कारोबार संवाददाता
मंगलबार, चैत्र १२, २०७५
465

स्याङ्जा-

भारत–चीन जोड्ने मोटरेबल पुल भारत–चीन जोड्ने मोटरेबल पुल 
तीन वर्षमा कामसक्ने गरी सम्झौता गरेर काम थालिएको स्याङ्जाको कालिगण्डकी नदीका २ मोटरेबल पुल डिजाइन फेल हु“दा अलपत्र परेका छन् । चापाकोट–८ र रामपुर नगरपालिका–६ पाल्पा जोड्ने दामाचौर पुल तथा चापाकोट–९ र रामपुर–६ जोड्ने निर्दिमघाट पुल सडक विभागको पुल महाशाखाले तयार पारेको डिजाइन फेल हु“दा निर्माण प्रक्रिया साढे ७ वर्षसम्म अलपत्र परेको हो ।   पाल्पास्थित सडक विभागले सूचना प्रकाशन गरेर एकै दिन सम्झौता गरी निर्माण थालनी भएका मोटरेबल पुलको निर्माण महाशाखाको डिजाइन फेल भएपछि निर्माणमा समस्या देखिएको हो । सडक विभागको पुल महाशाखाले दामाचौर र निर्दिमघाट दुवै पुलको स्वाइल टेस्ट (माटो परीक्षण) र डिजाइन गर्ने जिम्मा बीडीए नेपाल प्रालिलाई दिएको थियो ।   २०६८ साल असार २६ गते एमएस इलाइट एसबीए जेभी कपन काठमाडांैले दामाचौर पुल र निर्दिमघाट पुल कन्काई-मिलिनियम-नेपाल प्रगति जेभीले ३ वर्षमा कामसक्ने गरी सम्झौता गरेको थियो । वेल फाउन्डेसन डिजाइनमा काम गर्ने गरी सडक डिभिजन कार्यालय पाल्पाबाट जिम्मा पाएका दुवै पुल निर्माण कम्पनीले पहिलो चरणमा दुई छेउका पिल्लर निर्माण पश्चात नदीको मध्यभागमा पिल्लर बनाउने क्रममा डिजाइनअनुसार निर्माणको काम अगाडि नबढेपछि ७ वर्षदेखि पुल बन्ने प्रक्रिया रोकिएको हो ।   महाशाखाले पुलको प्राविधिक परीक्षणका आधारमा डिजाइन गरेकोमा परीक्षण गरिएको ठाउ“मा डिजाइनअनुसारको पिल्लर निर्माण कम्पनीले बन्न नसक्ने अवस्था सडकलाई बताएपछि प्राविधिक परीक्षण गर्ने प्राविधिकप्रति औंला ठडिएको छ । दामाचौर पुलको छेउछेउका दुई पिल्लर बनेको छ भने निर्दिमघाट पुलका छेउका २ र नदी बीचको एक पिल्लर बनेको छ ।  डिजाइनअनुसार पिल्लर १५-१५ मिटर जमिनमुनि दब्नुपर्नेमा ५ मिटरभन्दा तल चट्टान भेटिएपछि निर्माण थालेको ६ महिना पश्चात काम गर्ने प्रक्रिया रोकिएको दामाचौर पुल निर्माण कम्पनी एमएस इलाइटका श्याम केसीले बताए । पहिलो चरणमा काम गरेर १० प्रतिशत काम सकेको बताउँदै केसीले नदीको बीचको जमिनमा चट्टान भेटिएपछि काम अगाडि बढाउन नसकेको बताए ।  साढे चार वर्ष पहिला काम सकेर सरकारलाई हस्तान्तरण गर्नुपर्नेमा काम नसकिँदा आफू चिन्तित भएको बताउँदै केसीले पुल निर्माणभन्दा पनि उम्किएर जान पाए राम्रो हुने सुनाए । रड, सिमेन्ट, गिटी, बालुवाजस्ता धेरै सामग्री बिग्रेर गएको बताउँदै केसीले पुल निर्माण पश्चात केही मुनाफा गर्ने सोच अन्त्य भएको बताए । दामाचौर पुल भ्याटबाहेक १५ करोड ६८ लाख १३ हजार २ सय ६६ रुपैया“मा निर्माण सक्ने गरी इलाइटले जिम्मा लिएको थियो । इलाइटले ६०-६० मिटरका तीन स्पाममा १ सय ८१ दशमलव ६९ मिटर लम्बाइ रहेको पुलमा ४ पिल्लर राख्ने गरी एकै पटक काम थालेको थियो । 
