मातृका दाहाल
सोमवार, श्रावण २१, २०७५
4671

आइतबार साँझ अपहरणमा परेका ११ वर्षीय निशान खड्का अपहरणमा परे लगत्तै बावु गणेशबहादुर खड्कालाई फोन आयो – ‘२ करोड फिरौती दिएमात्रै बच्चा सकुशल रहने छ ।’ तर २ करोड फिरोती बुझाउँने कुनै हैसियत नै नभएका खड्काले त्यत्रो रकम कहाँबाट ल्याउँनु भन्दै अपहरणकारीीसँग हारगुहार गरे–‘बच्चा केही नगरिदिनु ।’ सिुन्धुपालचोकको मेलम्चिबाट आएको खड्का परिवार त्यही घरबनाएर बस्दै आएको थियो । प्रहरीका अनुसार आर्थिक हैसियत पनि मध्यम स्तरको हो खड्का परिवारको । त्यसपछि अपहरणकारी र खड्काबीच बच्चा छुटाइदिने शर्तमा पैसाको मोलमोलाई भयो, र अन्तिममा ४० लाखमा सहमति भयो । विहान फिरौती बुझाएर बच्चा बुझाउने शर्त पनि भयो । अपहरणको सूचना पाए लगत्तत्रै प्रहरी पनि राती नै अपहरण मूक्त गर्न खटियो । रातभरी सर्च एन्ड रेस्क्यु अपरेसन महानगरीय प्रहरी महाशाखाले चलायो । तर सोमबार १२ बजे भक्तपुरको ठिमी नजिकै वालक हत्यापछि पुरिएको अवस्थामा फेला परे । त्यसपछि प्रहरीले भक्तपुरका संकास्पद स्थानमा निगरानी बढाउँदै २ जनालाई विहान फेला पा¥यो, तर त्यसबेला अपहरणकारी पेस्तोल ताक्दै भाग्न खोजे । तर प्रहरीले पनि जवाफी फायर खोल्यो । र दुवैजना अपहरणकारीको घटनास्थलमै मृत्यु भयो । प्रहरीले मृतकको सनाखत भइनसकेको जनाएको छ मृतक दुवैजना २५ देखि ३० वर्ष उमेर समूहका मंगोलियन अनुहारका छन् ।