कारोबार संवाददाता
बिहिवार, फाल्गुन १०, २०७४

पाल्पाको निस्दी गाउँपालिकामा हावावाट विद्युत् उत्पादन गरिएको छ । नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवद्र्धन बोर्डले हावाको बेगको परीक्षणपश्चात अहिले निस्दी गाउँपालिका–३, रुक्से भाञ्ज्याङ्मा हावाबाट विद्युत् उत्पादन थालिएको हो ।

574
कारोबार संवाददाता
बिहिवार, फाल्गुन १०, २०७४

पुनर्निर्माणको कामलाई पारदर्शी र प्रभावकारी बनाउनका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा परियोजना अनुगमन सूचना प्रणाली’ सञ्चालनमा ल्याएको छ । भूकम्पपछिको पुनर्निर्माण र पुनर्लाभसँग सम्बन्धित सम्पूर्ण गतिविधि, बजेटको अवस्थालगायतलाई एकद्वार प्रणालीमार्फत जानकारी दिन र भूकम्प प्रभावित जिल्लामा भइरहेको कामको केन्द्रीयस्तरबाटै अनुगमन गर्ने उद्देश्यले यस्तो प्रणाली सञ्चालनमा ल्याएको हो ।

528
भीम गौतम
बिहिवार, फाल्गुन १०, २०७४

राष्ट्रिय योजना आयोगले सबै स्थानीय तहमा ऊर्जाको पहुँच पुर्याउने उद्देश्यले तयार गरेको योजनामा जलविद्युत्भन्दा सौर्य ऊर्जालाई प्राथमिकतामा दिइएको छ । आयोगले देशका ७ प्रदेशमध्ये ५ प्रदेशमा सौर्य ऊर्जा र २ प्रदेशमामात्र जलविद्युत्लाई प्राथमिकतामा राखिएको छ ।

2582
भीम गौतम
बुधवार, फाल्गुन ९, २०७४

लगानी बोर्डले काठमाडौंको नागढुंगादेखि काभ्रेको धुलिखेल जोड्ने मेट्रोरेल परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि विश्वव्यापी खुला प्रतिस्पर्धा गर्ने प्रक्रिया अघि बढाएको छ । बोर्डले विश्वव्यापी रूपमा खुला प्रतिस्पर्धामार्फत सम्भाव्यता अध्ययन अघि बढाएर निर्माण गर्ने उद्देश्यसहित टेण्डर डकुमेन्ट तयार गरी प्रक्रिया अघि बढाएको हो । राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने तत्कालीन सदस्य संयोजक रहेको समितिले मेट्रोरेलबारे प्रतिवेदन तयार गरेकोमा कात्तिक अन्तिम साता बसेको बोर्ड बैठकले अघि बढाउने निर्णय गरेको थियो ।

7158
कारोबार संवाददाता
मंगलबार, फाल्गुन ८, २०७४

अमलेखगन्ज–रक्सोल पाइपलाइन निर्माणको काम शुरु भएको छ । रेखांकन गरिएका स्थानमा पाइप बिछ्याउन थालिएसँगै निर्माण कार्य अगाडि बढेको हो । १६ किलोमिटर ओछ्याउन पुग्ने ४१ टेलर पाइप नेपालको विस्तार क्षेत्रमा थुपार्न थालिएपछि निर्माण कार्यले गति लिएको हो ।

897
भीम गौतम
मंगलबार, फाल्गुन ८, २०७४

सरकारले विश्वमै नभएको ‘क्यू–४०’ को आधारमा नेपालको जलविद्युत् उत्पादन क्षमताको अध्ययन गरेको भन्दै विज्ञहरूले विरोध गरेका छन् । जल तथा ऊर्जा आयोग सचिवालयले परामर्शदाता कम्पनीमार्फत क्यू–४० को आधारमा अध्ययन गर्दा जलविद्युत् उत्पादन क्षमता ८२ हजार ९ सय ८० मेगावाट रहेको सार्वजनिक गरेपछि उनीहरूले यसको विरोध गरेका हुन् ।

1514
कारोबार संवाददाता
सोमवार, फाल्गुन ७, २०७४

जिल्लाका कृषकहरूले डिपबोरिङ भए पनि सिँचाइको सुविधा प्राप्त गर्ने नसकेको गुनासो गरेका छन् । “सिँचाइ सुविधाका लागि पाँच वर्ष पहिले डिपबोरिङ खनियो, तर अहिलेसम्म सहज रूपमा सिँचाइ गर्न पाएका छैनौं,” तुलसीपुर उपमहानगरपालिका–१३ मा रहेको सरयुगंगा सामुदायिक सिँचाइ संघका सचिव इन्द्रमणि रजौरेले भने, “विद्युत्को ट्रान्सफर्मर राखे पनि लाइन नदिँदा सिँचाइमा समस्या छ ।” ठेक्कामार्फत फाइप खरिद गर्दा ठेकेदारको बदमासीले नक्कली फाइप किन्दा अहिले पनि फाइप फुट्ने समस्या छ ।

