कारोबार संवाददाता
आइतवार, बैशाख २३, २०७५

समृद्ध शैलुङ गाउँपालिका बनाउने चुनावी नारा लिएर भरत दुलाल मत माग्न जनता माझ पुगे । उनको घोषणापत्र र प्रतिबद्धतालाई जनताले पत्याए, गाउँपालिका अध्यक्षमा विजयी पनि गराए । उनले कार्यभार संहालेको एक वर्ष बित्यो तर भोट माग्नु अघिको सडकको अवस्थामा कुनै सुधार भएन ।

3134
कारोबार संवाददाता
आइतवार, बैशाख २३, २०७५

जल तथा ऊर्जा परामर्शदाता संस्था नेपाल (विक्यान) को नवौं वार्षिक साधारणासभाले खिमानन्द कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छट ।

505
कारोबार संवाददाता
आइतवार, बैशाख २३, २०७५

उच्च अदालत तुल्सीपुरको नेपालगन्ज इजलाशले नेपालगन्ज उपमहानगरको सदरलाइन सडक निर्माण कार्यलाई निरन्तरता दिन आदेश दिएलगत्तै नगरको मुख्य बजार सदरलाइन सडक किनारका सबै संरचना हटाउन सुरु गरिएको छ ।

5225
कारोबार संवाददाता
आइतवार, बैशाख २३, २०७५

नेपालीका लागि सर्विया जान भिसा आवश्यक नपर्ने व्यवस्था हुनसक्ने देखिएको छ । यसका लागि नेपाल सरकारसँग सर्विया सरकारले छलफल अघि बढाउने भएको छ । नेपाल भ्रमणमा रहेका सर्वियाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री इभिका डासिसले यो जानकारी गराएका हुन् ।

4548
कारोबार संवाददाता
आइतवार, बैशाख २३, २०७५

वितरण केन्द्रमै पुगेर विद्युत् महसुल भुक्तानी गर्नुपर्ने बाध्यता अब हटेको छ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले अनलाइनबाटै विद्युत्को महसुल भुक्तानी गर्ने व्यवस्था सुरु गरेपछि सर्वसाधारणलाई सजिलो हुने विश्वास गरिएको छ ।

1345
रासस
आइतवार, बैशाख २३, २०७५

उद्योग, वाणिज्य तथा आपूर्ति मातृका यादवले विगतमा उपभोक्ता ठग्ने साना व्यापारीलाई मात्र कारबाही गरिएकोमा अब ठूलो व्यापारीलाई कारबाही गर्न नछोडने प्रतिबद्धता जनाएका छन् ।

804
कारोबार संवाददाता
शुक्रवार, बैशाख २१, २०७५

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टस क्लबको कार्यक्रममा आउने क्रममा पक्राउ परेका छन् । यसैगरि बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष जीवन बन्जाडेलाई पनि नियन्त्रणमा लिइएको जनाइएको छ । यातायात समिति खारेज गर्ने सरकारी निर्णयको विरोध गर्दै आएका व्यवसायीहरुले देशभर रुट खुला गरी ल्याइएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको माग गर्दै शुक्रबार देशभरि गाडी ग्यारेजमा थन्क्याएका हुन्।

1914
कारोबार संवाददाता
शुक्रवार, बैशाख २१, २०७५

नेपाली रैथाने खानालाई विश्व बजारमा स्थापित गराउने अभियानअन्तर्गत खाना पकाउने ज्ञान प्रदान गर्ने कुकु बुक एवं भिडियो सार्वजनिक हुने भएको छ । आउँदो सोमबार एक कार्यक्रमबीच विश्वमा कुनै पनि स्थानबाट इन्टरनेटमार्फत उपलब्ध हुने गरी यस्तो कुक बुक उद्घाटन हुन लागेको होटल संघ नेपालले जनाएको छ ।

733
गोबिन्द खत्री
शुक्रवार, बैशाख २१, २०७५

कर्णाली प्रदेश सभाको पहिलो अधिवेशन ८७ दिन चलेको छ । ८७ दिनको अवधिमा ३६ घण्टा ४३ मिनेट बसेको प्रदेश सभा बैठकले विभिन्न १८ वटा महत्वपूर्ण निर्णय गरेको छ ।

533
शिव बोहरा
शुक्रवार, बैशाख २१, २०७५

यातायात व्यवसायीले सेवा नै बन्द गरे सरकारले कारवाही प्रक्रिया अघि बढाउने भएको छ । आन्दोलनरत यातायात व्यवसायी महासंघसँगको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले तत्काल आन्दोलन स्थगित नगरे कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन् ।

1945
कारोबार संवाददाता
बिहिवार, बैशाख २०, २०७५

बर्दिया राष्ट्रिय निकुञ्जभित्र रहेका वन्यजन्तुलाई पानी अभाव भएको छ । मध्ये वैशाखको बढ्दो तापक्रमसँगै कर्णाली नदीमा पानीको स्रोत घट्दै गएपछि निकुञ्जभित्र रहेका वन्यजन्तुलाई पानीको समस्या भएको हो ।

546
कारोबार संवाददाता
बिहिवार, बैशाख २०, २०७५

प्रदेश नम्बर ३ को वर्षे अधिवेशन जेठको पहिलो सातादेखि सुरु गर्ने तयारी भएको छ । असार १ गते प्रदेशको बजेट ल्याउनुपर्ने भएकाले त्यसको तयारीका लागि जेठ पहिलो साताभित्र वर्षे अधिवेशन गर्ने गरी छलफल भइरहेको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

501
शिव बोहरा
बिहिवार, बैशाख २०, २०७५

यातायात व्यवस्था विभागले गत चैतमा ल्याएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेज हुनुपर्ने माग राख्दै आन्दोलनको घोषणा गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ दुई धारमा विभाजित भएको छ । वाम (नेकपा एमाले र नेकपा माओबादी केन्द्र) समर्थित यातायात व्यवसायी संघले बुधबार छुट्टै कार्यक्रम गरी वार्ताका लागि सरकारसँग याचना गरेको छ ।

2182
कारोबार संवाददाता
बिहिवार, बैशाख २०, २०७५

सन् २०३० भित्र दिगो ग्रामीण विकासमार्फत गरिबी र भोकमरीमुक्त ‘पानी सुरक्षित विश्व’ बनाउने घोषणा गरिएको छ । बुधबारदेखि काठमाण्डौमा सुरु भएको अन्तर्राष्ट्रिय सिँचाइ तथा जल निकास नियोगको आठौं एसियाली क्षेत्रीय सम्मेलनमा यस्तो मिसन र भिजन घोषणा गरिएको हो ।

773
कारोबार संवाददाता
बुधवार, बैशाख १९, २०७५

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा खानेपानी समस्या चुलिएको छ । खडेरी सुरु भएसँगै धारोमा पानी आउन छोडेपछि खानेपानी समस्या चुलिएको हो ।

672