कारोबार संवाददाता
मंगलबार, चैत्र २०, २०७४

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जलविद्युत् क्षेत्रमा लगानी गरेको रकम नउठेसम्म कर छुट गर्ने घोषणा गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (ईपान) ले आइतबार सुर्खेतमा आयोजना गरेको ‘कर्णालीको समृद्धिका लागि जलविद्युत्’ विषयक छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीमा लगानी भित्र्याउन यस्तो गर्ने बताएका हुन् ।

909
भगवान खनाल
मंगलबार, चैत्र २०, २०७४

क्षेत्रफलमा सानो मुलुक नेपालका भूगोल टाढा बनाइएका छन् । यदि भूगोललाई टाढा भन्ने हो भने सात समुद्रपारीको अमेरिका जानेको झुत्तो छ । काठमाडौंसँगको दूरीमा प्रदेश नम्बर ७ को दार्चुला केही सय किलोमिटर दूरीमा हुँदैमा त्यो भूगोल टाढा हुँदैन । संसारका जुनसुकै भूगोलमा पनि प्राणीको बसोबास छ । जीवन छ । सुनिन्छ, विदेशतिर मरुभूमिमा पनि विकास भएको छ ।

1635
भीम गौतम
मंगलबार, चैत्र २०, २०७४

कानुनतः उत्पादन अनुमतिपत्र (लाइसेन्स) नलिइ जलविद्युत् आयोजनाको शिलान्यास गर्न पाइँदैन । तर, ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत्को शिलान्यास भने उत्पादन अनुमतिपत्रविनै हुने भएको छ ।

1279
कारोबार संवाददाता
सोमवार, चैत्र १९, २०७४

काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट अर्थात् फ्रि वाइफाइ सेवा दिने भएको छ । महानगरपालिकाले काठमाडौंको हनुमानढोका दरबार क्षेत्र, पशुपतिनाथ क्षेत्र, स्वयम्भू, बौद्ध, वसन्तपुर र शंखपार्कमा फ्रि वाइफाइ सेवा दिने भएको हो । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंक कम्युनिकेसनले २ महिनाभित्र तोकिएका स्थानमा निःशुल्क वाइफाइ जडान गर्ने छ ।

781
कारोबार संवाददाता
सोमवार, चैत्र १९, २०७४

दार्चुलाको सबैभन्दा बढी बजेट फिर्ता जाने आयोजनाको रूपमा परिचित दार्चुला–तिंकर सडकको भौतिक प्रगति न्यून छ । आयोजनाको नाम चालू आवबाट महाकाली करिडोर भए पनि भौतिक प्रगति शून्य हुँदा विकासमा उत्साह नल्याएको स्थानीय बताउँछन् ।

518
भीम गौतम
सोमवार, चैत्र १९, २०७४

सामान्यता ड्रिलिङ र ब्लास्टिङ प्रविधिले दैनिक तीन मिटरमात्र सुरुङ खनिन्छ तर शुक्रबारमात्र एकै दिन भेरी बबई डाइभर्सन बहुउद्देश्यीय सिँचाइ आयोजनाको ३९.१ मिटर सुरुङ खनियो । विशेषतः जलविद्युत्, सिँचाइ र खानेपानीका ठूला आयोजनाहरूमा सुरुङ निर्माण सबैभन्दा ठूलो समस्याको रूपमा रहेको र यसकै कारण आयोजनामा लागत र समय दोब्बर लागिरहेको बेला भेरी बबईमा भने एकै दिन यतिधेरै सुरुङ खनिएको हो ।

4291
रासस
सोमवार, चैत्र १९, २०७४

महाकाली नदीमा पुल निर्माणको कामले तीव्रता पाएको छ । पुल निर्माणका लागि दुई साताअघि इटलीबाट रु आठ करोडको हाइड्रोलिक पाइल रिग मेशिन निर्माणस्थलमा ल्याइपु¥याइएको छ । उक्त मेशिन ल्याइएसँगै पुल निर्माणको कामले गति लिएको हो ।

