संविधानले ग्यारेन्टी गरेको खाद्य अधिकार सुनिश्चित गर्न सरकारी संरचनामा सुधार गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले उत्तरगंगा जलविद्युत् आयोजना प्रदेश ५ लाई दिन माग गरेका छन् ।
प्रदेश–१ को राजधानी विराटनगर आउने जोकोही यतिबेला छक्क पर्नेछन् धुलाम्मे सडक हेरेर । गर्मी त्यसमाथि हावासँगै उड्ने धुलोले महानगरवासीको सातोपुत्लो उडाएको छ यतिबेला ।
कृषियोग्य मुलुक भए पनि कृषियोग्य जमिनको २१ प्रतिशत भूभाग भने बाँझै छ । कृषि श्रमिकको अभाव, युवा पलायन र कृषिमा आकर्षण घट्दो क्रममा रहेकाले जमिन बाँझिने समस्या बढेको हो ।
लगानी बोर्डले बुधबार एक विज्ञप्ति जारी गरी ७५० मेगावाटको पश्चिमसेती जलविद्युत् आयोजनाबारे हालसम्म कुनै निर्णय नभएको जनाएको छ ।
जिल्ला बाहिर हुने काठ निकासी रोकिएसँगै सोलुखुम्बमा वार्षिक १ करोडको हाराहारीमा राजस्व गुम्ने भएको छ । जिल्लामा काठ निकासी रोक्ने राजनीतिक निर्णयसँगै काठ निकासीबाट जिल्लामा भित्रिँदै आएको वार्षिक १ करोड राजस्व ठप्प हुने भएको छ ।
कोइलावासका बासिन्दा पुनर्जन्म पाउने आशामा छन् । कोइलावास बासिन्दाले विगत ४० वर्षदेखि सडक सास्ती भोग्दै आएका छन् । उनीहरू नेपालमा बसे पनि सबै भर भारतमा पर्नुपर्ने बाध्यता छ ।
म्याग्दीको सदरमुकाम बेनी बजारको सडकमा गरिएको कालोपत्रे (पिच) एक साता नपुग्दै उक्किन थालेको छ ।
प्रदेश नम्बर ३ को सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममाथि बुधबार पनि प्रदेशसभा सदस्यहरूले आफ्नो धारणा राखेका छन् ।
रुपन्देहीका चामल उद्योगीहरूले धान चामल खरिद बिक्री, आयात–निर्यातलगायतका समस्या समाधानका लागि धान चामल बोर्ड गठन गर्न माग गरेका छन् । विगत लामो समयदेखि बोर्ड गठन गर्न माग गर्दै आए पनि केन्द्रीय सरकारले सुनुवाई नगरेको भन्दै उनीहरूले प्रदेश सरकारले बोर्ड गठन गर्नुपर्ने बताएका हुन् । प्रदेश ५ को सरकारको ल्याउने नीति तथा कार्यक्रम र बजेटमा चामल उद्योगीहरूका समस्या सम्बोधन गर्नुपर्ने उनीहरूको माग छ ।
नेपाली फोटो पत्रकारहरूको छाता संगठन फोटो पत्रकार (पिजे) क्लबले आईएमई र ग्लोबल आईएमई बैंकसँगको सहकार्यमा छैटौं संस्करणको फोटो प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको छ । क्लबले बुधबार दिउँसो काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको हो । विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीले बुधबारबाटै फोटो दर्ता गराउन सक्नेछन् ।
पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पोखराको लेकसाईडमा संचालन भएको सवारी साधन निशेषित क्षेत्र (नो भेइकल जोन) व्यवसायीको दबाब पछि अन्ततः हटेको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष कूल आचार्यको नेतृत्वको एक टोलीले पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग भेट गरी एनआरएनएले पर्यटन प्रवद्र्धनका लागि गर्ने र गरेको कार्यक्रमहरुको बारेमा छलफल भएको छ ।
प्राविधिक तथा स्थानीयको मिलेमतोमा भूकम्पपीडितले घर नबनाई दोस्रो किस्ता लिएको समाचार कारोबारमा प्रकाशित भएपछि छानबिन गर्न भन्दै समिति बनेको छ ।
गुल्मी दरबार गाउँपालिकाले सेवासुविधमा वितरणमा मनपरि गरेको भेटिएको छ । गाउँपालिकाले वडाध्यक्षदेखि गाउँकार्यपालिकाका सदस्यहरूलाई मोबाइलदेखि मोटरसाइकलसम्मको सुविधा उपलब्ध गराउँदै आएको छ ।