भीम गौतम
सोमवार, चैत्र १९, २०७४

सामान्यता ड्रिलिङ र ब्लास्टिङ प्रविधिले दैनिक तीन मिटरमात्र सुरुङ खनिन्छ तर शुक्रबारमात्र एकै दिन भेरी बबई डाइभर्सन बहुउद्देश्यीय सिँचाइ आयोजनाको ३९.१ मिटर सुरुङ खनियो । विशेषतः जलविद्युत्, सिँचाइ र खानेपानीका ठूला आयोजनाहरूमा सुरुङ निर्माण सबैभन्दा ठूलो समस्याको रूपमा रहेको र यसकै कारण आयोजनामा लागत र समय दोब्बर लागिरहेको बेला भेरी बबईमा भने एकै दिन यतिधेरै सुरुङ खनिएको हो ।

4388
रासस
सोमवार, चैत्र १९, २०७४

महाकाली नदीमा पुल निर्माणको कामले तीव्रता पाएको छ । पुल निर्माणका लागि दुई साताअघि इटलीबाट रु आठ करोडको हाइड्रोलिक पाइल रिग मेशिन निर्माणस्थलमा ल्याइपु¥याइएको छ । उक्त मेशिन ल्याइएसँगै पुल निर्माणको कामले गति लिएको हो ।

965
दीननाथ बराल
आइतवार, चैत्र १८, २०७४

क्षेत्रफलका हिसाबले देशकै सबैभन्दा ठूलो खेल मैदान पोखरा रंगशालामा करिब १० करोडको लागतका खेल पूर्वाधार निर्माण सुरु भएको छ । ४१७ रोपनी क्षेत्रफलमा फैलिएको पोखरा रंगशालामा हाल ३ करोड ४५ लाखको लागतमा लन टेनिस कोर्टसहितको भौतिक पूर्वाधार, २ करोड ५० लाखको लागतमा स्क्वास खेलको कोर्टसहितको प्रशिक्षण केन्द्र र ३ करोड ५४ लाखको लागतमा ब्याडमिन्टन प्रशिक्षण केन्द्र निर्माणको क्रममा रहेको जिल्ला खेलकुद विकास समिति कास्कीका प्रमुख प्रकाश बरालले बताए ।

1876
कारोबार संवाददाता
बिहिवार, चैत्र १५, २०७४

सरकारको पूर्व–पश्चिम रेलमार्ग सञ्चालनको योजनाअनुसार रेलमार्ग विस्तारका लागि कपिलवस्तु क्षेत्रमा माटो परीक्षण कार्य शुरु गरिएको छ । प्याकेज–१ अन्तर्गत विभिन्न स्थानमा माटो परीक्षण भइरहेको छ । सो खण्डको माटो परीक्षणको जिम्मा पाएको इआरएमसिजिओ टेक्निकल प्रालिले काम अगाडि बढाएको छ ।

915
कारोबार संवाददाता
बिहिवार, चैत्र १५, २०७४

भीमदत्तनगरपालीको वडा नं १८ र १५ जोड्ने गोवरिया खोलाको पुल निर्माणका लागि ठेक्का सम्झौता भएको १ वर्ष बितिसक्दा पनि पुल निर्माणको काम सुरु हुन सकेको छैन ।

556
कारोबार संवाददाता
बिहिवार, चैत्र १५, २०७४

धादिङमा निर्माण हुन लागेको ७५ मेगावाटको त्रिशुली–गल्छी जलविद्युत् आयोजनामा चिनियाँ कम्पनीले लगानी गर्ने सम्झौता भएको छ ।

1008
प्रगति ढकाल
बिहिवार, चैत्र १५, २०७४

पहिलो पटक चितवनमा बन्दै गरेको वन्यजन्तु अस्पताल सञ्चालनमा आउन १ वर्ष लाग्ने भएको छ । भौतिक संरचना निर्माणको काम सकिए पनि अस्पतालमा आवश्यक पर्ने उपकरण नेपालमा नहुँदा वन्यजन्तु अस्पताल सञ्चालन हुन अझै १ वर्ष समय लाग्ने भएको हो । घाइते र रोगी वन्यजन्तुको उपचार गर्न सहजताका लागि अस्पताल निर्माण भएको हो ।

