कारोबार संवाददाता
मंगलबार, माघ २९, २०७५
336

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सवैलाई दिगो र सुरक्षित ऊर्जाको पहुँच सुनिश्चित गराउन विश्व र क्षेत्रीय साझेदारी सहयोगको आवश्यकता रहेको बताएका छन् ।
भारतको नयाँदिल्लीमा भएको पेट्रो टेक–२०१९ को उद्घाटन समारोहमा उनले संयुक्त राष्ट्र संघको दिगो ऊर्जाका लक्ष्य (एसडीजी) हासिल गर्न यसको ज्ञान र प्रविधिको बाँडफाँड, लगानी वृद्धि, संलग्नता महत्वपूर्ण हुने बताए । नेपालको हरित र वैकल्पिक ऊर्जाको क्षेत्रमा लगानीका लागि विश्वका लगानीकर्तालाई उनले आह्वान गरेका छन ।
पेट्रो टेकका अवसरमा मन्त्री यादवले भारतीय पेट्रोलियम एन्ड प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानसँग पाइपलाइन परियोजना, पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन, प्राकृतिक ग्यास र ग्यास बुलेटलगायतका विषयमा छलफल गरेका थिए । सो अवसरमा मन्त्री यादवले बंगलादेशका प्रधानमन्त्रीका सल्लाहकारसँग दुई देशको व्यापारका विषयमा छलफल गरेका थिए । बंगलादेशमा नेपाली चिया, अदुवा, यार्न निर्यात गर्ने विषयमा छलफल भएको बताइएको छ ।