कारोबार संवाददाता
सोमवार, जेठ १४, २०७५

रुकुम पश्चिम चौरजहारी नगरपालिकाले एक वर्षमा ९५ किलोमिटर नयाँसडक निर्माण गरेको छ । जनप्रतिनिधि निर्वाचित भएपछि ९५ किमि सडक निर्माण गरिएको हो । सडक निर्माण गर्न नगरपालिकाले मात्र ६ करोड ३९ लाख बजेट खर्च गरेको छ ।

895
कारोबार संवाददाता
सोमवार, जेठ १४, २०७५

वैतेश्वर गाउँपालिकाले चालू आर्थिक वर्षमा ७६ प्रतिशत भौतिक पूर्वाधारको काम गरेको छ । स्थानीय तहको निर्वाचनपछिको पहिलो वर्षमै जनप्रतिनिधि आएपछि पुँजीगत खर्च बढेको छ ।

306
मिन कुमार नवोदित
सोमवार, जेठ १४, २०७५

प्रदेश नम्बर १ को पर्यटकीय गन्तव्यका रूपमा स्थापित मोरङको बेलबारीस्थित बेतना सिमसार क्षेत्रमा पर्यटकको चाप बढ्दै गएको छ ।

947
रासस
सोमवार, जेठ १४, २०७५

चिनियाँ प्राविधिक टोलीले रसुवागढी–काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन पूरा गरेको छ ।

3153
कारोबार संवाददाता
आइतवार, जेठ १३, २०७५

सरकारले घोषणा गरेको समाजवाद उन्मुख अर्थतन्त्रका लागि मुख्य आधार पूर्वाधार रहेको विज्ञहरूले बताएका छन् ।

1433
कारोबार संवाददाता
आइतवार, जेठ १३, २०७५

तामाकोसी तेस्रो जलविद्युत् आयोजनाको क्षमता नघटाउन दोलखाका सांसदहरूले ऊर्जामन्त्रीसमक्ष माग गरेका छन् । ६५० मेगावाट क्षमताको तामाकोसी तेस्रो जलविद्युत् आयोजना क्षमता नघटाई निर्माणको काम यथाशीघ्र अघि बढाउन ऊर्जा तथा सिँचाइमन्त्री वर्षमान पुनसमक्ष माग गरेका छन् ।

1176
कारोबार संवाददाता
आइतवार, जेठ १३, २०७५

काठमाडौं र ललितपुर महानगरपालिकाको चक्रपथ र काठमाडौं उपत्यकाभित्र मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न चिनियाँ कम्पनीसँग सम्झौता भएको छ ।

1676
रासस
शुक्रवार, जेठ ११, २०७५

जिल्लामा पछिल्लो समय ठूला लगानीका उद्योग स्थापना हुने क्रम बढेको छ । विदुर नगरपालिका–५ पिपलटारमा ठूलो लगानीको अक्सिजन उद्योग स्थापना गरिने भएको छ ।

2634
भीम गौतम
शुक्रवार, जेठ ११, २०७५

जीर्ण अवस्थामा पुगेको काभ्रेको पनौतीस्थित खोपासीमा रहेको नेपालकै तेस्रो जलविद्युत् आयोजना अब अनुसन्धान केन्द्र बनेको छ । पुराना उपकरण तथा उचित मर्मतसम्भार गर्न नसक्दा जीर्ण अवस्थामा पुगेको फर्पिङ र सुन्दरीजलपछिको तेस्रो २.४ मेगावाटको पनौती जलविद्युत् केन्द्रलाई अनुसन्धान केन्द्र बनेको हो ।

2779
रासस
बिहिवार, जेठ १०, २०७५

नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारको काम सकिनै लाग्दा सवारी सुरक्षाका संरचना निर्माण थालिएको छ । सडक सहज हुँदै जाँदा सुरक्षाका संरचना नहुँदा दुर्घटना बढेका छन् । सडकको धेरै जसो क्षेत्रको एकातर्फ त्रिशूली नदी र अर्कोतर्फ अग्लो पहाड भएकाले सो सडकखण्ड जोखिमपूर्ण सडकका रुपमा लिइन्छ ।

1700
कारोबार संवाददाता
बिहिवार, जेठ १०, २०७५

२३ वर्ष पहिले तत्कालीन मनमोहन सिंहले शिलान्यास गरेको साँफे–मार्तडी सडक खण्डको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । प्रदेश नम्बर सातका अन्य जिल्लामा बाहै्र महिना यातायात सञ्चालन भए पनि बाजुरामा विगत तीन वर्षदेखि हिउँदको महिनामात्र यातायात सदरमुकाम मार्तडी पुग्ने गरेका थिए ।

1867
कारोबार संवाददाता
बिहिवार, जेठ १०, २०७५

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले ८० प्रतिशत भौतिक तथा आर्थिक प्रगति गरेको बताएको छ । बाँकी रहेको २० प्रतिशत पनि जेठ महिनाभित्रै पूरा हुने नगरपालिकाले जनाएको हो । नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएको एक वर्ष पुगेको अवसरमा नगरपालिकाकाले आयोजना गरेको प्रगति सार्वजनिक कार्यक्रममा बोल्दै मुसिकोट नगरपालिकाका प्रमुख देवीलाल गौतमले बताए ।

643
कारोबार संवाददाता
बिहिवार, जेठ १०, २०७५

तमोर मेवा जलविद्युत् आयोजना क्षमता १०१ मेगावाटबाट बढाएर १२८ मेगावाट बनाइएपछि वातावरणीय प्रभाव मूल्यांकनका लागि सार्वजनिक सुनुवाइ गर्न आएको स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडलाई स्थानीयले दर्जनौं प्रश्न सोधे ।

1190
मनोरञ्जन शर्मा
बुधवार, जेठ ९, २०७५

सस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण कार्य अहिले सन्तोषजनकरुपमा अघि बढीरहेको र हाल दिईएको समयसिमा भित्रै निर्माण सम्पन्न भई फुल फेजमा(पुर्ण रुपमा) सञ्चालन हुने बताए ।

2967
रासस
बुधवार, जेठ ९, २०७५

काठमाडौँ उपत्यकामा केबलकार सञ्चालन गर्न सकिने र त्यसका लागि कम्तिमा रु १५ अर्ब खर्च लाग्ने इञ्जिनियरिङ अध्ययनले देखाएको छ ।

3616