कारोबार संवाददाता
शुक्रवार, श्रावण २५, २०७५
346

धनुषामा विनियोजित बजेटमध्ये १८ करोड २१ लाख ३६ हजार १६३ रुपैयाँ फ्रिज भएको छ ।
गत आव ०७४/७५ मा चालू खर्चतर्फ विनियोजित कुल बजेट ११ अर्ब १६ करोड ६१ लाख ४५ हजार ९२७ रुपैयाँमा १० अर्ब ९८ करोड ४० लाख ९ हजार ७६४ रुपैयाँमात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय धनुषाले जनाएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय धनुषाका अनुसार आव ०७४/७५ मा विभिन्न कार्यालयले खर्च गर्न नसकेपछि १८ करोड रकम फ्रिज हुन गएको हो । जिल्लामा गत आव ०७४/७५ मा जिल्लाका विभिन्न सरकारी कार्यालयको चालू र पुँजीगत गरी विनियोजित चालू खर्चको पुँजीगततर्फको ७ अर्ब करोड ३१ करोड ११ लाख ६१ हजार ५५४ मध्ये ६ अर्ब १६ करोड ३३ लाख ७५ हजार ७९३ खर्च भएको छ ।
यसैगरी तहतर्फ सशर्त अनुदानमा ६ अर्ब २७ करोड ४२ लाख २३ हजार ५११ रुपैयाँमध्ये ६ अर्ब २१ करोड १४ लाख २८ हजार ७३३ रपैयाँ खर्च भएको छ भने ६२ करोड ७९ लाख ४७ हजार ७८ रुपैयाँ फ्रिज भएको छ । त्यसैगरी धनुषाका १८ वटा स्थानीय तहमध्ये वित्तीय समानीकरणतर्फ ३ अर्ब ६१ करोड २४ लाख ८३ हजार रकम पठाइएकोमा हालसम्म यकिन तथ्यांक आउनै बाँकी रहेकाले खर्च भएको पूर्ण विवरण नआइसकेको कोष तथा लेखा नियन्त्रक कार्यालय धनुषाका कोष नियन्त्रक दामोदर पौडेलले जानकारी दिए ।