कारोबार संवाददाता
सोमवार, कार्तिक १९, २०७५
347

नवीकरणीय ऊर्जामार्फत ३५ लाख घरधुरीमा सेवा पु¥याएको वैकल्पिक ऊर्जा प्रवद्र्धक केन्द्रले जनाएको छ ।
नेपालको नवीकरणीय ऊर्जा प्रवद्र्धनको केन्द्रीय निकायको रूपमा कार्यरत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आफ्नो २२औ वार्षिकोत्सवको अवसरमा १६ प्रतिशतमा लघुजलविद्युत्, सौर्य ऊर्जा (सोलार), वायु, जैविक लगायतमार्फत नवीकरणीय ऊर्जाको प्रविधि पुगेको हो । “२२ वर्षअघि स्थापना भएको केन्द्रले यस अवधिमा १६ प्रतिशतभन्दा बढीलाई आफ्नो प्रविधि पु¥याइसकेको छ,” केन्द्रका कामु कार्यकारी निर्देशक नवराज ढकालले भने ।

केन्द्रका अनुसार, सरकार र विभिन्न विकास साझेदारको संयुक्त सहयोगमा संचालित विभिन्न कार्यक्रममार्फत् लघुजलविद्युत्बाट करिब ३५ मेगावाट विद्युत् उत्पादन गरेको छ भने १९० ठूलासहित ४ लाख १६ हजारभन्दा बढी वायोग्यास प्लान्ट, ८ लाख ५० हजारभन्दा बढी सोलार विद्युत् प्रणाली, करिब १५ लाख सुधारिएको चुलो, ११ हजार पानी घट्टको सुधारको काम सम्पन्न गरेको जनाएको छ । सौर्य वायु मिश्रित प्रणाली, संस्थागत सौर्य विद्युत् प्रणाली, फलामे सुधारिएको चुलो, सौर्य मिनिग्रीड र सौर्य सिँचाइ तथा खानेपानी पम्प जडानलगायतका कामसमेत अघि बढाएको केन्द्रले जनाएको छ ।
केन्द्रले आइतबार ललितपुरमा आयोजित वार्षिकोत्सवमा यस वर्षको मञ्चुका स्मृति अक्षय कोषद्वारा केन्द्रको समन्वयमा स्थापित ‘सुप्रविध स्मृति नवीकरणीय ऊर्जा पुरस्कार’ बाट तीन संस्थालाई सम्मानित गरिएको छ । सम्मानित हुनेमा ललितपुरको नेपाल यन्त्रशाला इनर्जी, स्याड्जाको खिलुङकालिका एग्रो फर्म र नवलपरासीको एमके पेपर मिल्स प्रालि रहेका छन् । यी संस्थाले अवार्डसहित प्रतिसंस्था २५ हजार रुपैयाँको पुरस्कार प्राप्त गरेका छन् । पुरस्कृतमध्ये नेपाल यन्त्रशाला इनर्जीले लामो समयदेखि नेपालमै टर्बाइनको अध्ययन अनुसन्धान र उत्पादन गरी भुटान, भारत, लाओस, बेलायतजस्ता देशमा निर्यात गर्दै आइरहेको छ । त्यस्तै खिलुङकालिका एग्रो फर्मले कुखुराको सुलीबाट बायोग्यासमार्फत राष्ट्रिय प्रसारण लाइनभन्दा बाहिर ३६० किलोवाट विद्युत् उत्पादन गरी दैनिक १० मेट्रिक टन जैविक मल उत्पादन गर्दे आएको छ । एमके पेपर मिल्स प्रालिले आफ्नै हातामा एक मेगावाट क्षमताको सौर्य विद्युत् प्रणाली जडान गरी नेपाल विद्युत् प्राधिकरणसँंग विद्युत् खरिद सम्झौता गरी कम्पनीमा विद्युत् आपूर्तिका साथै राष्ट्रिय प्रसारण लाइनमा विद्युत् आपूर्ति गरेको छ । यसरी सौर्य विद्युत् प्रणालीबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्ने यो नेपालको पहिलो कम्पनी हो । कार्यक्रममा केन्द्रका निर्वतमान कार्यकारी निर्देशक रामप्रसाद धिताललाई सम्मान गरिएको थियो । वार्षिकोत्सवको अवसरमा ३१ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य तथा वैकल्पिक ऊर्जा प्रवद्धर्न विकास समितिका उपाध्यक्ष डा. कृष्णप्रसाद ओलीले स्वच्छ ऊर्जाको विकल्प नभएकोले नवीरकणीय ऊर्जाका क्षेत्रमा थप अध्ययन र अनुसन्धान आवश्यक रहेको बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले नवीकरणीय ऊर्जाको क्षेत्रमा थप नीति नियम निर्माणमा सहजीकरणका साथै यस क्षेत्रमा स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्दै नविनतम प्रविधिको खोजी र स्थानीयकरण गर्न विशेष ध्यान दिनुपर्ने बताए ।