कारोबार संवाददाता
बिहिवार, आश्विन २५, २०७५

चाडपर्वको वहानामा व्यापारीले आफूखुशी उपभोग्य वस्तुको मूल्यवृद्धि गरेपछि झापाका उपभोक्ता मारमा परेका छन् । खाद्यान्न, सागसब्जी जस्ता दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएकाले उपभोक्ता मारमा परेका हुन् । उपभोक्ता ठगिने क्रम बढे पनि नियमकारी निकाय भने मौन छ । नियमनकारीको मौनताको फाइदा उठाउँदै व्यापारीले आफू खुशी मूल्यवृद्धि गरिरहेका छन् ।

327
विपेन्द्र कार्की
बिहिवार, आश्विन २५, २०७५

दसैं हिन्दुहरूका लागि मात्र नभई अर्थतन्त्रका लागि पनि ‘दसैं’ नै मानिन्छ । वर्षैभरी व्यापार हुने कुल परिमाणको झन्डै ४० प्रतिशत यही सिजनमा कारोबार हुने भएकाले व्यापार व्यवसायका लागि पनि यो सिजनलाई दसैं नै मानिएको हो ।

516
हिमेश विक
बुधवार, आश्विन २४, २०७५

सुदूरपश्चिम प्रदेश सरकारले दुई महिनामा करिब १० करोड राजस्वसंकलन गरेको छ । प्रदेश सरकारले साउन र भदौमा गरी ९ करोड ७७ लाख ६५ हजार ४ सय १ रुपैयाँ राजस्व संकलन गरेको हो । यो प्रदेशमा उठाउनुपर्ने कुल करको ७ दशमलव ५४ प्रतिशत मात्र हो । प्रदेश सरकारले घरजग्गा दर्ता र सवारी साधनबाट बढी कर संकलन गरेको छ ।

272
कारोबार संवाददाता
बुधवार, आश्विन २४, २०७५

माछापालनको उर्वरभूमि मानिएको बारामा यसवर्ष २ अर्ब ६३ करोड ७० लाख रुपैयाँ बराबरको माछा बिक्री भएको छ । बारामा १० हजार ३५ हेक्टरमा माछापालन गरिएको छ । बिक्री भएको मध्ये थप ३० प्रतिशत माछा भारतको आन्ध्र प्रदेशबाट आयात भएको अनुमान गरिएको छ ।

443
कारोबार संवाददाता
मंगलबार, आश्विन २३, २०७५

पछिल्लो समयमा भारतीय रुपैयाँको अभाव भएसँगै अवैध खरिद बिक्री पनि अत्यधिक बढेको छ । अहिले नेपालगन्जका विभिन्न पसल, मनी एक्सचेन्ज काउन्टर र व्यक्तिले पनि भारुको अवैध खरिद बिक्री खुला रूपमा गरिरहेका छन् भने सीमापारी रुपैडिहामा पनि सयौंले भारुको सस्तोमा खरिद र महँगोमा बिक्री गरिरहेका छन् ।

358
लक्ष्मी सापकोटा
मंगलबार, आश्विन २३, २०७५

नजिकिँदै गरेको दसैंलाई लक्षित गरेर उपत्यकामा खसीबोका भिœयाउन सुरु भएको छ । दसैंका लागि छिमेकी मुलुक चीनबाट ल्याइएका भेडाच्याङ्ग्रा मंगलबार कलंकीस्थित खसीबजारमा भित्रिने भएका हुन् । घटस्थापनाको दिनदेखि खसीबोका भित्रिने भए पनि च्याङ्ग्रा भने मंगलबार नै उपत्यकामा आइपुग्ने व्यवसायीले बताएका छन् ।

494
कारोबार संवाददाता
मंगलबार, आश्विन २३, २०७५

विश्व बैंकले चालू आर्थिक वर्षमा ५.९ प्रतिशतमात्र आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । सरकारले चालू आर्थिक वर्षको आर्थिक वृद्धि ८ प्रतिशत रहने अनुमान गरे पनि विश्व बैंकले सरकारको प्रक्षेपणभन्दा २ प्रतिशतभन्दा कम हुने अनुमान गरेको छ ।

