कारोबार संवाददाता
मंगलबार, आश्विन २, २०७५

संखुवासभाको खाँदबारी नगरपालिका–९ स्थित सभाखोला किनारमा सञ्चालित २ वटा क्रसर उद्योगमा शिलबन्दी गरिएको छ ।

510
कारोबार संवाददाता
मंगलबार, आश्विन २, २०७५

धनगढी उपमहानगरपालिकामा पूर्वाधार व्यवस्थापन प्रणाली सुरु भएको छ । योङ इनोभेसनको सहयोगमा पूर्वाधार व्यवस्थापन प्रणाली सुरु भएको हो ।

429
अनुपमा खनाल
सोमवार, आश्विन १, २०७५

नवलपुर जिल्लासमेत हेर्ने गरी गोरखामा गण्डकी प्रदेश मातहत स्वास्थ्य कार्यालय स्थापना भएको छ ।

500
प्रकाश पाक्साँवा
सोमवार, आश्विन १, २०७५

वन क्षेत्रमा घाइते अवस्थामा भेटिएका वन्यजन्तुलाई उद्धार गरी संरक्षण गर्न जिल्ला वन कार्यालयले संरक्षण घर निर्माण गरेको छ । घाइते वन्यजन्तुलाई उद्धार गरी संरक्षण गर्न घर अभावमा समस्या भएपछि वन कार्यालयले जिल्लामै पहिलो पटक संरक्षण घर निर्माण गरेको हो ।

427
कारोबार संवाददाता
सोमवार, आश्विन १, २०७५

गत वर्षभन्दा यस वर्ष मुगुको छायानाथ रारा नगरपालिकामा स्याउको उत्पादन घटेपछि किसान चिन्तित भएका छन् । अघिल्लो वर्ष १५ मेट्रिक टन स्याउ उत्पादन भएकोमा ४ मेट्रिक टन मात्र निर्यात भएको थियो । तर, यो वर्ष अघिल्लो वर्षको तुलनामा ७० प्रतिशतले स्याउ उत्पादन घटेको किसानहरू बताउँछन् ।

713
कारोबार संवाददाता
सोमवार, आश्विन १, २०७५

चाडपर्व नजिकिँदै गर्दा बजारमा ग्यासको आपूर्तिमा अवरोध आउन सक्ने उद्योगीले चेतावनी दिएका छन् । नेपाल एलपी ग्यास उद्योग संघले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी उद्योगीहरूले यसअघि सरकारलाई बुझाएको माग सम्बोधन नभएको भन्दै आपूर्तिमा अवरोध हुन सक्ने चेतावनी दिएको हो ।

826
रासस
आइतवार, भदौ ३१, २०७५

राष्ट्रियसभाको आजको बैठकले मौलिक हकसँग सम्बन्धित विभिन्न सात विधेयक पारित गरेको छ ।

679
रासस
आइतवार, भदौ ३१, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमलाई सुन्दर र विकसित बनाउनुपर्ने बताए ।  सुदूरपश्चिमाञ्चल विश्वविद्यालयकोसातौँ विश्वविद्यालयसभा प्रधानमन्त्री निवास बालुवाटारमा उद्घाटन गर्दै उहाँले प्राकृतिक स्रोतले भरिपूर्ण सुदूरपश्चिममा आवश्यक पर्ने कृषि, इञ्जिनीयरिङजस्ता प्राविधिक जनशक्ति आदि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले उत्पादन गरेमा शिक्षामा एक वर्षभित्र गुणात्मक परिवर्तन हुने बताए । 

712
रासस
आइतवार, भदौ ३१, २०७५

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली क्षेत्र गरीब नभएको तर बनाइएको टिप्पणी गरेका छन् । मुख्य न्यायाधिवक्ताको कार्यालय कर्णाली प्रदेशद्वारा आयोजित “स्थानीय तह न्यायिक समितिका पदाधिकारी तथा कर्मचारीको क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली क्षेत्रलाई गरीब बनाइएको जिकिर गरे ।

627
कारोबार संवाददाता
आइतवार, भदौ ३१, २०७५

आर्थिक वर्ष २०७४/७५ मा तीन हजार ३८७ जना कर्मचारीले सम्पत्ति विवरण बुझाएनन् । निजामती किताबखानामा दर्ता भएका ८८ हजार आठ सय कर्मचारीमध्ये ८५ हजार ४१३ कर्मचारीले मात्र सो आवमा सम्पत्ति विवरण बुझाएको निजामती किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले जानकारी दिनुभयो ।

472
कारोबार संवाददाता
आइतवार, भदौ ३१, २०७५

पोखरा उद्योग वाणिज्य संघको ३२औं महाधिवेशनकोे निर्वाचनमा विद्युतीय मेसिनको प्रयोग हुने भएको छ । निर्वाचनलाई पारदर्शी, छिटो छरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले संघको निर्वाचन विद्युतीय मेसिनबाट गर्ने तयारी गरिएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

596
कारोबार संवाददाता
आइतवार, भदौ ३१, २०७५

भारतीय तीर्थयात्रीको अवस्था, कैलाश मानसरोवर जाने बाटो र सुविधा बुझ्नका लागि भारतीय राजदूत मन्जित सिँह पुरी हुम्ला भ्रमणमा आएका छन् । शनिबार बिहान नेपालगञ्जबाट हवाइजहाजमा ७ जनाको समूहसहित हुम्लामा आएका पुरीले भारतीय तीर्थ यात्रीसँग यहाँको सुविधा र वस्तुस्थितिका बारेमा जानकारी लिएका थिए ।

539
कारोबार संवाददाता
आइतवार, भदौ ३१, २०७५

सिमकोट गाउँपालिकामा कृषक र कृषिलाई प्रवद्र्धन गर्न कृषि मेला सुरु गरिएको छ । सिमकोट गाउँपालिका कृषि शाखाको आयोजनामा गाउँपालिकामा रहेका कृषकको उत्पादनलाई प्रोत्साहन दिन र आगामी दिनमा कृषकले कृषि पेशामा लागि रहन प्रेरणा प्रदान गर्नका लागि ३ दिने मेला सुरु गरिएको छ ।

501
अनुपमा खनाल
आइतवार, भदौ ३१, २०७५

पहिरोका कारण गोरखा सिर्दीबासका ८ घरपरिवार विस्थापित भएका छन् । चुमनुब्री गाउँपालिका–३ घट्टेखोलामा शुक्रबार साँझ साढे ७ बजेतिर आएको पहिरोले स्थानीय ८ घर विस्थापित भएको गाउँपालिका उपप्रमुख कुमारी गुरुङले जानकारी दिइन् । स्थानीय उम्बा गुरुङ, ज्ञानु घले, राजकुमार गुरुङ, बहादुर गुरुङ, कुमारी गुरुङ, रामबहादुर गुरुङ, सुर्यमान गुरुङ र कालीमाया गुरुङको परिवार विस्थापित भएका हुन् । उनीहरूलाई घट्टेखोला बगरमा पाल टाँगेर अस्थायी बसोबासको ब्यवस्था मिलाएको उनको भनाइ छ ।

370
कारोबार संवाददाता
आइतवार, भदौ ३१, २०७५

डडेल्धुरामा ओखरको मूल्य वृद्धि भएरपछि व्यापामा कमी आएको छ । ओखर उत्पादनका लागि प्रसिद्ध मानिने दार्चुला र बैतडीमा उत्पादनमा कमी आएपछि ओखरको मूल्यमा वृद्धि भएको ब्यापारीहरूले बताएका छन् ।

591