हरिश चन्द
आइतवार, मंसिर १६, २०७५

सामुदायिक विद्यालयमा अभिभावकको सक्रियता बढाउन राष्ट्रिय प्रारम्भिक कक्षामा अध्ययन गरिरहेका बालबालिकाका अभिभावकलाई दौंतरी शिक्षा तालिम दिइँदै छ । सातवटा सन्देश प्रभाह हुने गरी अभिभावकलाई दौंतरी शिक्षा तालिम दिनका लागि डडेल्धुराका ७९ वटा विद्यालयका शिक्षक तथा स्रोत व्यक्तिलाई तालिम प्रदान भइरहेको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले जनाएको छ ।

187
गोपाल पोखरेल
आइतवार, मंसिर १६, २०७५

झट्ट हेर्दा पूर्वकै प्रसिद्ध पर्यटकीयस्थल भेडेटारजस्तै लाग्ने, घन्टैपिच्छे मौसम परिवर्तन भइरहने र हिमाल, पहाड र तराईका सुन्दर दृश्य अवलोकन गर्न सकिने उदयपुरको कटारी नगरपालिका–११ स्थित बेतिनी भन्ज्याङ क्षेत्र ओझेलमा परेको छ ।

337
कारोबार संवाददाता
आइतवार, मंसिर १६, २०७५

नेपालको संविधानले खाद्यसम्बन्धी हकलाई मौलिक हकका रुपमा स्थापित गरिसकेको छ । दिगो आत्मनिर्भरता एवं व्यावसायिक कृषि क्षेत्रको परिकल्पनासहित कृषि विकासको २० वर्षे रणनीतिसमेत तयार भइसकेको छ ।

278
कारोबार संवाददाता
शुक्रवार, मंसिर १४, २०७५

काठमाडौं–तराई दु्रतमार्गको काम तत्काल स्थगित गराउन सासंदहरु नै लागि परेका बेला नेपाली सेनाले अहिलेकै अवस्थामा फास्ट ट्रयाक निर्माणको वातावरण बनाइदिन विकास तथा प्रविधि समितिसँग गुहार मागेको छ ।

734
कारोबार संवाददाता
शुक्रवार, मंसिर १४, २०७५

प्रदेश नम्बर २ स्थित जानकी मन्दिर हिन्दूू धर्मावलम्बीको आस्थाको केन्द्र । धार्मिक पर्यटकीयस्थलको रूपमा विकास एवं समृद्धिका निम्ति मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत जानकी मन्दिरको सौन्दर्यकरण गर्नका लागि मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले बिहीबार संयुक्तरूपमा शिलान्यास गरेका छन् ।

459
कारोबार संवाददाता
शुक्रवार, मंसिर १४, २०७५

पूर्वपश्चिम राजमार्गको महेन्द्रनगर गड्डाचौकी सडक खण्ड किनारमा राखिएका खोका छाप्रा हटाइएका छन् । भीमदत्त नगरपालिका–४ वडा कार्यालयले प्रहरीको सहयोगमा नेपाल विद्युत् प्राधिकरण कार्यालयदेखि सडक डिभिजन कार्यालयसम्मका खोका छाप्रा हटाएको हो । वडा नं. ४ का वडाध्यक्ष लक्ष्मीदत्त बोहराले सडक किनारमा राखिएका खोका छाप्राले सडक ट्राफिक व्यवस्थापनमा समस्या आएपछि खोका छाप्रा हटाएर सडक किनार खाली गरिएको बताए ।

468
कारोबार संवाददाता
शुक्रवार, मंसिर १४, २०७५

दाङमा यस वर्ष सडक र पुल निर्माणका लागि प्रदेश सरकारले ७२ करोड बढी रकम छुट्याएको छ । जिल्लाका विभिन्न स्थानका ६ स्थानमा नयाँ पुलनिर्माण र ५० बढी सडकको स्तरवृद्धिका प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालू आर्थिक वर्षमा ७२ करोड ३३ लाख रुपैयाँ विनियोजन गरेको पूर्वाधार विकास कार्यालय दाङले जनाएको छ ।