3889
कारोबार संवाददाता
सोमवार, आश्विन २२, २०७५

दोलखामा गत आर्थिक वर्ष २०७४-७५ सबैभन्दा बढी बजेट खर्च गर्नेमा विगु गाउँपालिका र कम खर्च गरी बचाउने (डम्प) गर्नेमा मेलुङ गाउँपालिका परेको छ । सरकार सञ्चालनकै हैसियतको शक्ति प्राप्त गरेका दोलखाका स्थानीय तहको ३४ करोड रुपैयाँ बजेट खर्च हुन नसकेको हो ।

409
सागर परियार
सोमवार, आश्विन २२, २०७५

जुम्लाका किसानहरूले व्यावसायिक कृषिका लागि सरकारले दिने अनुदान नै बाधक बनेको बताएका छन् । विशेषगरी कर्णालीमा सरकारले कृषि खेतीका लागि अनुदान दिने गरेको छ । स्याउ, सिमी, तरकारीलगायत अन्य व्यवसायका लागि सरकारले दिने अनुदान हात्तीको देखाउने दाँत जस्तै भएकाले समस्या भएको उनीहरूको भनाइ छ ।

461
कारोबार संवाददाता
सोमवार, आश्विन २२, २०७५

सरकारले उखु किसान र चिनीको समस्याबारे जाँचबुझ गर्न सात सदस्यीय समिति गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका कृषि हेर्ने सदस्य डा. दिलबहादुर गुरुङको संयोजकत्वमा सो समिति गठन गर्ने निर्णय गरेको हो ।

312
रेशमराज रोकाया
सोमवार, आश्विन २२, २०७५

दसैं नजिकिँदै गर्दा खाद्यान्न अभाव भएपछि हुम्लालगायत कर्णालीका बासिन्दालाई समस्या भएको छ । पाँच किलोग्राम चामलका लागि प्रमुख जिल्ला अधिकारीको कार्यालयमा दिनभर लाइन बस्नुपर्ने अवस्था आएको छ । नेपाल खाद्य संस्थानमा चामलको अभाव हुँदा विहान ५ बजेदेखि लाइनमा बस्नु परेको गुनासो स्थानीयको छ ।

383
गजेन्द्र बुढाथोकी
सोमवार, आश्विन २२, २०७५

नेपालले औपचारिक माध्यमबाट भित्र्याउने रेमिट्यान्स बढेर वार्षिक ७ खर्ब ५५ अर्ब रुपैयाँ पुगिरहेका बेला यहाँबाट बाहिरिने रेमिट्यान्स पनि बढेर ३ खर्ब ३७ अर्ब १० करोड रुपैयाँ नाघेको छ ।

1971
कारोबार संवाददाता
आइतवार, आश्विन २१, २०७५

कुखुरापालन व्यवसायमा वार्षिक रु २० अर्बभन्दा बढी रकम बाहिरिने गरेको छ । दानाको कच्चा पदार्थ, प्यारेन्ट चल्ला, औषधि, भिटामिन, उपकरणलगायत विदेशबाट आयात गर्नु परेका कारण सो रकम बाहिरिने गरेको हो । 

1238
मनोरञ्जन शर्मा
आइतवार, आश्विन २१, २०७५

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाले दसैंमा नयाँ मात्र नभई सफा नोट प्रयोग गर्न र नोटको जतन गर्न आग्रह गरेको छ । राष्ट्र बैंक सिद्धार्थनगर शाखासहित देसैभरका राष्ट्रबैंकका शाखाले दसैंका लागि आइतबारबाट नयाँ नोट सटही गर्दै छन् ।

363
निरु अर्याल
आइतवार, आश्विन २१, २०७५

चालू आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको सरकारले आर्थिक वर्ष सुरु भएको तीन महिना बित्नलाग्दा जम्मा ९ अर्ब रुपैयाँ पुँजीगत खर्च गरेको छ । तीनै तहको निर्वाचन सम्पन्न गरेर चालू आर्थिक वर्षलाई समृद्धिको आधार वर्ष बनाउने घोषणा गरेको सरकारले विकास निर्माणका काममा भने सुधार गर्न नसक्दा विकास खर्च भने कमजोर देखिएको हो ।

599