रासस
आइतवार, माघ २७, २०७५

भिशाखापट्नम बन्दरगाहमा मालवस्तु परिवहन विद्युतीय ट्रेकिङ प्रणाली (इसिटिएस) प्रक्रियाअन्तर्गत कन्टेनर पारवहनको परीक्षण सकारात्मक भएपछि आउँदो फागुन ३ गतेदेखि कन्टेनर पारवाहन हुने भएको छ ।

339
रासस
आइतवार, माघ २७, २०७५

माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजनाको आज नुवाकोटको किस्पाङ गाउँपालिकाको पैरेबेँसीमा शिलान्यास भएको छ । नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड ९नेपाल टेलिकम०को मुख्य लगानीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले शिलान्यास गर्नुभएको हो ।

268
मकरराज धामी
आइतवार, माघ २७, २०७५

लामो समयदेखि बन्द अवस्थामा रहेको देवल विमानस्थलको कालोपत्रे गर्ने कामको सुरु भएको छ । बझाङवासीको पटक–पटकको दबाबपछि नागरिक उड्डयन प्राधिकरणले गएको साउन महिनामा विमानस्थल कालोपत्रे गर्नका लागि टेन्डर आह्वान गरेको थियो । करिब ५ करोड ५० लाखको लागतमा १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी अमर कन्स्ट्रक्सनले विमानस्थललाई कालोपत्रे गर्ने जिम्मा पाएको छ । अहिले विमानस्थलको वरिपरि नाली निमार्णको काम भइरहेको छ भने सँगसँगै पिचको काम पनि भइरहेको छ । २०३५ सालमा निर्माण भएको विमानस्थलको स्तरोन्ति हुन नसक्दा जहाज उडन भर्न सकेका थिएनन् ।

335
कारोबार संवाददाता
आइतवार, माघ २७, २०७५

तमोर नदीको किनारैकिनार निर्माणाधीन कोसी करिडोरको निर्माणकार्य २२ प्रतिशत सम्पन्न भएको छ । यो सडक निर्माण सम्पन्न भएसँगै पाँचथर र तेह्रथुमको सिमाना भई बग्ने तमोर नदीको किनारैकिनार अब सिधा सडक सञ्जालबाट तराई जोडिने भएको छ ।

324
हरिश चन्द
आइतवार, माघ २७, २०७५

डडेल्धुराको सदरमुकाममा साना सहरी खानेपानी योजनाको काम तीव्र गतिमा भइरहेको छ । ३० करोड ६२ लाख लागतमा निर्माण भइरहेको योजना निर्माणकार्य २०१८ जनवरीदेखि सञ्चालन गरिएको अमरगढी साना आयोजनाले जनाएको छ । आयोजनाले २०१९ जुलाइभित्र निर्माणकार्य सकिने जनाएको छ ।

298
कारोबार संवाददाता
आइतवार, माघ २७, २०७५

जाजरकोटको नलगाड नगरपालिका–७ दानीपिपलमा ४०० सय केभी प्रसारण लाइनको सबस्टेसन बन्ने भएको छ ।

258
भीम गौतम
आइतवार, माघ २७, २०७५

सरकारले विदेशी लगानीमा निर्माण हुने ठूला आयोजनाहरूको लागि १० वर्षसम्मका लागि विदेशी मुद्राको जोखिम अन्त्य गर्न हेजिङको व्यवस्था गरेको छ ।

860
कारोबार संवाददाता
शुक्रवार, माघ २५, २०७५

नागार्जुन नगरपालिकामा एक हजार ३५५ घर पुनःनिर्माण भएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति भएका पाँच हजार भन्दा बढी घरमध्ये उक्त घर पुनःनिर्माण गरिएको हो । नगरपालिकाका प्रवक्ता थुमराज केसीले भूकम्पले क्षति पुर्याएका पाँच हजार घरमध्ये चार हजार १०६ घरपरिवारले पहिलो किस्ता र झण्डै दुई हजार परिवारले दोस्रो किस्ता लिएको जानकारी दिए । 

