कारोबार संवाददाता
बुधवार, भदौ २७, २०७५
966

बारा प्रहरीले बिभिन्न अपराध गरेर सजाय तोकीए पनि समाजमा खुलेआम हिडदै गरेका अपराधीहरु धमाधम पक्राउ गर्न थालेको छ ।
अपराधी खुलेआम घुम्दा समाजमा नकारात्मक असर पर्ने भन्दै प्रहरीले महिना यता सजाए तोकीएका अपराधिहरुलाई धमाधम पक्राउ थालेको हो ।

कर्तब्य ज्यान लगाएत ठुला घटनाका फरार प्रतिबादीहरु महिना यता दुई दर्जन बढि पक्राउ गरीएको बताउदै जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता तथा प्रहरी नायब उपरिक्षक रंञ्जित सिंह राठोरले भने पक्राउ गर्नु स्बभाबिक प्रकृया र प्रहरीको काम नै हो ।
यसै बिच प्रहरीले आफन्तकै मिलेमतोमा जीतपुर निवासी अंकीत गुप्ताको अपहरणपछि भएको हत्यामा संलग्न ४ जनालाई भारत र नेपालका बिभिन्न स्थानबाट पक्राउ गरेको छ जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारी अनुसार घटना भएको २० दिनपछि घटनामा संलग्न ४ जनालाई पक्राउ गरीएको जनाएको छ । पक्राउ पर्नेहरुमा घटनाका मुख्य योजनाकार नातामा भिनाजुपर्ने वीरगञ्ज महानगरपालिका १३ रानीघाट निवासी प्रदिप कुमार कलवार सहित पर्सा जिल्ला पोखरिया नगरपालिका ७ घर भइ हाल वीरगञ्ज बस्ने सिपाही भनिने रामप्रवेश साह, पर्सा गोविन्दपुर घर भई वीरगञ्ज महानगरपालिका २४ बस्ने पार्वती देबी र भारत विहार पश्चिम चम्पारण जोगापट्टी थाना बस्ने सुरज गीरी रहेका छन ।
कलवारकै योजना अनुसार गत जेठ २२ गते बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुर बजारबाट अंकीतको अपहरण भएको र फिरौती रकम समेत लिएर गत साउन १ गते हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरिक्षक राठौरले जानकारी दिनुभयो त्यस्तै प्रहरीले अन्य अपराधिहरुलाई समेत जिल्लाका बिभिन्न स्थानबाट धमाधम पक्राउ गरेको छ । २१ बर्ष देखी फरार सबारी ज्यान मुददाका प्रतीबादी जितपुर सिमरा उपमहानगर २१ का रामचन्द्र थापा मगरलाई अमलेखगंज बाट प्रहरीले पक्राउ गरेको छ भने अर्का कर्तब्य ज्यान मुददाका १८ बर्ष देखी फरार प्रतिबादी प्रष्टोका गाबीस ७ का मंगर महतोलाई गत शुक्रबार पक्राउ गरेको हो ।
अभियानकै रुपमा निक्लेको प्रहरीले बिस बर्ष पहिले सबारी ज्यान मुददामा फरार अर्का प्रतिबादी जितपुर सिमरा बडा नम्बर ४ का बिष्णु प्रसाद अधिकारीलाई सिमरा चोक बाट पक्राउ गरी कारागार चलान गरेको छ ।
पाच बर्ष अघि कर्तब्य ज्यानका फरार अभियुक्त महागढीमाई नगरपालीका ६ बस्ने चोकर सोहनीलाई प्रहरीले गत ८ गते कलैया बाट पक्राउ गरेको थियो ।
प्रहरीले कर्तब्य ज्यान बाहेकका अन्य अपराधमा सम्लग्नहरुलाई समेत पक्राउ गरेको छ । १५ बर्ष देखी चोरीका मुददामा फरार जितपुर सिमरा ४ का बल बहादुर कार्कीलाई पक्राउ गरेको छ भने लागुऔषध मुददाका फरार प्रतीबादी निजगढ नगरपालीका ११ बस्ने बिकास तितुङ ५ बर्ष पछि निजगढबाटै पक्राउ परेका छन ।
हामीले फरार अभियुक्त पक्रन चौकी सम्म फोकस गरेका छौ प्रबक्ता राठौर भन्छन—हाम्रो यो अभियान पक्राउ पर्न बाकी रहुन्जेल सम्म जारी रहन्छ ।हामीले यस बाहेक पनि समाजमा शान्ती सुरक्षा कायम राख्दै अन्य अपराध न्युनिकरणमा पनि लागी परेका छौ ।
-प्रकाश लम्साल