रासस
बिहिवार, मंसिर २०, २०७५

सात सय ५३ स्थानीय तहलाई समृद्ध बनाउन नसक्दासम्म समृद्ध राष्ट्र निर्माण गर्ने सपना पूरा नहुने बताइएको छ ।

284
कारोबार संवाददाता
बिहिवार, मंसिर २०, २०७५

सडक सञ्जालसँग नजोडिएको अत्यन्तै विकट गाउँपालिका पर्ने बारेकोटमा स्थानीय सरकारले हेलिप्याड निर्माण गरेको छ । जुम्लाको सिमानासँग जोडिएको बारेकोट गाउँपालिकाका ९ वटा वडामा हेलिप्याड निर्माण गरिएको हो । १८ लाख रुपैयाँ खर्चेर प्रत्येक वडाको बीचमा पर्ने गरी हेलिप्याड निर्माण भएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।

203
कारोबार संवाददाता
बुधवार, मंसिर १९, २०७५

नेपाल र बंगलादेशबीच लगानीयोग्य सम्भावित जलविद्युत् आयोजनाको पहिचान तथा प्रसारण लाइनको सम्भावनाबारे अध्ययनका लागि दुई संयुक्त समिति गठन हुने भएको छ । ऊर्जाका क्षेत्रमा सहकार्यका लागि गठित संयन्त्रको काठमाडौंमा भएको पहिलो बैठकले दुई देशका प्रतिनिधि रहने उत्पादन र प्रशारणतर्फ दुई संयुक्त प्राविधिक समिति गठन गरेको हो ।

332
कारोबार संवाददाता
मंगलबार, मंसिर १८, २०७५

जिल्लाको पश्चिम ताराखोला गाउँपालिकामा निर्माणाधीन ३८० किलोवाटको ताराखोला साना जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । १८ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको आयोजनाको ८५ प्रतिशत काम पूरा भएको आयोजनाका इन्जिनियर दिलबहादुर थापाले बताए ।

521
कारोबार संवाददाता
मंगलबार, मंसिर १८, २०७५

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले समयमै काम सम्पन्न गर्ने गरी स्पष्ट खाका नबुझाए ठेक्का तोड्ने चेतावनी दिएका छन् । सोमबार मन्त्रालयमा परामर्शदाता कम्पनी तथा काममा ढिलाइ गरिरहेको हाइड्रो मेकानिकलको ठेकेदार कम्पनी टेक्सम्याको रेलवे इन्जिनियरिङका प्रतिनिधिसँगको छलफलमा यस्तो चेतावनी दिएका हुन् ।

538
रासस
मंगलबार, मंसिर १८, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले विनाशकारी भूकम्पबाट पाठ सिक्दै नेपालले विपद् जोखिम व्यवस्थापनको पूर्व तयारीमा राष्ट्रिय नीतिका साथ काम गरिरहेको बताएका छन् । विपद् व्यवस्थापनसम्बन्धी एसिया प्रशान्त क्षेत्रीय परामर्श समिति (आरसिसी) को १४औं बैठकको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वि.सं २०७२ को विनाशकारी भूकम्पपछि तत्काल राहत र पुनःस्थापनाका साथै पुनर्निर्माणका लागि काम अहिले पनि जारी रहेको बताए ।

293
भीम गौतम
मंगलबार, मंसिर १८, २०७५

डेढ वर्षअघि २२० केभीको कोसी कोरिडोर प्रसारण लाइनको लागि वन क्षेत्रमा कटान गर्नुपर्ने रुखहरूको नम्बरिङ गरिए पनि अहिले फेरि नम्बरिङ गर्न थालिएको छ । सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभाका वन क्षेत्रमा कटान गर्नुपर्ने करिब ९ हजार रुखमध्ये अधिकांशको नम्बरिङ मेटिएपछि फेरि यस्तो अवस्था आएको हो ।

415
कारोबार संवाददाता
सोमवार, मंसिर १७, २०७५

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्थानीय तहबाट सिफारिस भएका भूकम्प पीडितहरुलाई लाभग्राही कायम गरी निजी आवास पुनर्निर्माणका लागि अनुदान उपलब्ध गराउने बताएका छन् ।