331
कारोबार संवाददाता
शुक्रवार, माघ २५, २०७५

विकास साझेदारहरुले सहायता रकम राष्ट्रिय बजेट प्रणाली वाहिर गएर खर्च गर्न थाले पछि सरकारले अंकुश लाउने तयारी गरेको छ ।

683
कारोबार संवाददाता
शुक्रवार, माघ २५, २०७५

सरकारले मेची महाकाली विदयुतीय रेलमार्गमा परेका जग्गाको मुआब्जा तोकेको छ । मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम संचारमन्त्री गोकुल बास्कोटाले मेची–महाकाली विद्युतीय रेलमार्गमा पूरै जग्गा परेका जग्गाधनीहरुलाई ७५ प्रतिशत, सोभन्दा कम जग्गा परेकालाई ६६ प्रतिशत र घर, टहरा, पर्खाल आदिका हकमा जिल्लाको दररेट अनुसर क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरेको जानकारी दिए ।

1224
कारोबार संवाददाता
शुक्रवार, माघ २५, २०७५

सोलुखुम्बुमा निर्माणाधीन २३.५ मेगावाटको सोलु जलविद्युत्को प्रवद्र्धक अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले ३३ करोड ७ लाख ५० हजार बराबरको सेयर सर्वसाधारणका लागि जारी गर्ने भएको छ ।

889
हरिश चन्द
शुक्रवार, माघ २५, २०७५

जिल्लाको भगेश्वरअजयमेरु गाउँपालिका जोड्ने पुल पुनः निर्माण हुन सकेको छैन । भागेश्वर गाउँपालिका–४ डुङ्रीदेखि अजयमेरु गाउँपालिकाको–५ देवल दिव्यपुर जोड्ने सडक खण्डको सेरागाडमा निर्माणाधीन मोटरेबल पुल निर्माणकार्यमा सुस्त हुँदा स्थानीय आक्रोशित भएका छन् । पुल वर्षाका कारण गत साउनमा भत्किएको थियो । साउनमा पुल भत्किए पनि हालसम्म सामान्य काम पनि नसकिएको स्थानीयले बताएका छन् । पुल निर्माणका लागि २०७२ भदौ २४ गते बिकोई बिल्डर्स प्रालिसँग ठेक्का सम्झौता भएको डिभिजन सडक कार्यालय कुलपाते दिपायलले जानकारी दिएको छ ।

297
प्रगति ढकाल
शुक्रवार, माघ २५, २०७५

मेलम्ची खानेपनी आयोजना निर्माणको जिम्मेवारी पाएको इटालियन ठेकेदार कम्पनी (सीएमसी)लाई सम्झौता खारेजीको पत्र दिइएको छ । मेलम्ची खानेपानी विकास समितिले बिहीबार सीएमसीलाई खारेजीको पत्र पठाएको हो ।

341
अनुपमा खनाल
शुक्रवार, माघ २५, २०७५

एक सातादेखिको हिमपातले लाप्राकको गुप्सीपाखामा एकीकृत नमुना बस्ती निर्माण नै रोकिएको छ । धार्चे गाउँपालिका ४ लाप्राकको गुप्सीपाखामा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भूकम्पपीडित लाप्राकवासीको लागि बनाउँदै गरेको ५ सय ७३ घरको निर्माण कार्य रोकिएको हो ।

468
अनुपमा खनाल
बिहिवार, माघ २४, २०७५

एघारकिलो–छेपेटार–भालुस्वाँरा सडक आयोजना कार्यालयले गोरखा–बारपाक सडक कालोपत्रे गर्न विभिन्न चार ठेकेदार कम्पनीलाई जिम्मा दिएको छ । तर ठेकेदार कम्पनीले समयमा नै काम नगर्दा हालसम्म समग्रमा ५० प्रतिशतमात्रै काम सकिएको एघारकिलो–छेपेटार–भालुस्वाँरा सडक आयोजना कार्यालयका प्रमुख रवीन्द्रलाल दासले बताए ।

317