905
दीननाथ बराल
आइतवार, चैत्र १८, २०७४

क्षेत्रफलका हिसाबले देशकै सबैभन्दा ठूलो खेल मैदान पोखरा रंगशालामा करिब १० करोडको लागतका खेल पूर्वाधार निर्माण सुरु भएको छ । ४१७ रोपनी क्षेत्रफलमा फैलिएको पोखरा रंगशालामा हाल ३ करोड ४५ लाखको लागतमा लन टेनिस कोर्टसहितको भौतिक पूर्वाधार, २ करोड ५० लाखको लागतमा स्क्वास खेलको कोर्टसहितको प्रशिक्षण केन्द्र र ३ करोड ५४ लाखको लागतमा ब्याडमिन्टन प्रशिक्षण केन्द्र निर्माणको क्रममा रहेको जिल्ला खेलकुद विकास समिति कास्कीका प्रमुख प्रकाश बरालले बताए ।

1797
कारोबार संवाददाता
बिहिवार, चैत्र १५, २०७४

सरकारको पूर्व–पश्चिम रेलमार्ग सञ्चालनको योजनाअनुसार रेलमार्ग विस्तारका लागि कपिलवस्तु क्षेत्रमा माटो परीक्षण कार्य शुरु गरिएको छ । प्याकेज–१ अन्तर्गत विभिन्न स्थानमा माटो परीक्षण भइरहेको छ । सो खण्डको माटो परीक्षणको जिम्मा पाएको इआरएमसिजिओ टेक्निकल प्रालिले काम अगाडि बढाएको छ ।

850
कारोबार संवाददाता
बिहिवार, चैत्र १५, २०७४

भीमदत्तनगरपालीको वडा नं १८ र १५ जोड्ने गोवरिया खोलाको पुल निर्माणका लागि ठेक्का सम्झौता भएको १ वर्ष बितिसक्दा पनि पुल निर्माणको काम सुरु हुन सकेको छैन ।

512
कारोबार संवाददाता
बिहिवार, चैत्र १५, २०७४

धादिङमा निर्माण हुन लागेको ७५ मेगावाटको त्रिशुली–गल्छी जलविद्युत् आयोजनामा चिनियाँ कम्पनीले लगानी गर्ने सम्झौता भएको छ ।

945
प्रगति ढकाल
बिहिवार, चैत्र १५, २०७४

पहिलो पटक चितवनमा बन्दै गरेको वन्यजन्तु अस्पताल सञ्चालनमा आउन १ वर्ष लाग्ने भएको छ । भौतिक संरचना निर्माणको काम सकिए पनि अस्पतालमा आवश्यक पर्ने उपकरण नेपालमा नहुँदा वन्यजन्तु अस्पताल सञ्चालन हुन अझै १ वर्ष समय लाग्ने भएको हो । घाइते र रोगी वन्यजन्तुको उपचार गर्न सहजताका लागि अस्पताल निर्माण भएको हो ।

1107
भीम गौतम
बिहिवार, चैत्र १५, २०७४

मुलुकभरका १ सय मेगावाटमाथिका ३० उत्कृष्ट जलाशययुक्त आयोजना तत्काल अघि बढाउन सकिने अध्ययनले देखाएको छ । इन्जिनियर खिमानन्द कँडेलले गरेको अध्ययनको आधारमा तयार पारिएको पुस्तक ‘हाइड्रोपावर पोटेन्सियल अफ नेपाल’ ले प्रदेशस्तरमा यस्ता आकर्षक आयोजनाहरू रहेको उल्लेख गरेको हो ।

1776
कारोबार संवाददाता
बुधवार, चैत्र १४, २०७४

निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनमा खराब सडकका कारण सामग्री ढुवानीमा समस्या देखिएको छ । आयोजनाको काम अन्तिम चरणमा पुग्दा ठूला सामान ढुवानी गर्नुपर्ने र त्यसका लागि सडकलगायतका पूर्वाधारका कारण समस्या आएको आयोजनाले जानकारी दिएको छ ।

767
अमृता राई
बुधवार, चैत्र १४, २०७४

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त घरहरूको प्रबलीकरण (रेक्टोफिटिङ) का लागि विशेष अभियान सञ्चालन गर्ने भएको छ ।

539