कारोबार संवाददाता
बिहिवार, मंसिर २०, २०७५
283

विराटनगर- मोरङमा चालू आर्थिक वर्षको पहिलो चौमासिकमा विभिन्न सडक योजनामा कूल १४ करोड ४० लाख ३२ हजार रुपैयाँ खर्च भएको सडक डिभिजन कार्यालय विराटनगरले जनाएको छ । मोरङमा चालू आर्थिक वर्षको पहिलो चौमासिकमा विभिन्न सडक योजनामा कूल १४ करोड ४० लाख ३२ हजार रुपैयाँ खर्च भएको सडक डिभिजन कार्यालय विराटनगरले जनाएको छ ।कार्यालयका अनुसार बडङ्गा आमबारी उर्लाबारी सडकमा ५ करोड १६ लाख ९८ हजार, रंगेली रोडको रामचोकबाट नहरको बाटो हँुदै सीमा सडकसम्मको बाटोमा १ करोड १६ लाख २३ हजार, तराई–मधेश सडक पूर्वाधार विशेष कार्यक्रममा ६ करोड ३३ लाख २१ हजार, स्थानीय सडक पुल निर्माणमा ४५ लाख ८६ हजार, रणनीतिक सडक पुल निर्माण तथा पुल पुलेसामा २० लाख रुपैयाँ खर्च भएको छ ।यस्तै, कोशी राजमार्गको तरहरा–भेडेटारमा १० लाख ३८ हजार, विराटनगर–सिङ्घीया–रंगेली–उर्लाबारी योजनामा १० लाख, कोशी राजमार्गको इटहरी–भेडेटार योजनामा १ लाख ३२ हजार, महेन्द्रराजमार्गको मावा–इटहरी–कोशी ब्यारेक योजनामा ५० लाख, घिनाघाट–विराटचोक सडकमा २० लाख, विराटनगर–रंगेली–उर्लाबारी सडकमा १६ लाख ७२ हजार र दुहवी–इनरुवा कप्तानगन्ज सडकमा १० लाख रुपैयाँ खर्च भएको बताइएको छ ।सोही अवधिमा डिभिजन कार्यालयले महेन्द्रराजमार्गको भन्टाबारी पुलमा २० लाख, कोशी कटानमा १० लाख, सेउती खोला पुलमा १० लाख र मोरङको धमना खोला पुलमा ४५ लाख ८५ हजार रुपैयाँ खर्च भएको कार्यालयका इञ्जिनियर दुर्गा मण्डलले जानकारी दिए ।यस्तै, डिभिजन कार्यालयबाटै ८ करोड ७४ लाख लागतमा २०७६ पुस मसान्तसम्ममा काम सम्पन्न गर्ने गरी गिताञ्जली कन्स्ट्रक्सनले लिएको सुनसरीको साहेवगन्ज–सिमरिया सडकमा काम ३० प्रतिशत मात्र भएकाले कुनै पनि भुक्तानी नदिएको कार्यालयले बताएको छ । साथै, सुनसरीको साहेबगन्जदेखि हनुमान इनरुवा सडकको २० किमी बाटो र कप्तानगन्ज–जनताचोक लौकही सडक निर्माण गर्न रमणभूमि जयब्रदर्शले सडक निर्माण गर्न ठेक्का लिए पनि काम सुरु नभएकाले ठेकेदारलाई ताकेता भइरहेको जनाइएको छ । विकास निर्माणका कतिपय योजना क्रमागत रहेको र योजनामा प्रगति भएबमोजिम निर्माण कम्पनीलाई भुक्तानी दिँदै गएको इञ्जिनीयर मण्डलले जानकारी दिए । निर्माणमा गुणस्तरमा कुनै पनि सम्झौता नहुने र उपयुक्त देखिएमा मात्र भुक्तानी गर्न सिफारिस भइरहेको इञ्जिनियर मण्डलको भनाइ छ ।