ष झण्डै डेढ रोपनी जग्गामा गोलभेंडाखेती गरेका छन् । एक हजार सात सय बिरुवा रोपेका उनको गोलभेंडाले अहिले उत्पादन दिन थालेको छ । पहिले २÷३ सय बिरुवा लगाएर खेती गर्दै आएका उनले यस वर्ष व्यावसायिक गोलभेंडाखेती गरेका हुन् ।

609
कारोबार संवाददाता
सोमवार, आश्विन ८, २०७५

यहाँका आन्तरिक तथा बाह्य सडक लयमा आउन थालेका छन् । वर्षायाम सकिन लाग्दा जिल्लाका सडक सञ्चालनमा आउन थालेका छन् ।

690
कारोबार संवाददाता
सोमवार, आश्विन ८, २०७५

भोजपुरको पूर्वी पौवादुम्मा गाउँपालिकाले वर्थिंग सेन्टरमा सुत्केरी गराए ‘रातोभाले’ दिने निर्णय गरेको छ । दुर्गम भेगका महिलालाई स्वास्थ्य संस्थामै प्रसूति गराउनु पर्छ भन्ने मानसिकताको विकास गराउने उद्देश्यका लागि स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराए रातो भाले दिने गरेको पौवादुम्मा गाउँपालिकाका अध्यक्ष किरण राईले बताए ।

603
दिपक बोहरा
सोमवार, आश्विन ८, २०७५

नेपालीहरूको महान पर्व बडादसैँ आउन एक महिनामात्र बाँकी रहँदा पाँचथरका अधिकांश ग्रामीण सडक अझै सुचारु हुन सकेका छैनन् । सडक सुचारु हुन नसक्दा ग्रामीण व्यापारी र उपभोक्ता चिन्तित हुन थालेका छन् । दसैँ नजिकिए पनि पानी परिहेकाले सडक सुचारु हुन नसकेको हो । ग्रामीण सडक सुचारु हुन नसक्दा दसैँ र तिहारका लागि चाहिने खाद्यान्नलगायतका सामग्री गाउँगाउँ पुग्न कठिन भएको छ ।

590
कारोबार संवाददाता
आइतवार, आश्विन ७, २०७५

ठेकेदारको लापर्वाहीले कर्णाली राजमार्गका एउटा पुलको कालोसूचीसहित चारवटा पुल अलपत्र परेका छन् । म्याद सकिएको लामो समय भएपनि अझैसम्म पुलको निर्माण अधूरो रहेको छ । 

759