कारोबार संवाददाता
बिहिवार, श्रावण ३, २०७५

रसुवा र धादिङको सीमा क्षेत्र सोमदाङमा निर्माण भइरहेको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजनाको निर्माणकार्य रोकिएको छ । निर्माणाधीन विद्युत् उत्पादन गृहमा बाढीले क्षति पु¥याएपछि निर्माणकार्य बन्द भएको आयोजना पक्षले जनाएको हो ।

691
कारोबार संवाददाता
बिहिवार, श्रावण ३, २०७५

गाउँगाउँमा बैंकको लागि चाहिने बलिया घर नभएपछि दोलखाको मुलुङ गाउँपालिका–४ मा भने सामुदायिक विद्यालयमा बैंकको शाखा सञ्चालन गरिएको छ । बैंकलाई पक्की भवन चाहिने भएपछि भीम माध्यमिक विद्यालयले पक्की भवन बैंकलाई भाडामा दिएर विद्यार्थीलाई भने छाप्रोमा अध्ययन गर्न बाध्य बनाएको छ ।

596
कारोबार संवाददाता
बिहिवार, श्रावण ३, २०७५

सेती नदीमा बाढी आउँदा व्यास नपा–१३ र रिसिङ गाउँपालिका– १ को सोढे जोड्ने मोटरेबल पुल सतहभन्दा केही तल झरेको छ । पुल ढलान गरेको दिनमा नदीमा ठूलो बाढी आएको कारण पुलको सतह १५ सेन्टिमिटर तल झरेको सडक डिभिजन कार्यालय तनहँुले जनाएको छ ।

597
प्रगति ढकाल
बिहिवार, श्रावण ३, २०७५

सरकारले भूकम्पले भत्किएका निजी आवास पुनर्निर्माण गर्नका लागि उपत्यकाका भूकम्पपीडितलाई हालसम्म ६० हजार क्युफिट चिरान काठ आपूर्ति गराएको छ । द टिम्बर कर्पोरेसन अफ् नेपाल (टीसीएन) मार्फत भूकम्प कारण घर भत्किएका उपत्यकावासीलाई हालसम्म ६० हजार क्युफिट चिरान काठ उपलब्ध गराएको हो ।

621
केशव समर्पण
बिहिवार, श्रावण ३, २०७५

सरकार सञ्चालनको लागि द्रुतमार्गबाट कानुन निर्माण गर्ने घोषणा गरेको ३ नम्बर प्रदेश सरकारले ५ महिना बितिसक्दा पनि अत्यावश्यक कानुन बनाउन सकेको छैन । प्रदेशसभा र सरकार गठन भएको पाँच महिनाको अवधिमा ११ वटा मात्र कानुन निर्माण भएको छ ।

609
शिव बोहरा
बिहिवार, श्रावण ३, २०७५

संविधानले प्रत्यायोजन गरेको स्वायत्त अधिकारअनुरूप प्रदेश सरकारहरूले आर्थिक वर्ष २०७५-७६ का लागि सवारीसाधन करमा भारी वृद्धि गरेका छन् । प्रदेश सरकारहरूले सवारी साधनलाई राजस्वको मुख्य स्रोतका रूपमा लिएको देखिन्छ । आव २०७४-७५ सम्म देशभरका सबै नागरिकले एकै दरमा कर तिर्दै आएका थिए ।

7137
कारोबार संवाददाता
बुधवार, श्रावण २, २०७५

नेपालमा जल यातायात नारायणी र कोसीमार्फत गंगा नदीबाट भारतको हल्दिया हुँदै बंगलादेश र अन्य मुलुकसँग जोडिने प्रचुर सम्भावना रहेकोमा नेपाल र भारतीय अधिकारीहरू सहमत भएका छन् ।

1880
अनिश शर्मा गैरे
बुधवार, श्रावण २, २०७५

गुल्मीको प्रसिद्ध धार्मिकस्थल रेसुंगामा विगत वर्षमा जस्तै यो वर्ष पनि मंगलबारदेखि साउने मेला सुरु भएको छ ।

695
कारोबार संवाददाता
बुधवार, श्रावण २, २०७५

सिमसार क्षेत्रको अतिक्रमण बढेको भन्दै पश्चिम नवलपरासी जिल्लाको सदरमुकाम रामग्राम नगरपालिकाले संरक्षणका लागि अभियान सुरु गरेको छ ।

1166
कारोबार संवाददाता
बुधवार, श्रावण २, २०७५

भिरालो जमिनमा जथाभावी सडक खन्दा जिल्ला सदरमुकाम र ग्रामीण भेगमा पहिरोको जोखिम बढेको छ । मापदण्डविपरीत जथाभावी सडक खन्नु, सडकमा नाली र ढल निकासको व्यवस्था नहुनु, भिरालो जमिनमा जथाभावी डोजर चलाउँदा पनि पहिरोको जोखिम बढेको हो ।

565
सागर परियार
बुधवार, श्रावण २, २०७५

जुम्ला पछिल्लो समय पर्यटकीय जिल्लाका रूपमा विकास हुदै गएको छ । संघीयता पछिको कर्णाली प्रदेश सरकारले जुम्लालाई पर्यटकीय सहरका रूपमा विकास गरिनेसमेत योजना अघि सारेको छ । यसै, त कर्णालीमा पर्यटकीय सम्भावनै सम्भावना छन् । जुम्लाको चन्दननाथ, भैरवनाथ मन्दिर, विश्वको अग्लो स्थानमा धान फल्ने छुमचौर ज्युलो, पातारासी हिमाल, तातोपानी, गुठीचौर पाटनलगायतका क्षेत्र जुम्लाका आकर्षक पर्यटकीय स्थलहरू हुन् ।

577
कारोबार संवाददाता
बुधवार, श्रावण २, २०७५

जिल्लाका निर्वाचित जनप्रतिनिधिले एक वर्षपछि पारिश्रामिक बुझेका छन् । उनीहरुले शपथ ग्रहण गरेपछिको पारिश्रमिक एकमुष्ट बुझेका हुन् ।

455
शिव बोहरा
बुधवार, श्रावण २, २०७५

सरकारले जारी गरेको यातायात व्यवस्थापन कार्यविधिअनुसार आर्थिक वर्ष २०७४-७५ मा ट्रायल पास परेका तर राजस्व नतिरेकाको सबै रद्द हुने र नयाँ प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्थाअनुसार देशभरका सबै लाइसेन्स कार्यालयमा ट्रायल पास गरी राजस्व तिर्न बाँकी रहेका २-३ हजारको लाइसेन्स रद्द हुने भएको छ । साथै रि–ट्रायल पनि हुने छैन ।

16827
कारोबार संवाददाता
मंगलबार, श्रावण १, २०७५

असार १७ गतेदेखि परेको अविरल वर्षाले बाजुरा जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी सडक र ग्रामीण सडक अवरुद्ध भएका छन् । पहिरोका कारण सडक अवरुद्ध भएपछि दैनिक आवतजावत गर्ने यातायातका साधन पनि ठप्प छन् ।

744
कारोबार संवाददाता
मंगलबार, श्रावण १, २०७५

देवघाट–५ स्थित गलेश्वर आश्रमले सञ्चालन गर्दै आएको धर्मार्थ अस्पताल गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । गलेश्वर आश्रम र देवघाट गाउँपालिकाबीच अस्पताल सञ्चालनको विषयमा सोमबार सहमति भएको हो ।

551