सागर परियार
आइतवार, आश्विन २१, २०७५
528

जुम्ला-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहिले कर्णालीको विकास र समृद्धिका लागि चीन सरकार लगानी गर्न आतुर रहेको बताएका छन् । हामीले लगानीमैत्री वातावरण बनाउँछौ उनले भने, “चिनियाँ लगानीकर्ताले यहाँको पूर्वाधार विकासलाई प्राथमितकामा राखी लगानी गर्नेछ ।” त्यसका लागि सहज वातावरण गर्ने तर्फ प्रदेश सरकारको ध्यान केन्द्रित भएको उल्लेख गरे ।
चीन भ्रमण सकेर भर्खर स्वदेश फर्किनु भएका मुख्यमन्त्री शाही जुम्ला पुगेपछि यस्तो बताएका हुन् । बाह्य लगानी बिना प्रदेशको समृद्धि सम्भव छैन । यहाँका अथाह सम्भवानलाई अवसरमा बदल्न लगानीको खाँचो छ । शाहीले थपे, छिमेकी राष्ट्र चीनले कर्णालीको विद्युत् र सडक विस्तार विशेष चासो देखाएको बताए ।

कर्णाली प्रदेशसँग जोडिएका उत्तर नाका खोल्ने विषयमा पनि चीन सरकारसँग गम्भीर छलफल भएको जनाए । कर्णालीमा सडक र विद्युत् निर्माणको प्रक्रिया आउँदो दसंैलगत्तै हुने उनको भनाइ छ । प्रदेश समृद्धिका लागि बाह्य लगानीसँगै, सबैले गरिब मानसिकता हटाउनु पर्नेमा जोड दिए ।
कर्णाली अनुदानले बिग्रिएको क्षेत्र हो, अनुदानले परनिर्भता बढाएको उनको दाबी छ । अब मन्त्रीदेखि सर्वसाधारणले समृद्धिका लागि आफै श्रम गर्ने बेला आएको बताए । कर्णाली प्रदेशलाई पाँच वर्षमा सम्पन्न प्रदेश बनाउनका लागि यहाँका स्रोत साधनलाई परिचालन गर्नु आजको आवश्यकता हो ।
तर संघीयताको दुई वर्ष भइसक्दा अन्योलताका बीच अघि बढेकाले अपेक्षाअनुसारको उपलब्धि हुन नसकेको बतए । कर्णालीको आर्थिक समृद्धिका लागि मुगुको नाक्चे लाग्ना र हुम्लाको हिल्सा नाकालाई चीनसँग जोडने विषयमा छलफल भइरहेका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बताए ।
सबैभन्दा विकट सडक संजालमा जोडिएको छ । अब छिटै हुम्लामा सडकको पहुँच पुराउन एडीबीलगायातका निकायसँग पहल थालिएको अवगत गराए । स्थानीय सरकारका जनप्रतिनिधि र प्रदेश सरकारको भूमिकाको विषयममा छलफल गर्न कालिकोट हँुदै जुम्ला पुगेका शाहीले कर्णाली आफैमा सम्भावनायुक्त क्षेत्र भएको भन्दै कर्णालीलाई गरिब बनाइएको धारणा राखे ।
समृद्धि भन्ने कुरो जादुको छडी होइन यसमा प्रदेश सरकार लागिपरेको बताए । भ्रष्टाचार विकास समृद्धिको बाधक हो । यसमा जनप्रतिनिधिलाई निःस्वार्थ भएर काम गर्न निर्देशन दिए । अहिले जुम्लाका जनप्रतिनिधि अख्तियारको निगरानी रहेका छन् । धेरै विलाशी बन्न खोजे जनप्रतिनिधि नै अख्तिारमा जाने चेतावनी दिए ।

जुम्ला पर्यटकीय सहर बन्छ
संघीयतापछि कर्णाली सरकारले जुम्लालाई पर्यटकीय सहरका रूपमा विकास गर्ने लक्ष्य लिएको छ । तर दुई वर्ष बितिसक्दा यस विषयमा कुनै उल्लेखनीय काम भएको छैन । योजना र नीतिमात्रै जुम्ला महोत्सवको विषय बने पनि कार्यान्वयन अवस्था भने, फितलो नै छ । तर, मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले भने, जुम्ला कर्णालीकै मोडेल जिल्ला बन्नेमा कुनै शंका नगर्न सुझाव दिए । प्रदेश राजधानी सुर्खेतपछि, विशेष क्षेत्र जुम्ला हो, यहाँको विकासका लागि लगानी बढाउन जरुरी छ । पर्यटकीय सहर बनाई यहाँको आर्थिक जीवनस्तर उकास्ने एकमात्र लक्ष्य सरकारले पूरा गर्ने बताए ।
अभावै अभावमा कर्णाली
प्रदेश सरकार गठन गएको ६ महिना बित्यो, अहिलेसम्म प्रदेशमा संरचना, कानुन र कर्मचारी अभाव रहेको पाइएको छ । संघीय सरकारले पनि कानुन निर्माण, कमर्चारी खटनपटनमा ढिलासुस्ती गरेकोले समस्या भएको शाहीको भनाइ छ । प्रदेश सरकार भर्खर वामे सर्ने अवस्थामा पुगेको छ, जनताका चाहना असीमित छन्, उनले भने, “त्यसलाई विस्तारै हल गर्दै जान्छांै ।”
संविधानले थुप्रै कुरामा प्रदेश सरकारलाई अधिकार नदिएका कारण पनि प्रदेश सरकारले सोचेजस्तो काम गर्न नसकेको उनले दाबी गरे । यद्यपि कर्णाली सरकारले ६ महिनाको अवधिमा राम्रा कामको सुरुवात गरेको बताइएको छ ।