रासस
बुधवार, माघ १६, २०७५

पाँच दिनदेखि ठप्प बनेको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माणकार्य पुनःसञ्चालन भएको छ ।

372
अमरराज आचार्य
बुधवार, माघ १६, २०७५

घोराही उपमहानगरपालिकाभित्र ३० किमि सडक निर्माणकार्य सुरु भएको छ । सडक निर्माणका लागि १ अर्ब ५ करोड ४९ लाख ४५ हजार रुपैयाँ खर्च हुने भएको छ ।

361
कारोबार संवाददाता
बुधवार, माघ १६, २०७५

भारतले न्यू बुटवल–गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारणलाइनमा विश्वकै ‘नयाँ मोडेल’ प्रस्ताव गरेको छ । भारतीय अधिकारीहरूसँग भएको छलफलकै आधारमा भारततर्फको अन्तरदेशीय प्रसारण संयुक्त रूपमा बनाउने र नेपालले ७ वर्षसम्म एकल बुकिङ प्रस्ताव अस्वीकार गरेको भारतले शतप्रतिशत स्वपुँजी (इक्विटी) मा बनाउने गरी नयाँ मोडेल प्रस्ताव गरेको हो ।

1278
कारोबार संवाददाता
मंगलबार, माघ १५, २०७५

स्थानीय सरकारले थप राजस्व माग्दै पत्र पठाएपछि ढुंगा, गिट्टी, रोडा र माटोको समस्याका कारणले अधिकांश निर्माणाधीन जलविद्युत् आयोजनाको निर्माण प्रभावित भएको छ ।

376
कारोबार संवाददाता
मंगलबार, माघ १५, २०७५

सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सहायक ठेकदार कम्पनी मार्पmत् गर्न विशेष परिस्थितिमा जाने तयारी गरेको छ ।

697
कारोबार संवाददाता
मंगलबार, माघ १५, २०७५

जलवायु परिवर्तनका कारण पारेको असरलाई न्यूनीकरण गरी नेपालमा जलवायु अनुकुलनसम्बन्धी परियोजनामा लगानीका लागि बाटो खुलेको छ । संयुक्त राष्ट्र संघ हरित जलवायु कोषले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई छनोट गरेसँगै परियोजनामा लगानीका लागि बल्ल बाटो खुलेको हो ।

853
कारोबार संवाददाता
मंगलबार, माघ १५, २०७५

कोटेश्वर–कलंकी सडक विस्तारको जिम्मा पाएको चिनियाँ कम्पनीले सोमबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । चिनियाँ कम्पनी सांघाइ कन्स्ट्रक्सनले गत महिना निर्माण सम्पन्न गरेकोे कोटेश्वर–कलंकी सडक खण्ड सोमबार खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा हस्तान्तरण गरेको हो ।

323
कारोबार संवाददाता
सोमवार, माघ १४, २०७५

गुल्मी र बागलुङको सीमा क्षेत्र गल्कोट नगरपालिका–११ रिघामा करिब २ अर्बको लागतमा ९.६ मेगावाट क्षमताको विद्युत् उत्पादनको काम तीव्र गतिमा भइरहेको छ ।

1152
कारोबार संवाददाता
सोमवार, माघ १४, २०७५

कैलाली सामुदायिक वन उपभोक्ता समूहमा व्यापक अनियमितता भएको भन्दै वन उपभोक्ताकारीले विरोध जनाएका छन् । उपभोक्ता समूहले बिक्री–वितरण गरेका काठको रसिदमा परिमाण र इकाई नखुलाउँदा उपभोक्ताले विरोध गर्दै आएका हुन् ।

330
कारोबार संवाददाता
आइतवार, माघ १३, २०७५

नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपाल–भारतबीचमा रहेको जनस्तरको सम्बन्ध विश्वको अरु कुनै पनि देशबीच नभएको स्पष्ट पारेका छन् । उनले भारत र नेपालबीचको सम्बन्ध बुवा, हजुरबुवादेखि लिएर भगवानसम्मको भएको दाबीसमेत गरे । भारतको ७० औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा रिपोर्टर्सक्लब क्लबले आयोजना गरेको विशेष अन्तक्र्रियामा राजदूत पुरीले भने, “भारत र नेपालबीच रहेको सम्बन्ध विश्वमै अरु कुनै पनि दुई देशबीच छैन ।

366
दिलबहादुर केसी
आइतवार, माघ १३, २०७५

गौरीशंकर गाउँपालिका–५, सुरीदोभान निर्माणाधीन तल्लो खारेखोला जलविद्युत् आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत पुगेको छ । ११ मेगावाट क्षमताको तल्लो खारेखोला जलविद्युत् आयोजनाले आउँदो ६ महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको हो ।

913
कारोबार संवाददाता
शुक्रवार, माघ ११, २०७५

जापानको कृषि तथा वन मन्त्रालयका अन्तर्राष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामी नाकादाको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले नेपालको सिँचाइ र पानीको क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताएको छ ।

531
कारोबार संवाददाता
शुक्रवार, माघ ११, २०७५

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बूढीगण्डकी जलाशययुक्त आयोजनाको क्षमता घटाउनुपर्ने बताएका छन् । संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबार आयोजित बूढीगण्डकीबारेको छलफलमा ऊर्जामन्त्री पुनले यस्तो बताएका हुन् । उनले बूढीगण्डकीको क्षमता १२ सयबाट ९ सय मेगावाट बनाउनु उपयुक्त हुने बताएका थिए । आयोजनाको क्षमता घटाएर आरुघाट, आर्खेत र खहरे बस्ती जोगाउनु उपयुक्त हुने भन्दै मन्त्रीले क्षमता घटाउनुपर्ने बताए पनि चीनको चाइना गेजुवा गु्रप कम्पनीलाई इन्जिनियरिङ प्रकु्रमेन्ट कन्ट्रक्सन (ईपीसी) मोडेलमा १२ सय मेगावाट बराबरमा बनाउन दिइसकेको अवस्थामा मन्त्रीबाट आएको यो भनाइलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

561
भीम गौतम
शुक्रवार, माघ ११, २०७५

दोस्रो अन्दरदेशीय प्रसारणलाइन निर्माणमा सात वर्षसम्म एकल बुकिङ गर्ने र त्यसपछि संयुक्त रूपमा गर्ने नेपालको प्रस्तावलाई भारतले अस्वीकार गरेको छ । नेपाल र भारतबीच भएको ऊर्जा व्यापार सम्झौता (पीटीए)पछि गठित सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जेएससी) को छैटौं बैठकमा दोस्रो न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रशारणलाइन निर्माणमा नेपालले गरेको प्रस्ताव भारतले अस्वीकार गरेको हो ।

421
मीनकुमार नवोदित
शुक्रवार, माघ ११, २०७५

राष्ट्रिय गौरवको अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माणले गति लिएसँगै बसाइँ गएकाहरू धमाधम आफ्नै पुरानो थातथलो फर्किन थालेका छन् । आयोजना आसपासबाट बसाइँ गएकाहरू फर्किएर आयोजनामा कामका साथै व्यवसाय सुरु गरेका छन् । मकालु गाउँपालिका वडा नम्बर ५ का बलराम कटवाललाई जीवनमा फेरि आफ्नो पुरानै थाकथलोमा फर्कन्छु भन्ने लागेको थिएन कहिल्यै । संखुवासभाको नुममै बितेको थियो उनको जीवनका ऊर्जाशील समय । सुखद जीवनको कल्पना गर्दै २०६० सालमा कटवाल परिवारसहित विराटनगर झरे ।

494