गोपाल संग्रौला
सोमवार, असार ३२, २०७५
556

भक्तपुर-भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७५-०७६ का लागि कुल १ अर्व ७३ करोड ४० लाखको अनुमानित बजेट पेश गरेको छ । आइतबार बसेको तेस्रो नगरसभामा उपप्रमुख रजनी जोशीले अनुमानित बजेट पेश गर्दै चालू आवका लागि कुल आम्दानी १ अर्ब ५ करोड ५५ लाख रुपैयाँ अनुमान गरिएकोमा २०७५ जेठ महिनासम्म ११ महिनाको कुल यथार्थ आम्दानी १ अर्ब १३ करोड ५९ लाख ९१ हजार ७०९ रुपैयाँ भएको जानकारी दिइन् । यस्तै, उनले चालू आवको जेठ महिनासम्म चालू तथा पूँजीगततर्फको यथार्थ व्यय ८७ करोड ३६ लाख ६० हजार ९०८ रुपैयाँ रहेको जानकारी दिइन् ।
चालू खर्च अन्तर्गत महत्वपूर्ण ६० वटा कार्यक्रमहरु रहेको उल्लेख गर्दै उप प्रमुख जोशीले सशर्त चालू अनुदान २९ करोड १० लाख रुपैया विनियोजन गरिएको जानकारी दिइन । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७५-०७६ का लागि कुल १ अर्व ७३ करोड ४० लाखको अनुमानित बजेट पेश गरेको छ । आइतबार बसेको तेस्रो नगरसभामा उपप्रमुख रजनी जोशीले अनुमानित बजेट पेश गर्दै चालू आवका लागि कुल आम्दानी १ अर्ब ५ करोड ५५ लाख रुपैयाँ अनुमान गरिएकोमा २०७५ जेठ महिनासम्म ११ महिनाको कुल यथार्थ आम्दानी १ अर्ब १३ करोड ५९ लाख ९१ हजार ७०९ रुपैयाँ भएको जानकारी दिइन् ।

यस्तै, उनले चालू आवको जेठ महिनासम्म चालू तथा पूँजीगततर्फको यथार्थ व्यय ८७ करोड ३६ लाख ६० हजार ९०८ रुपैयाँ रहेको जानकारी दिइन् । चालू खर्च अन्तर्गत महत्वपूर्ण ६० वटा कार्यक्रमहरु रहेको उल्लेख गर्दै उप प्रमुख जोशीले सशर्त चालू अनुदान २९ करोड १० लाख रुपैया विनियोजन गरिएको जानकारी दिइन । यस आवको समानीकरण अनुदानको लागि २० करोड ५१ लाख विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । आव २०७५-०७६ मा नगरपालिका अन्तर्गत गठन गरिएका विभन्न समितिहरुको लागि प्रथामिकता अनुसार बजेट तथा कार्यक्रम विनियोजन गरिएको उप प्रमुख जोशीले बताइन् ।
प्रस्तुत गरिएको बजेटमध्ये युवा तथा खेलकुद समितिको १ करोड ८० लाख, वातावरण तथा पर्यटन समितिको लागि १ करोड विनियोजन गरिएको छ । महिला तथा बालबालिका-समाज कल्याण, कृषि, आर्थिक, निर्माण, खानेपानी व्यवस्थापन र विधेयकलगायतका समितिका लागि २ लाख देखि ८५ लाखसम्म बजेट विनियोजन गरिएको छ ।शिक्षा-स्वास्थ्य तथा संस्कृति समितिको लागि २ करोड ११ लाख रुपैया विनियोन गरेको उप प्रमुख जोशीले बताईन । आगामी आवका लागि चालू खर्चतर्फ ८७ करोड ९३ लाख ८८ हजार र पूँजीगततर्फ ८५ करोड ४६ लाख १२ हजार विनियोजन गरिएको उल्लेख छ ।
पुँजीगत खर्च अन्तर्गत २६ वटा साना ठुला कार्यक्रम रहेका छन ।  सो पुँजीगततर्फको ख्वप अस्पतालको लागि १४ करोड, मेशिनरी तथा औजारको लागि २ करोड, छात्रवृत्ति तथा शैक्षिक ऋणको लागि १ करोड ५५ लाख र खेल मैदान तथा कभर्ड हल निर्माण गर्न १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।  पर्यटकहरुको बसाई लम्ब्याउन र सुविधाको लागि दरवार क्षेत्र, टौमढी र दत्तात्रय क्षेत्रमा रात्रीकालीन बत्तीको व्यवस्था गर्न २५ लाख रुपैया विनियोजन गरिएको छ । भूकम्पबाट पूर्ण क्षतिभएको दरवार क्षेत्रमा अवस्थित नगरपालिकाको भवनपुनःनिर्माणको लागि अध्ययन-डिजाइनका कामहरु गर्न १ करोड बजेट रहेको छ । भक्तपुर नगर क्षेत्र लगायत देशभर सूचना प्रवाह गर्न ख्वप एफएम र ख्वप टेलिभिजन सञ्चालन गर्न ५० लाख विनियोजन गरिएको छ ।
परम्परागत शैलीमा घर निर्माण गर्न र स्लोप छाना निर्माणमा सहुलियत उपलब्ध गराउन १ करोड विनियोजन गरिएको छ । यी सम्पूर्ण पुँजीगत खर्चका योजनाहरु सँगसँगै आव २०७४-०७५ का क्रमागत योजनाहरुको निरन्तरताको लागि १६ करोड ७३ लाख ७९ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
उल्लेखित आयतर्फको आफ्नै श्रोतको अनुमान गर्ने सन्दर्भमा नगरवासीहरुको राय सुझाव तथा स्थानीय राजस्व परामर्श समितिको सिफारिश समेतलाई आधार मानी साविकका करका शीर्षकहरुमध्ये धेरैजसो यथावत राखी केही आवश्यक करका शीर्षकहरुको दर तथा दायरामा संशोधन तथा थप गर्ने प्रस्ताव पेश गरिएको थियो । 

आव २०७५-०७६ को मुख्य कार्यक्रम र बजेट
कार्यक्रम                     बजेट (रु. हजारमा)
शिक्षा                              २४७४४ 
स्वास्थ्य सेवा                        १९३५८० 
आयुर्वेदिक स्वास्थ्य सेवा                ३३६ 
पशु सेवा                               ५७० 
कृषिको लागि                           १७९५ 
वातावरणीय सरसफाई                    ६२५ 
राष्ट्रिय कला संग्रहालय                  १३७३१
स्मारक संरक्षण तथा दरवार हेरचाह        ७९१ 
समाज कल्याण तथा महिला विकास      १६६९