557
कारोबार संवाददाता
सोमवार, फाल्गुन ७, २०७४

म्याग्दीको बेनी नगरपालिकाले सडकको मापदण्ड तोकेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नगरपालिकाका क्षेत्रका सडकलाई चार श्रेणीमा विभाजन गरी क्षेत्राधिकार कायम गरेको हो ।

548
कारोबार संवाददाता
सोमवार, फाल्गुन ७, २०७४

सरकारले नागरिकका घर, टहरा स्वीकृत मापदण्डअनुसार बनाउनु पर्छ भन्छ, तर आफैंले बनाइरहेका भवनको नक्सा नै स्वीकृत नगरी बनाउँदै छ । नियम बनाउने तर आफैं पालना नगर्ने सरकारले भवन निर्माण संहिता कसरी कार्यान्वयन गर्ला भन्ने पाँचथरमा निर्माणाधीन तीनवटा सरकारी भवन ज्वलन्त उदाहरण बनेको छ ।

522
कारोबार संवाददाता
सोमवार, फाल्गुन ७, २०७४

७० मेगावाटको मध्यमस्र्याङदी जलविद्युत् केन्द्रको मर्मतका लागि उत्पादन बन्द गरिने भएको छ । केन्द्रको बाँधको बायाँतर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिएको संरचना मर्मतका लागि १० फागुनबाट बन्द गर्न लागिएको हो ।

446
भीम गौतम
सोमवार, फाल्गुन ७, २०७४

अल्पविकसित राष्ट्र (एलडीसी)बाट विकासोन्मुख राष्ट्र (डीसी)मा स्तरोन्नतिको लागि नेपालले दिगो र गुणस्तरीय सूचकांकलाई आधार मान्नुपर्ने अडान राखेको छ । प्राविधिक रूपमा सन् २०१८ भित्रै नेपाल विकासोन्मुख राष्ट्रमा स्तरोन्नतिको सम्भावना रहे पनि स्तरोन्नतिका सूचकांकको विश्लेषण र आधार दिगो र गुणस्तर हुनुपर्ने अडान नेपालले राखेको हो ।

939
कारोबार संवाददाता
आइतवार, फाल्गुन ६, २०७४

दाङको शान्तिनगर गाउँपालिका– ५ धनौरीको बैशामा साढे २ करोडको लागतमा खानेपानी आयोजना निर्माणकार्य सम्पन्न भएको छ । ५ सय घरधुरी लाभान्वित हुनेगरी निर्माण गरिएको सो योजना सम्पन्न हुन २ वर्ष लागेको थियो ।

238
कारोबार संवाददाता
आइतवार, फाल्गुन ६, २०७४

डडेल्धुरा अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिका जोड्ने रडुवा खोलामा निर्माण भइरहेको मोटरेबल पक्की पुल अलपत्र परेको छ । ठेकेदारको ढुलासुस्ती र लापरबाहीका कारण निर्माणाधीन पुल अलपत्र परेको हो । निर्माण कम्पनीले निर्माणकार्य बीचमै छोडेर फरार भएपछि निर्माण कार्य रोकिएको हो ।

474
कारोबार संवाददाता
आइतवार, फाल्गुन ६, २०७४

भौतिक पूर्वाधार एवं औद्योगिक विकासको क्रममा फड्को मारिरहेको भैरहवा क्षेत्र राजनीतिक वृत्तबाट भने सधैं बाइपास बन्दै गइरहेको छ । यसको ज्वलन्त उदाहरण पछिल्लो समय प्रदेश नम्बर ५ को अस्थायी राजधानी रुपन्देहीलाई तोकिए पनि अस्थायी राजधानीको मातहतमा भएका तथा भविश्यमा हुने सबै काम बुटवलबाट भइरहेको र सबै मन्त्रालय तथा विभागको कार्यालयसमेत बुटवलमै राखी सञ्चालन हुने अन्तिम तयारीलाई लिन सकिन्छ ।

3595
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३, २०७४

मुुसिकोट नगरपालिकाले पत्रकार सम्मेलन गरी नगरले गरेको प्रगति विवरण सार्वजनिक गरेको छ । पदभार ग्रहण गरेको आठ महिनासम्ममा नगरपालिकाले सम्पन्न गरेका विभिन्न योजना, पारित नियमावली तथा अहिलेसम्म खर्च गरिएको बजेटका बारेमा जानकारी गराइएको हो ।

304