गोरखा भूकम्पबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकमा १० प्रतिशत पीडितले अझै आवास निर्माण गर्न सकेका छैनन् ।
कामदारको अभाव, निर्माण सामग्रीमा अत्यधिक मूल्यवृद्धि र गुनासोमा परेका पीडितको निर्णय भई आउन समय लागेको छ । जिल्लामा भूकम्प पीडित लाभग्राही सूचीमा ७८ हजार ५३७ परिवार थिए । गुनासोमा दर्ता भएर निर्णय भइसकेका समेत ८५ हजार ४६३ लाभग्राहीसँग आवास निर्माणको सम्झौता भइसकेको छ ।
जिल्लामा हालसम्म दोस्रो किस्ताका लागि ७० हजार ९१२ र तेस्रो किस्ताका लागि ३० हजार २९० परिवारको सिफारिश गरिएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका निमित्त प्रमुख इञ्जिनीयर टंक गौतमले जानकारी दिए । उहाँका अनुसार कुल लाभग्राहीमध्ये ९७.९० प्रतिशतले सम्झौता गरिसकेका छन् । त्यसैगरी दोस्रो किस्ता ८६ प्रतिशत र तेस्रो किस्ता ३७ प्रतिशतले मात्र गरेका छन् । दोस्रो किस्ताका लागि यही असार मसान्त र तेस्रो किस्ताका लागि आगामी पुस मसान्तभित्र सिफारिश गरिसक्नुपर्ने राष्ट्रिय पुनःनिर्माण प्रधिकरणले जनाएको छ ।