410
कारोबार संवाददाता
शुक्रवार, मंसिर १४, २०७५

तत्कालिन नेकपा माओवादीले सुरु गरेको सशस्त्र युद्ध गरी सरकारसँग विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पूरा भइसकेको छ । दुवै पक्षले मुलुकमा शान्ति स्थापना गर्ने, देशमा हिंसाको अन्त्य गर्ने सहमति जनाएका थिए । देश शान्तिको बाटोमा अघि बढेर बितेका १२ वर्षमा ठूला–ठूला राजनीतिक परिर्वतन भएका छन् । युद्धका समयमा ज्यान गुमाएका, बेपत्ता पारिएका, घाइते र विस्थापित परिवारलाई भन्दै राज्य कोषबाट अर्बौ रुपैयाँ खर्च गरिएको छ ।

277
कारोबार संवाददाता
शुक्रवार, मंसिर १४, २०७५

उत्पादन दोब्बर बनाउने उत्साहका साथ व्यवसायमा होमिएका बागलुङको बिहुका सुन्तला किसान चिन्तामा छन् । केहि समय यता सुन्तालाका हाँगा मर्ने समस्या देखिन थालेपछि काठेखोल ५ र ६ का किसानहरू चिन्तित बनेका हुन् । बिहुका किसानले दुई वर्ष यता अन्य बाली तथा विरुवा मासेरै सुन्तला खेतिको विस्तार गर्ने अभियानमा छन् । सुन्तला उत्पादनका लागि जिल्लाकै पकेट क्षेत्रको रुपमा परिचत बिहुका अधिकांश किसानले सुन्तला उत्पादनवाटै जिविका चलाउदै आएका छन् ।

268
कारोबार संवाददाता
बिहिवार, मंसिर १३, २०७५

जनकपुरबाट जनकपुर–जयनगर ब्रोडगेज रेल सेवा सञ्चालनको अन्तिम चरणमा पुगेको छ । तर पुरानो न्यारोगेजलाई विस्थापित गर्दै ब्रोडगेजमा सञ्चालन हुन लागेकोको कारण वर्षांैदेखि थन्किएको पुराना रेल्वे अलपत्र परेका छन् । यसअघि जनकपुर–जयनगर मार्गमा गुड्दै आएको न्यारोगेज रेलका पुराना सम्पत्ति कवाडीमा परिणत भएका छन् ।

406
कारोबार संवाददाता
बिहिवार, मंसिर १३, २०७५

सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा विद्युत् चोरी गरी उपभोग गर्ने रुपन्देहीमा धेरै थिए । तर पछिल्लो समय विद्युत् चोरी गर्नेमाथि कारबाही र दन्ड, जरिबाना गर्न थालेपछि यो क्रम विस्तारै घटदै गएको छ ।

364
हिमेश विक
बिहिवार, मंसिर १३, २०७५

सरकार आफैं निर्माण गर्ने भनिएको २० मेगावाट क्षमताको बूढीगंगा जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डीपीआर अझै तयार हुन सकेको छैन । २० मेगावाट क्षमताको बूढीगंगा जलविद्युत् आयोजना निर्माणका लागि २०५२ सालदेखि नै सुरु गरिएको विस्तृत परियोजना प्रतिवेदन २३ वर्षसम्म पनि तयार भएको छैन ।

318
कारोबार संवाददाता
बिहिवार, मंसिर १३, २०७५

प्रदेश नं. २ को राजधानी जनकपुर अबको दुई वर्षमा सफा सुग्घर र हेर्न लायक बन्ने भएको छ । धार्मिक पर्यटकीय गन्तव्यको रूपमा चिनिएको जनकपुरको स्वरुप परिवर्तन हुन लागेको हो ।

464
कारोबार संवाददाता
बिहिवार, मंसिर १३, २०७५

संसद्को अर्थ समितिले नेपालमा जलविद्युत् सम्बन्धी अध्ययन गर्न उपसमिति गठन गरेको छ । जलविद्युत्को विकाससम्बन्धी नीतिगत, कानुनी, आर्थिक र प्राविधिक लगायतमा विभिन्न विषयमा अध्ययन गर्ने गरी संसदले उपसमिति गठन गरेको हो । पछिल्लो समयमा जलविद्युत् आयोजनामा अनुमतिपत्र (लाइसेन्स) लगायतबारे समस्या देखिएपछि समितिले यस्तो समिति गठन गरेको हो ।

373
कारोबार संवाददाता
बिहिवार, मंसिर १३, २०७५

विश्व हिन्दू महासंघले यही १४ गतेबाट हुन लागेको ‘एसिया प्यासिफिक समिट’ मा सहभागी नहुन सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै महासंघले धर्मान्तरका लागि ‘कुख्यात’ संस्थाहरुसँग सहकार्य नगर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

480