लक्ष्मी सापकोटा
बुधवार, श्रावण ३०, २०७५

आकस्मिक निरीक्षण वा नियमित रूपमा हुने बजार अनुगमनको सूचना चुहावट गर्ने सरकारी कर्मचारीलाई १ लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ । बजार अनुगमन गर्न जाने स्थान र पसलका बारेमा अग्रिम सूचना चुहाउने कर्मचारीलाई १ हजारदेखि १ लाख रुपैयाँ जरिवाना र तीन वर्षसम्म कालोसूचीमा राखिने भएको हो । सोमबार संसद्मा प्रस्तुत भएको उपभोक्ता संरक्षण ऐन–२०७५ मा सो व्यवस्था गरिएको हो ।

168
निरु अर्याल
बुधवार, श्रावण ३०, २०७५

सरकारले निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेलको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गरेर ६१ अर्ब रुपैयाँ कर असुली गर्ने भएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले एनसेलकोे सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गरेर ६१ अर्ब रुपैयाँ कर असुली गर्ने जानकारी दिएका हुन् ।

391
कारोबार संवाददाता
बुधवार, श्रावण ३०, २०७५

नेपाल धितोपत्र बोर्डले विश्वसनीय सूचना प्रवाह गराउन भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई निर्देशन दिएको छ । बोर्डले स्टक डेरिभेटिभ मार्केटको विकास गर्न सम्भाव्यताको समेत अध्ययन गर्न नेप्सेलाई निर्देशन दिएको हो । दोस्रो बजारका परिसूचकहरूको गणना तथा सार्वजनिक गर्नुपर्ने सूचनाको प्रक्रियालाई थप प्रभावकारी बनाउन निर्देशन दिइएको बोर्डले जनाएको छ ।

154
कारोबार संवाददाता
बुधवार, श्रावण ३०, २०७५

नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष (२०७४÷७५)मा ९८ करोड रुपैयाँ बराबर खुद नाफा कमाएको छ । आन्तरिक लेखा परीक्षण हुन बाँकी रहे पनि हालसम्मको प्रारम्भिक आम्दानी र खर्चबाट यति नाफा देखिएको हो । यो रकम अघिल्लो आर्थिक वर्ष २०७३÷०७४ को भन्दा ४८ करोड कम हो ।

128
कारोबार संवाददाता
मंगलबार, श्रावण २९, २०७५

अर्थमन्त्री डा. युवराज खतिवडाले लघुवित्त संस्थाहरूमा देखिएका समस्यालाई समयमै सुधार गरी सामाजिक जिम्मेवारीभित्र रहेर काम गर्न आग्रह गरेका छन् । उनले लघुवित्त संस्थाहरू ग्रामीण क्षेत्र र वित्तीय पहुँच नपुगेको वर्गमा जानुपर्नेमा जोड दिए ।

233
कारोबार संवाददाता
मंगलबार, श्रावण २९, २०७५

नेपाल धितोपत्र बोर्डले सूचीकरण शुल्क बढाएर समयसापेक्ष बनाएको दाबी गरेको छ । बोर्डले सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सूचीकरण विनियमावली स्वीकृत गर्दै यसअघिको व्यवस्थाभन्दा धेरै शुल्क निर्धारण गरी स्वीकृत गरेको हो ।

245
कारोबार संवाददाता
मंगलबार, श्रावण २९, २०७५

स्थानीय तहमा बढ्दै गएको करको समस्या तत्काल समाधान गर्न सरोकारवालाहरूले सुझाव दिएका छन् ।

267
निरु अर्याल
मंगलबार, श्रावण २९, २०७५

सरकारले निजामति सेवामा प्रवेश गर्ने कर्मचारीका लागि योगदानमा आधारित पेन्सन लागू गर्ने घोषणा गरेसँगै निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेश गरेको छ ।

435
कारोबार संवाददाता
सोमवार, श्रावण २८, २०७५

जिल्लाको विकास निर्माणमा क्षेत्रमा खर्च गर्ने गरि आएको आ.व २०७४÷०७५ को विकास बजेटमा ४१ करोड २० लाख ७२ हजार बजेट फ्रिज भएको छ । स्थानीय तहको सिकाईको बर्ष भएका कारणले बजेटको खर्च गर्न नसक्दा बजेट फ्रिज भएको हो ।

89
अनुपमा खनाल
सोमवार, श्रावण २८, २०७५

गोरखा सदरमुकाममो सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा २४ लाख १७ हजार एकसय सात रुपैँया १९ पैसा खुद मुनाफा गरेको छ । सहकारीको आठौँ साधारण सभा पछि आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष अच्यूतलाल श्रेष्ठले सहकारीले गत आर्थिक बर्ष सो रकम खुद मुनाफा कमाएको जानकारी दिए ।

109
लक्ष्मी सापकोटा
सोमवार, श्रावण २८, २०७५

दुई सातायता हरियो तरकारीको मूल्य झन्डै दोब्बरले वृद्धि भएको छ । वर्षातको समयमा कम उत्पादन भई लागत महँगो परेकाले मूल्य वृद्धि भएको हो । खरिद मूल्य बढेर आएकाले अधिकांश तरकारीको मूल्य बढ्न गएको खुद्रा व्यापारीको भनाइ छ ।

504
निरु अर्याल
सोमवार, श्रावण २८, २०७५

अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय संघीयता कार्यान्वयनको सुरुवाती चरणमात्र भएकाले पहिलो वर्षमै कर वृद्धि र खर्च गर्नमा नहतारिन स्थानीय तहलाई आग्रह गरेका छन् । आन्तरिक राजस्व विभागले आइतबार आयोजना गरेको व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले प्रदेश र स्थानीय तहलाई कर र खर्चका बारेमा संयमित हुन आग्रह गरेका हुन् ।

326
निरु अर्याल
सोमवार, श्रावण २८, २०७५

सरकारले वैदेशिक सहायताको ढाँचा परिवर्तन गर्ने तयारी गरेको छ । हालसम्म वैदेशिक सहायताका नाउँमा ठूलो रकम प्राप्त भए पनि यसको उत्पादकत्व भने सन्तोषजनक नभएको भन्दै सरकारले यसको प्रभावकारिताका लागि एकीकृत कोष सञ्चालनमा ल्याउने भएको हो ।

327
कारोबार संवाददाता
आइतवार, श्रावण २७, २०७५

ओखलढुंगाका विभिन्न सरकारी कार्यालयबाट आर्थिक वर्ष ०७४/७५ मा ६५ करोड ९४ लाख ५५ हजार २३० रुपैयाँ विकास बजेट फिर्ता भएको छ । पुँजीगततर्फको जम्मा खुद बजेट २ अर्ब १२ करोड ३८ लाख ६७ हजार मध्ये १ अर्ब ४६ करोड ४४ लाख ११ हजार ७७० मात्र खर्च भएको छ ।

323
कारोबार संवाददाता
आइतवार, श्रावण २७, २०७५

भक्तपुर उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७४÷७५ मा पर्यटन शुल्कबाट २४ करोड १४ लाख ४१ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष भक्तपुर अवलोकनका लागि आएका २ लाख २७ हजार ६ सय १४ रुपैयाँ विदेशी पर्यटकबाट नगरपालिकाले सो रकम आम्दानी गरेको हो ।

368