कारोबार संवाददाता
शुक्रवार, भदौ २९, २०७५
694

प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीका लागि नेपालमा अहिले उपयुक्त समय भएका बताएका छन् ।
कारोबार दैनिकले आयोजना ‘कारोबार इकोनोमिक कन्क्लेभ’ मा बोल्दै शुक्रबार प्रधानमन्त्री ओलीले नेपालमा विदेशी लगानीका लागि उपयुक्त समय रहेको बताएका छन् । उनले तीव्र गतिमा आर्थिक विकासका लागि विभिन्न कोणबाट काम भइरहेको भन्दै स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई राम्रो मुनाफा कमाउने उपयुक्त अवसर भएको बताए ।

प्रधानमन्त्री ओलीले विगतमा विभिन्न काराणले बन्द भएका उद्योगहरु पुनः सञ्चालन र नयाँ उद्योगको स्थापना सरकारको प्राथमिकतामा रहेको बताए । औद्योगिक क्षेत्रमा बिनाहिचकिचाहट लगानी गर्नका लागि लगानीकर्ताहरुलाई आव्हान गर्दै उहाँले लगानीका लागि एकद्धार प्रणालीको विकास गरिने धारणा रखे । लगानीका लागि रहेका कानुनी र व्यवहारिक जटिलता हल गरिने भन्दै उहाँले लगानीको सुरक्षा गर्दै लगानीकर्तालाई राम्रो अवसर दिइने बताए ।
प्रधानमन्त्री ओलीले भारत र चीन दुबै देशसँग मिलेर नेपालले आर्थिक विकास र समृद्धिको चाहना पूरा गर्न खोजेकोे बताए । उनले रक्सोल काठमाडौं रेलबारे प्रोटोकलमा केही दिनमा सहमति हुने जानकारी दिए ।
शुक्रबार राजधानी आयोजना गरिएको कारोबार आर्थिक दैनिककको कन्क्लेभको उद्दघाटन गदैउनले सो कुरा बताएका हुन ।कार्यक्रममा पूर्व अर्थमन्त्री डा रामशरण महतले स्थानीय र प्रदेश तहमा थुप्रै संरचना बनेपनि संस्थागत क्षतमा नहुनु सरकारका लागि ठुलो चुनौती भएको बताए । ७ सय ५३ तहको स्थानीय सरकार र ७ प्रदेश सञ्चालनका लागि ठुलो आर्थीक स्रोत चाहिने भन्दै त्यसलाई कसरी दिगो बनाउने भन्ने कुरा अहिलेको सरकारको मुख्य चुनौती रहेको भन्दे त्यसतर्फ ध्यान दिन सरकारलाई सुझाव दिए ।

कारोबार दैनिकले पहिलोपटक ‘समृद्धि, दोहोरो अंकको आर्थीक वृद्धिबाट भन्ने विषयमा वृहत सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा प्रधानमन्त्री, अर्थमन्त्री,उद्योगी व्यवसायी, विभिन्न राजनीतिक दलका नेताहरु, भारतीय जनता पार्टीका नेता, प्रवासी नेपाली, आर्थीक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको उल्लेख्य उपस्थिती थियो ।