कारोबार संवाददाता
शुक्रवार, असार २२, २०७५
482

बिर्तामोड-सात करोड ७७ लाख ९२ हजार २७३ रुपैयाँको लागतमा झापाका विभिन्न खोलामा २१ वटा झोलुंगे पुल निर्माण भएका छन् ।
झापामा सामुदायिक झोलुंगे पुल क्षेत्रगत कार्यक्रम लागू भएसँगै सात करोड ७७ लाख ९२ हजार २७३ रुपैयाँको लागतमा झापाका विभिन्न खोलामा २१ वटा झोलुंगे पुल निर्माण भएको सहारा नेपालका सामुदायिक झोलुंगे पुल क्षेत्रगत कार्यक्रमका निर्देशक लीलाप्रसाद नेपालले बताए ।

नेपाल सरकारको क्षेत्रगत कार्यक्रम स्वापअन्तर्गतको केन्द्रीय अनुदान ९२ प्रतिशत, तत्कालीन जिल्ला विकास समितिको ३ प्रतिशत, गाविसको ३ प्रतिशत र उपभोक्ताको २ प्रतिशत गरी शतप्रतिशत लागतमा झापाका विभिन्न खोलामा २१ वटा झोलुंगे पुल निर्माण भएको निर्देशक नेपालले बताए ।
ग्रामीण क्षेत्रका सर्वसाधारणको सामाजिक तथा आर्थिक स्रोत एवं अवसरमा पहुँच बढाउँदै गरिबी निवारणमा टेवा पुराउने उद्देश्यले झापाका विभिन्न खोलामा २१ वटा झोलुंगे पुल निर्माण भएको जिल्ला प्राविधिक कार्यालय झापाका प्रमुख इञ्जिनियर सुशील श्रेष्ठले बताए । झोलुंगे पुलको प्राविधिक सहयोग तथा सामाजिक सहयोग तत्कालीन जिविस झापाको सहयोग संस्थाको रुपमा गैरसरकारी संस्था सहारा नेपालले गर्दै आएको र झोलुंगे पुल निर्माणको अनुगमन, निर्देशन, आवश्यक प्राविधिक सहयोग जिविस तथा टीबीएसयू बर्दिबासबाट हुँदै आएको सहारा नेपालका सामुदायिक झोलुंगे पुल क्षेत्रगत कार्यक्रमका निर्देशक नेपालले बताए । आव ०७०/७१ मा झापाको हल्दिबारी–१ गोल्धाप र बाह्रदशी–५ चकचकीमा अधेरे खोलामा फोक्लेण्ड टापु ट्रष्ट ब्रिज निर्माण भएको नेपालले बताए । १७ लाख १६ हजार ८१८ रुपैयाँ ७६ पैसाको लागतमा ३२ मिटर लम्बाइको सो झोलुंगे पुल निर्माणसँगै ८३ घरधुरी प्रत्यक्ष लाभान्वित भएको नेपालको भनाइ छ ।
१२ लाख ७१ हजार ८८५ रुपैयाँको लागतमा निर्माण भएको २४ मिटर लम्बाइको सो झोलुंगे पुल निर्माणसँगै १९० घरधुरी लाभान्वित हुने नेपालले बताए । झापाको बिर्तामोड–१० र गरामनी–१० जोड्ने धरधरे खोलामा धरधरे ट्रष्ट ब्रिज निर्माण भएको छ । १० लाख १५ हजार आठ रुपैयाँ २९ पैसाको लागतमा निर्माण भएको १६ मिटर लम्बाइकोे सो झोलुंगे पुल निर्माणसँगै १३५ परिवार प्रत्यक्ष लाभान्वित भएका छन् ।
यसैगरी १५ लाख ६२ हजार ७१ रुपैयाँ ५६ पैसाको लागतमा निर्माण भएको २८ मिटर लम्बाइको सो झोलुंगे पुल निर्माणसँगै २६७ परिवार लाभान्वित भएका छन् । ०७०/७१ मा चारवटा झोलुंगे पुल निर्माणका लागि ५५ लाख २९ हजार ७८३ रुपैयाँ ६१ पैसा खर्च भएको थियो ।
तोपगाछी–९ र तोपगाछी–२ जोड्ने ढ्यांग्री खोलमा ढ्यांग्री ट्रष्ट ब्रिज निर्माण गरिएको सहारा नेपालका सामुदायिक झोलुंगे पुल क्षेत्रगत कार्यक्रमका निर्देशक लीलाप्रसाद नेपालले बताए । १७ लाख ३३ हजार १७४ रुपैयाँको लागतमा निर्माण गरिएको २८ मिटर लामो झोलुंगे पुल निर्माण भएसँगै २१३ घरपरिवार प्रत्यक्ष लाभान्वित भएको नेपालले बताए ।
जलथल–३ मा काजली खोलामा चौकीविरान टे«ल ब्रिज निर्माण भएको सहारा नेपालका सामुदायिक झोलुंगे पुल निर्माण भएको छ । ५७ लाख ९३ हजार ६३ रुपैयाँ ७२ रुपैयाँको लागतमा निर्माण गरिएको एक सय सात मिटर लामो झोलुंगे पुल निर्माण भएसँगै १५० परिवार लाभान्वित भएका छन् । आव ०७४/७५मा झापा गाउँपालिका–१ को सानोमाईसहित हल्दिबारी–१ र बाह्रदशी–५ को अन्धुवा खोला सापडिग्री खोलामा मुक्तिघाट मल्टिट्रष्ट ब्रिज निर्माण गरिएको छ । गौरीगञ्ज गाउँपालिकाको महाभारा र बैगुन्धुरा जोड्ने कमल खोलामा पनि चाँदनी–कुञ्जीबारी ट्रष्ट ब्रिज निर्माण भएको छ ।