रासस
मंगलबार, श्रावण २२, २०७५

भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना (बिबिडिएमपी)को सुरुङमार्ग निर्माण तोकिएकै अवधिमा सम्पन्न हुने सम्भावना बढेको छ । निर्माणका क्रममा विशेष प्रविधियुक्त टनेल बोरिङ मेशिन (टिबीएम) रेडजोन (खतरा क्षेत्र) पार गरेर अघि बढेपछि निर्माण अवधिमै सम्पन्न हुने भएको हो ।

1359
कारोबार संवाददाता
मंगलबार, श्रावण २२, २०७५

बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाको मूल नहर परीक्षणकै क्रममा दुई पटक भत्किएको विषयमा सरकार र निर्माण कम्पनीबीच विवाद चुलिएपछि आयोजनाले विज्ञप्ति जारी गरेर आफ्नो भनाइ सार्वजनिक गरेको छ ।

465
विजय देवकोटा
मंगलबार, श्रावण २२, २०७५

सरकारले सुदूरपश्चिम क्षेत्रको विकासका लागि जिम्मेवारी र अधिकारसहित गठन गरेको सुदूरपश्चिम विकास आयोगलाई खारेज गर्ने निष्कर्षमा पुगेको छ । डोटीको दिपायलस्थित कार्यालयका कर्मचारीले सबै कागजात र सम्पत्ति जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गर्ने क्रममा रहेको प्रदेश नम्बर ७ को आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ ।

280
कारोबार संवाददाता
मंगलबार, श्रावण २२, २०७५

सरकारले अब कुनै पनि आयोजनाले वन क्षेत्रलाई सट्टा जग्गावापत रकम उपलब्ध गराउने नीति ल्याउँदै छ । वन तथा वातावरण मन्त्रालयले आयोजनाहरूलाई सट्टाजग्गा उपलब्ध गराउन कठिन भएको र आयोजनासँग प्राविधिक ज्ञान नभएका कारण वृक्षरोपण गरिएका बिरुवाको पनि स्याहार नभएको भन्दै सट्टा जग्गा दिनुपर्ने प्रावधान हटाउन कार्यविधि ल्याउने तयारी गरेको हो ।

501
कारोबार संवाददाता
सोमवार, श्रावण २१, २०७५

नेपाल विद्युत् प्राधिकरणले बनाइरहेको नेपालकै पहिलो भूमिगत विद्युत् प्रसारणलाइनको निर्माण कार्य ४८ प्रतिशत पूरा भएको छ । त्रिशूली–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनको मातातीर्थमा १ हजार ३ सय ९ मिटर भूमिगत लाइन बनाउनुपर्नेमा त्यसको ४८ प्रतिशत अर्थात् ६३० मिटरको काम सकिएको हो । भूमिगत रूपमा २४ वटा तार राख्न मिल्ने गरी संरचना बनिरहेको प्राधिकरणले जनाएको छ ।

556
भीम गौतम
सोमवार, श्रावण २१, २०७५

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले घोषणा गरेको जनताको जलविद्युत् आयोजना कार्यक्रमअन्तर्गत १९ आयोजनामा १ खर्ब २ अर्ब २८ करोड रुपैयाँ बराबरको जनतालाई सेयर दिने गरी योजना तयार भएको छ ।

3584
प्रगति ढकाल
आइतवार, श्रावण २०, २०७५

भू–माफियाले वनको जग्गामा रजाइँ चलाइरहेका छन् । समयमै अतिक्रमण नियन्त्रणको काम अगाडि बढ्न नसक्दा वनको जग्गामा भू–माफियाले रजाइँ चलाएका हुन् ।

716
कारोबार संवाददाता
आइतवार, श्रावण २०, २०७५

एसियाली विकास बैंक (एडीबी) को सहयोगमा निर्माण भइरहेका ऊर्जाका आयोजनामा प्रगति न्यून देखिएको छ ।

364
भीम गौतम
आइतवार, श्रावण २०, २०७५

नवीकरणीय ऊर्जाका विभिन्न प्रविधिमार्फत मात्र नेपालमा ३६ लाखभन्दा बढी घरधुरीमा ऊर्जाको पहुँच पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत मात्र २४ वर्षको अवधिमा लघु तथा साना जलविद्युत्, सौर्य (सोलार) ऊर्जा, बायोग्यास, सुधारिएको चुल्हो, वायु ऊर्जा, सुधारिएको पानी घट्ट लगायतका नवीकरणीय ऊर्जामार्फत यति धेरैलाई ऊर्जाको पहुँच पुगेको हो ।

462
हरिश चन्द
बिहिवार, श्रावण १७, २०७५

नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराले १२ सय बढी पोल वितरण गरेको छ । आर्थिक बर्ष २०७४ र ०७५ को ग्रामिण बिद्युती करण अन्तर्गत पाँच करोड ६० लाख बजेट बाट १२ सय देखि १३ सय पोल वितरण गरेको जनाएको छ । आवश्यकता अनुसार गत बर्ष बिजुलीका पोल बाँडिएको प्राधिकरण डडेल्धुराले जनाएको हो ।

136
सरस्वती ढकाल
शुक्रवार, श्रावण १८, २०७५

छिमेकी मुलुक चीनबाट नेपाल भित्रने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता अरु देशको तुलनामा बढी छ । गत आर्थिक वर्ष (२०७४-७५) र अघिल्लो आर्थिक वर्ष (२०७३-७४)मा नेपालमा कुल ५७ वटा देशबाट लगानीको प्रतिबद्धता आएकोमा चीनको मात्रै ५५ अर्ब रुपैयाँभन्दा धेरै छ ।

1207
कारोबार संवाददाता
शुक्रवार, श्रावण १८, २०७५

एसियाली विकास बैंक (एडीबी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा मेलम्ची खानेपानी आयोजनामा भइरहेको ढिलाइमा हस्तक्षेप गर्न सरकारसँग आग्रह गरेको छ । एडीबीले ती आयोजनाको प्रगति निकै सुस्त भएको भन्दै हस्तक्षेप गर्न सरकारसँग आग्रह गरेको हो ।

323
भीम गौतम
बिहिवार, श्रावण १७, २०७५

नेपालमै पहिलोपटक भित्र्याइएको टनेल बोरिङ मेसिन (टीबीएम) प्रविधिले सबैभन्दा संवेदशनशील क्षेत्र पार गरेको छ । भेरी बबई आयोजनाको सुरुङ निर्माणका क्रममा मेसिनले यो क्षेत्र पूरा गरेको हो ।

4052
कारोबार संवाददाता
बुधवार, श्रावण १६, २०७५

म्याग्दी र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि सञ्चालित प्रसारणलाइन र सबस्टेसन निर्माणको ६० प्रतिशत काम सकिएको छ ।

276
भीम गौतम
बुधवार, श्रावण १६, २०७५

सरकारले सन् २०४० भित्र ६ खर्ब ३७ करोड रुपैयाँ लागतमा ६ हजार ८ सय ३७ किलोमिटर बनाउने महत्वकांक्षी गुरुयोजना अघि सारेको छ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले तयार पारेको नेपालको प्रसारण प्रणाली विकासबारेको गुरुयोजनामा ५ क्षेत्र बनाएर १ सय ११ प्रसारण लाइन आयोजना अघि बढाउने गरी गुरुयोजना अघि सारेको हो ।

839