कारोबार संवाददाता
सोमवार, माघ २१, २०७५
924

राजश्व अनुसन्धान विभागले हुण्डी कारोबारमा संलग्न रामेश्वर शाहसहित ८ जना विरुद्ध १२ अर्ब ५४ करोडको मुद्धा दायर गरेको छ । राजश्व अनुसन्धान विभागले जिल्ला अदालत धनुषमा ८ जना हुण्डी कारोबारी विरुद्ध ४ अर्ब १६ करोड ३३ लाख ९ सय १० रुपैंयाँ विगो र विगाको तेब्बर जरिवाना हुने गरि मुद्धा दायर गरेको विभागका महानिर्देशक दिर्घराज मैनालीले जानकारी दिए ।
विभागले शाहकी पत्नि मिनादेवी साह, विजय यादव, मोख्तर अहमद, सन्तोष महतो, नरेश महतो, सुरज ठाकुर र पप्पु कुमार दास विरुद्ध मुद्धा हालेको जनाएको छ ।