इलेप खोला जलविद्युत् आयोजनाको पीपीए
कारोबार संवाददाता
बुधवार, असार २७, २०७५
244

धादिङको रुवीभ्याली गाउँपालिकामा निर्माण हुने २३.६ मेगावाटको इलेप (तातोपानी) खोला जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको छ ।धादिङको रुवीभ्याली गाउँपालिकामा निर्माण हुने २३.६ मेगावाटको इलेप (तातोपानी) खोला जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको छ ।नेपाल विद्युत् प्राधिकरणले आयोजनाबाट उत्पादित ऊर्जा सुख्खायाम र वर्षा याममा प्रतियुनिट क्रमशः ८.४० र ४.८० रुपैयाँमा खरिद गर्ने गरी सोमबार पीपीए भएको हो ।
विद्युत् प्राधिकरणका तर्फबाट योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंहले र आयोजनाका तर्फबाट प्रवद्र्धक जलशक्ति हाइड्रो कम्पनी प्रालिका अध्यक्ष तिलक लामाले पीपीएमा हस्ताक्षर गरेका हुन् । आयोजनाले वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्यवृद्धि (स्कालेसन) पाउने छ । आयोजनाबाट वार्षिक रूपमा १४ करोड ४८ लाख युनिट ऊर्जा उत्पादन हुने कम्पनीले जनाएको छ । एक वर्षभित्रमा वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) गरी आयोजनाको निर्माण सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको कम्पनीका अध्यक्ष लामाले बताए ।
उनले तीन वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको जानकारी दिए । पीपीएअनुसार, आयोजनाले व्यापारिक रूपमा विद्युत् उत्पादन गर्नुपर्ने मिति डिसेम्बर २०२४ छ । निर्माण अवधिको ब्याजसहित आयोजनाको कुल अनुमानित लागत चार अर्ब ४७ करोड २९ लाख रुपैयाँ छ । अहिले आयोजनास्थलसम्म पुग्ने पहुँच सडक बनाउने लगायतका निर्माण पूर्वका काम भइरहेको कम्पनीका अध्यक्ष लामाले बताए । उत्पादित विद्युत् ३२ किलोमिटर प्रसारणलाइन आयोजनाले नै निर्माण गरी नुवाकोटस्थित त्रिशूली ३ बी हब सबस्टेसनमा जोडिने कम्पनीले जनाएको छ ।