किरण आचार्य
बुधवार, श्रावण २३, २०७५
1139

• रोपाइँँ ९२ प्रतिशत नाघ्योड्ड रोपाइँँ ९२ प्रतिशत नाघ्यो
• उत्पादन १५ प्रतिशत बढ्ने अनुमान

 चालू आर्थिक वर्षमा धानको उत्पादन करिब १५ प्रतिशतले बढ्ने भएको छ । गत वर्षमा तराई क्षेत्रको डुबानका बाबजुद पनि ५१ लाख ५२ हजार टन धान उत्पादन भएकोमा यो वर्ष वर्षा अनुकुल भएकाले ५८ लाख टनभन्दा बढी धान उत्पादन हुने अनुमान गरिएको हो ।गत वर्ष साउन २५ गतेसम्म धान रोपाइँ हुने क्षेत्रमध्ये ८४ प्रतिशत मात्र रोपाइँ सकिएकोमा यो वर्ष साउन २१ सम्म नै ९२ प्रतिशतभन्दा बढी क्षेत्रमा रोपाइँ सकिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । “यो वर्ष धान रोपाइँँलाई अनुकुल हुनेगरी पानी परेकाले गत वर्षभन्दा १५ प्रतिशतले रोपाइँँको क्षेत्र बढेको छ,” मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले भने, “मल, बीउ र प्रविधि समयमा कृषकसम्म पु¥याउन हामीले कुनै कसर बाँकी राखेका छैनौं, कुनै भवितब्य नपरेमा रोपाइँको प्रतिशतकै आधारमा पनि धान उत्पादन ५८ लाख टन नाघ्नेछ ।” कुल गार्हस्थ्य उत्पादनमा धान उत्पादनको प्रत्यक्ष प्रभाव पर्ने भएकाले यो वर्ष धानकै कारण १.५ प्रतिशतले जीडीपी बढ्ने अनुमान सचिव जिसीको छ । मन्त्रालयका अनुसार सोमबारसम्म  १४ लाख ३२ हजार ३१५ हेक्टरमा रोपाइँ सकिएको छ । यो प्रतिशत साउन महिनाभर थप बढ्ने अनुमान मन्त्रालयको छ । मुलुकभर १५ लाख ५२ हजार टन जमिनलाई धान खेतियोग्य क्षेत्र मानिन्छ । आव ०७३÷७४ मा हालसम्मकै सबैभन्दा बढी रोपाइँ भएको तथ्यांकलाई नै रोपाइँयोग्य क्षेत्रको आधार तथ्यांकका रुपमा लिने गरिएको छ । यसअघि सबैभन्दा बढी उत्पादन पनि आव ०७३÷७४ मा ५२ लाख ३० हजार टन उत्पादन भएको थियो । कृषि कुल गार्हस्थ्य उत्पादनमा धान एउटै बालीको सबैभन्दा धेरै योगदान रहने गरेको छ । धानको मात्र कुल कृषि गार्हस्थ्य उत्पादनमा २० प्रतिशत योगदान छ । मन्त्रालयको अनुमान अनुसार उत्पादन हुने हो भने चालू आर्थिक वर्षमा इतिहासकै सबैभन्दा बढी उत्पादन हुनेछ । धानको उत्पादकत्व निरन्तर बढेका कारण पनि उत्पादनमा सकारात्मक प्रभाव परको मन्त्रालयको तथ्यांक छ । मन्त्रालयका अनुसार सोमबारसम्म उच्चपहाडमा ९४.०६ प्रतिशत, मध्यपहाडमा ९२.२४ प्रतिशत र तराई क्षेत्रमा ९२.२५ प्रतिशत रोपाइँ सकिएको छ । तराइ क्षेत्रमा खेतियोग्य मानिएको १० करिब ११ लाख हेक्टर क्षेत्रमध्ये हालसम्म १० लाख हेक्टरमा रोपाइँ सकिएको छ । तराई क्षेत्रमा साउन महिनाभर नै रोपाइँ गर्ने गरिन्छ । मन्त्रालयले साविकको पाँच विकास क्षेत्रका आधारमा संकलन गरेको तथ्यांकअनुसार हालसम्मम सबैभन्दा धेरै रोपाइँ सदुुरपश्चिमाञ्चलमा ९९ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले बताए । जसअनुसार पश्चिमाञ्चलमा ९६ प्रतिशत, मध्यमाञ्चलमा ९४ प्रतिशत, मध्यपश्चिमाञ्चलमा ९१ प्रतिशत र पूर्वाञ्चलमा ८५ प्रतिशत रोपाइँ सकिएको छ । धान अधिक उत्पादन हुने तराई क्षेत्रको पनि पूर्वाञ्चलमाा अझै रोपाइँ हुन बाँकी रहेकाले रोपाइँको समग्र पतिशत ९५ प्रतिशत नाघ्ने अनुमान गरिएको छ ।धानविज्ञ भोलामान सिंह बस्नेतले रोपाइँ गर्दा जस्तै धानलाई आवश्यक पर्ने समयमा पानी परेमा सरकारले अनुमान गरेभन्दा बढी उत्पादन हुनसक्ने बताए । “भोलीका दिनमा अधिक वर्षा भएर डुबान पर्ने वा अन्य प्राकृतिक प्रकोप नआएमा यो वर्ष उत्पादन हालसम्मकै बढी  हुन सक्ने देखिन्छ,” उनले भने, “तर सँधै आकासे पानीको भर परेरमात्र हुँदैन, सरकारले सिँचित क्षेत्र बढाउन ठूलो लगानी गर्नुपर्ने देखिन्छ ।” धानको उत्पादन बर्सेनि उतावचढाव हुँदै आएको तथ्य रहेकाले एक तहले उत्पादन बढाउन सिँचित क्षेत्र बढाउनुपर्ने, प्रविधि र प्राविधिक सेवा समयमा पु-याउनुपर्ने, मल, बीउको उपलब्धता र धानको उचित बजारीकरणमा सरकारले लगानी गरेमा धानमा आत्मनिर्भरता केही वर्षमै स्थापित हुने उनको तर्क छ ।  

तथ्यांकः