1157
भीम गौतम
बिहिवार, चैत्र १५, २०७४

मुलुकभरका १ सय मेगावाटमाथिका ३० उत्कृष्ट जलाशययुक्त आयोजना तत्काल अघि बढाउन सकिने अध्ययनले देखाएको छ । इन्जिनियर खिमानन्द कँडेलले गरेको अध्ययनको आधारमा तयार पारिएको पुस्तक ‘हाइड्रोपावर पोटेन्सियल अफ नेपाल’ ले प्रदेशस्तरमा यस्ता आकर्षक आयोजनाहरू रहेको उल्लेख गरेको हो ।

1845
कारोबार संवाददाता
बुधवार, चैत्र १४, २०७४

निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनमा खराब सडकका कारण सामग्री ढुवानीमा समस्या देखिएको छ । आयोजनाको काम अन्तिम चरणमा पुग्दा ठूला सामान ढुवानी गर्नुपर्ने र त्यसका लागि सडकलगायतका पूर्वाधारका कारण समस्या आएको आयोजनाले जानकारी दिएको छ ।

809
अमृता राई
बुधवार, चैत्र १४, २०७४

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त घरहरूको प्रबलीकरण (रेक्टोफिटिङ) का लागि विशेष अभियान सञ्चालन गर्ने भएको छ ।

575
कारोबार संवाददाता
बुधवार, चैत्र १४, २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनको प्रस्तुतीकरणपछि मात्र पाँच सय मेगावाट माथिका आयोजनाको हस्तान्तरणको टुंगो लाग्ने भएको छ ।

543
कारोबार संवाददाता
बुधवार, चैत्र १४, २०७४

मानव विकास सूचकांक, साक्षरता दर, विद्युत् सुविधा तथा गरिबी दरका आधारमा प्रदेश ३ मुलुकका अन्य प्रदेशहरूभन्दा निकै अगाडि रहेको तथ्यांकले देखाएको छ । कुल राजस्व संकलनमा यस प्रदेशको योगदान ५० प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

1317
कारोबार संवाददाता
मंगलबार, चैत्र १३, २०७४

हरेक वर्ष नदी कटान र बाढीबाट ठूलो क्षति व्यर्होनु परेपछि बर्दियाका तीन नदी व्यवस्थापनको काम एकैपटक अगाडि बढाइएको छ । जिल्लाभित्र भएर बग्ने बबई, भादा र औरही नदी व्यवस्थापन तथा प्रकोप न्यूनीकरण गर्ने कार्य बृहत् परियोजनाको रूपमा अगाडि बढाइएको हो ।

994
कारोबार संवाददाता
मंगलबार, चैत्र १३, २०७४

नेपालगन्ज वडा नं ८ स्थित ऐतिहासिक रानी तलाउलाई ‘रानी तलाउ बोटिङ विहारका’ रूपमा रमणीय स्थान बनाई पर्यटक आकर्षित गर्न सो तलाउ पुनर्निर्माण सुरु गरिएको छ ।

674
प्रगति ढकाल
मंगलबार, चैत्र १३, २०७४

सरकारले पानीको उपलब्धता सुनिश्चित गर्न सहरी जलाधार व्यवस्थापन कार्यक्रमलाई प्राथमिकता दिएको छ । पछिल्लो समय सहरी क्षेत्रमा बढ्दै गइरहेको जनसंख्यासँगै पानीको समस्या बढ्दै गइरहेको भन्दै दिगो समस्या समाधान खोज्दै सरकारले सहरी जलाधार व्यवस्थापन कार्यक्रमलाई प्राथमिकता दिएको हो ।

903