मीनकुमार नवोदित
सोमवार, आश्विन १५, २०७५

विराटनगरलाई प्रदेश–१ को स्थायी राजधानी बनाउन निजी क्षेत्र, नागरिक समाज, बुद्धिजीवि र राजनीतिक दलहरू एकजुट भएका छन् । उनीहरूले विराटनगरभन्दा बाहिर राजधानी लगिए जस्तोसुकै आन्दोलन गर्न तयार रहेको चेतावनीसमेत दिएका छन् ।

357
कारोबार संवाददाता
आइतवार, आश्विन १४, २०७५

सिँचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सर्वसम्मतिले पारित भएको छ ।

254
कारोबार संवाददाता
आइतवार, आश्विन १४, २०७५

नेपाली व्यवसायी तथा सरकारी अधिकारीहरूले भारतीय अधिकारी समक्ष भारतीय भन्सार ‘अपग्रेड’ गर्न आग्रह गरेका छन् । भारतीय राजदूतावास काठमाडौंका प्रथम वाणिज्य सचिव प्रभजितसिंह गुलाटीसँग नेपाली व्यवसायीले सामान आयात गर्दा भन्सारमा प्रक्रियागत ढिलाइ भइरहेको भन्दै भन्सार अपग्रेड गर्न माग गरेका हुन् ।

284
कारोबार संवाददाता
आइतवार, आश्विन १४, २०७५

सिमसिम पानी । वरिपरि जस्ताले छाएका टहरा । सिमेन्टेट गरिएका भुइँ । कर तिरेका टहरामा सागसब्जी बेच्न व्यस्त । नुनदेखि सुनसम्म किनमेल गर्नेको भीड । तर ठाउँ नपाएर खाली जग्गामा छाता ओढेर टुक्रुक्क बसेका बालबालिका । अगाडि थोत्रो पलास्टिकमाथि बिक्रीका लागि राखिएका निघुरो । यो दृश्य परापूर्वकालदेखि लाग्दै आएको सदरमुकामस्थित तोक्मेडाँडामा लाग्ने शनिबारे हटियाको हो ।

390
कारोबार संवाददाता
आइतवार, आश्विन १४, २०७५

इलामका केही स्थानीय तहले जन्म र मृत्यु दर्तामा समेत पैसा दिने निर्णय गरेका छन् । देउमाई नगरपालिकाले पालनपोषण र दाहसत्कार खर्च उपलब्ध गराउँछ भने फाकफोकथुम गाउँपालिकाले व्यक्तिगत घटना दर्ता प्रक्रियालाई सहज बनाउन भन्दै रकम दिने निर्णय गरेको छ । व्य

304
कारोबार संवाददाता
आइतवार, आश्विन १४, २०७५

जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरेको तिन वर्ष बित्न लागेको छ । घोषणा भएका धेरै गाउँमा शौचालय प्रयोगमा छैनन् । शौचालय नभएका होइनन् । प्रयो

315
कारोबार संवाददाता
आइतवार, आश्विन १४, २०७५

इतिहास बोकेको जाजरकोट दरबार जीर्ण बन्दै गएको छ । वि.सं १८२५ मा जाजरकोटका राजा हरि शाहले निर्माण गरेको यो दरबार दिनानुदिन जीर्ण बन्दै गएको छ । राजा हरि शाहले निर्माण गरेको जाजरकोट दरबार कला र ऐतिहासिक महत्वका दृष्टिकोणले निकै आकर्षक मानिन्छ ।

330
कारोबार संवाददाता
आइतवार, आश्विन १४, २०७५

पछिल्लो चार वर्षमा पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या दोब्बरभन्दा बढीले वृद्धि भएको छ । सुरक्षित बासस्थान, निकुञ्जभित्रका बस्ती स्थानान्तरण र आरक्षपछि निकुञ्ज विस्तार भएपछि बाघको संख्या बढेको हो । निकुञ्जमा हाल बाघको संख्या १८ पुगेको छ । पर्सा राष्ट्रिय निकुञ्जले राष्ट्रिय संरक्षण दिवसको अवसर पारेर बाघको संख्या सार्वजनिक गरेको हो ।

279
कारोबार संवाददाता
आइतवार, आश्विन १४, २०७५

झापा अर्जुनधारा नगरपालिकाका–९ का दिनानाथ शिवाकोटीले अचार व्यवसायबाटै मासिक ५० हजार आम्दानी गर्छन् । उनले यो व्यवसाय थालेको एकदशक भयो ।

399
कारोबार संवाददाता
आइतवार, आश्विन १४, २०७५

दसैंका लागि राजधानी छाड्ने क्रम सुरु भएको छ । प्रहरीका अनुसार उपत्यकाबाट स्थलमार्ग हुँदै बाहिरिनेको संख्या पछिल्लो एक सातामा ५ लाख ६० हजारभन्दा बढी रहेको छ । विशेषगरी असंगठित क्षेत्रमा काम गर्ने मजदुर तथा विद्यार्थीले दसैैं सुरु हुनु पहिल्यै राजधानी छाड्ने गर्दछन् । प्रहरीका अनुसार नियमित आवागमनको तुलनामा दैनिक बाहिरिनेको संख्या १० देखि १५ हजारले बढी छ ।

1375
रासस
शुक्रवार, आश्विन १२, २०७५

अबदेखि नेपालका ग्यास बुलेटले नै खाना पकाउने ग्यास आयात गर्ने भएका छन् ।

2070
रासस
शुक्रवार, आश्विन १२, २०७५

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संसद्को वर्षे अधिवेशनबाट चिकित्सा शिक्षा विधेयक पारित नभए पनि सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । 

282
अमरराज आचार्य
शुक्रवार, आश्विन १२, २०७५

घोराही उपमहानगरपालिका सबै वडा कार्यालयको अझैसम्म आफ्नो भवन निर्माण हुन सकेको छैन । भाडामा लिएर कार्यालय सञ्चालन गर्दा सहज रूपमा सेवा दिन समस्या भएको वडा कार्यालयहरूले जनाएका छन् ।

333
कारोबार संवाददाता
शुक्रवार, आश्विन १२, २०७५

नेपालका २० नगरपालिकामा सामुदायिक व्यवस्थापनमा खानेपानी तथा सरसफाइका लागि एसियाली विकास बैंक (एडीबी) ले १५ अर्ब रुपैयाँ ऋण सहयोग गर्ने निर्णय गरेको छ ।

170
रासस
बिहिवार, आश्विन ११, २०७५

काठमाडौँ उपत्यकावासीले दुई महीनाको प्रतिक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन् ।

1154