401
कारोबार संवाददाता
सोमवार, मंसिर १७, २०७५

पुष्पलाल (मध्यपहाडी) लोकमार्गको अछाम खण्डको काम अन्तिम चरणमा पुगेको छ ।

754
कारोबार संवाददाता
सोमवार, मंसिर १७, २०७५

संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले उपत्यकावासीलाई विश्व स्वास्थ्य संगठनको स्तरअनुसार पानी उपलब्ध गराउन खानेपानी मन्त्रालयलाई निर्देशन दिएको छ ।

322
लक्ष्मीप्रसाद सापकोटा
सोमवार, मंसिर १७, २०७५

एक हजार मेघावाट विद्युत्, सिँचाइ र जलयातायात समेत सञ्चालन गर्न सकिने जलाशययुक्त कालिगण्डकी बहुद्देश्यीय परियोजनाको विस्तृत सम्भाब्यता अध्ययन सुरु भएको छ ।

356
भीम गौतम
सोमवार, मंसिर १७, २०७५

नेपाल विद्युत् प्राधिकरणले आगामी पाँच वर्षभित्र ६ खर्ब ३७ अर्ब रुपैयाँ बराबर लगानी गर्नेगरी ‘कर्पोरेट योजना’ तयार पारेको छ । जलविद्युत् उत्पादन, वितरण र प्रशारणका लागि पाँच वर्षभित्र यति धेरै रकम लगानी गर्ने गरी कर्पोरेट योजना तयार पारेको हो । कुल रकममध्ये २ खर्ब सरकार र प्राधिकरण तथा बाँकी दातृ निकाय र अन्य स्वदेशी वित्तिय संस्थामार्फत लगानी गर्ने योजनामा उल्लेख छ ।

499
भीम गौतम
सोमवार, मंसिर १७, २०७५

नेपाल र बंगलादेशबीच ऊर्जाका क्षेत्रमा सहकार्यका लागि गठित संयन्त्रको काठमाण्डौमा हुन लागेको पहिलो बैठकमा पाँच एजेण्डाबारे छलफल हुने भएको छ । सोमबार (आज) हुने संयन्त्रअन्तर्गत सहसचिवस्तरको प्राविधिक कार्यगत समूह र मंगलबार हुने सचिवस्तरीय संयुक्त कार्यकारिणी (स्टेलिङ) सहसचिवस्तरीय बैठकमा पाँच एजेण्डाबारे छलफल हुन लागेको हो ।

396
प्रगति ढकाल
आइतवार, मंसिर १६, २०७५

संयुक्त राष्ट्रसंघीय प्रारुप महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रबीच डिसेम्बर २ देखि १४ सम्म पोल्यान्डमा हुन गइरहेको २४औं अन्तर्राष्ट्रिय सम्मेलन (कोप ट्वान्टी फो) मा भाग राष्ट्रपति विद्यादेवी भण्डारी पोल्यान्ड प्रस्थान गरेकी छन् । सम्मेलनको उच्चस्तरीय बैठकमा सम्बोधन गर्दै नेपालको तर्फबाट जलवायुका मुद्दामा धारणा राख्न उनी पोल्यान्ड प्रस्थान गरेकी हुन् ।

337
कारोबार संवाददाता
आइतवार, मंसिर १६, २०७५

विनासकारी भूकम्पको झण्डै ४४ महिनापछि हिमाली गाउँ सेलाङमा रहेका विस्थापितका लागि एकीकृत बस्ती निर्माण प्रक्रिया सुरु गरिएको छ । अक्सफामको सहयोगमा सामाजिक संस्था जनहित ग्रामीण सेवा समितिले विस्थापितका लागि एकीकृत बस्ती बनाउने प्रक्रिया सुरु गरेको हो । पहिलो चरणमा सेलाङस्थित सेपगाउँका १९ परिवारका लागि आवास निर्माण गरिनेछ ।

335