यस्तै १ सय ५० मिटर लामो, तीन स्पाममा ४ पिल्लरको डिजाइन भएको निर्दिमघाट पुल १२ करोड ४८ लाख रुपैया“मा पाल्पा सडकस“ग कन्काइ-मिलिनियम-नेपाल प्रगति जेभिले सम्झौता गरेर काम अगाडि बढाएको थियो । दुई छेउका पिल्लर र बीचको एक पिल्लर निर्माण पश्चात रोकिएको निर्दिमघाटको समस्या पनि दामाचौरको जस्तै छ ।  चौथो पिल्लर बनाउने क्रममा चट्टान भेटिएपछि निर्माण थालेको एक वर्ष पछाडि काम गर्न नसकेको निर्माण कम्पनीका यामबहादुर श्रेष्ठले बताए । निर्माणको जिम्मा पाएपश्चात सबै सामग्री तयार गरी काम थालेको बताउँदै श्रेष्ठले पुल निर्माणका लागि ल्याएका रड, सिमेन्टलगायतका सामग्री बिग्रेको बताए ।  निर्माणका लागि ल्याएका सामग्री बिग्रँदा लाखौं क्षति भएको बताउँदै श्रेष्ठले निर्माण भएका पिल्लरमा प्रयोग भएर बाहिर देखिएका रडसमेत खिया लागेको बताए । उनका अनुसार माटो परीक्षणको जिम्मा पाएको कन्सल्टेन्सी र इन्जिनियरले राम्रोस“ग काम नगर्दा आफूहरूले ठूलो क्षति बेहोर्न बाध्य भएका छौं । चाँडो नया“ डिजाइन सडकले उपलब्ध गराए एक वर्षमा पुल निर्माण गरेर सरकारलाई बुझाउन सकिने श्रेष्ठको दाबी छ ।  पुल निर्माण प्रक्रिया पुलको डिजाइनका क्रममा समस्या रहँदा साढे ७ वर्ष ढिलाइ भएको बताउँदै सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख केदार नेपालले पुलको पाइल फाउन्डेसनमा नया“ डिजाइन तयार भएको जानकारी दिए । मोटरेबल पुल नया“ डिजाइनमा काम गर्न १५ देखि २० प्रतिशत रकम थप्नु पर्ने बताउँदै नेपालले विभागले थप गर्ने रकमको टुंगो नलगाएसम्म पुल निर्माणको थालनी नहुने बताए ।  पुलको नया“ डिजाइन भएअनुसार नया“ टेन्डर प्रकाशन गरी नया“ निर्माण कम्पनीलाई दिएमा हालको मूल्य वृद्धिभन्दा दोब्बर खर्च लाग्ने देखिन्छ । बीडीए नेपाल प्रालिले गरेको प्राविधिक परीक्षण र डिजाइन फेल हुँदा राज्यले करोडौं क्षति बेहोरेको बताउँदै स्थानीय राजु कुमालले डिजाइन फेल गराउने जो कोही भए पनि सजायको भागिदार बन्नुपर्ने बताए । कालिगण्डकीका दुवै पुल भारतको सीमा नवलपरासी सुस्ता र चीन जोड्ने सबैभन्दा छोटो दूरीको भएको स्थायनीयको बुझाइ छ । पुल निर्माणले भारततर्फ स्याङ्जाको चापाकोट हुँदैं पाल्पाको रामपुर, मित्तेल, झिरुवास, नया“ बेलनी हुँदैं नवलपुरको अरुणखोला, सुस्ता जोडिने बताउँदै स्थानीयले ज्याग्दीखोला करिडोर हु“दै आ“धीखोला करिडोर, पर्वत, मुक्तिनाथ हुँदैं चीन पुगिने बताए । सडकले पुल निर्माण थालनी गरेर लामो समयसम्म काम नसक्दा यहा“का स्थानीय बासिन्दा विस्तापित भएर बुटवल, नारायणगढ बजारमा पुग्न थालेको स्थानीय राजन डोटेलले बताए । पुलको प्रयोगबाट स्थानीयस्तरमा उत्पादित नगदेबाली बुटवल, पोखरा, नारायणगढजस्ता बजार क्षेत्रमा लैजान सकिने बताउँदै डोटेलले पुल निर्माण नहुँदा स्थानीय मर्कामा परेको बताए । 
चापाकोट–८ र पाल्पा रामपुर–६ मा निर्माणाधीन भारत र चीन जोड्ने कालिगण्डकीमा बेबारिसे बनेको पुल । 

प्रकाश डोटेल