कारोबार संवाददाता
शनिवार, आश्विन २०, २०७५

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले चिनीको बजार मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न सार्वजनिक लेखा समितिले दिएको निर्देशन लागु गर्न नसक्ने स्पष्ट पारेका छन् ।

1009
कारोबार संवाददाता
शनिवार, आश्विन २०, २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवका आयोजनामा भएको ढिलाई बारे अध्ययन गर्ने भएको छ । सरकारले राष्ट्रिय गौरवको भनी प्राथमिकताका साथ छुट्याएको २१ वटा ठूला पूर्वाधारसम्बन्धी योजनामध्ये अधिकांशको प्रगति सुस्त भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्बन्धित मन्त्रालयसँग बिवरण माग गरेको छ।

725
कारोबार संवाददाता
शुक्रवार, आश्विन १९, २०७५

लामो समयदेखि नेपालबाट भारततर्फ भइरहेको पेट्रोलियम पदार्थको तस्करी पछिल्लो समयमा आएर झनै बढेको छ । नेपालमा भन्दा भारतमा पेट्रोल र डिजेल झन् महँगो भएपछि तस्करी बढेको हो ।

243
कारोबार संवाददाता
शुक्रवार, आश्विन १९, २०७५

नेपाल कबाडी व्यवसायी समाजले चन्द्रागिरि नगरपालिकाले कबाडी व्यवसायीसँग अव्यावहारिक रूपमा दोहोरो कर लिएको भन्दै कडा आपत्ति जनाएको छ । समाजले बिहीबार पत्रकार सम्मेलन गरेर नगरपालिकाको निर्णयप्रति आपत्ति जनाएको हो

173
कारोबार संवाददाता
शुक्रवार, आश्विन १९, २०७५

चालू आर्थिक वर्षको तेस्रो महिना सुरु भएसँगै बैंकहरूले आक्रामक ल्यान्डिङ गर्न थालेका छन् । बैंकहरूले असोजको दोस्रो सातामा मात्रै १९ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् ।

540
लक्ष्मी सापकोटा
शुक्रवार, आश्विन १९, २०७५

सरकारले चिनी आयातमा लगाएको परिमाणात्मक प्रतिबन्ध खुलाउने तयारी गरेको छ । स्वदेशी चिनी उद्योगको प्रवद्र्धन गर्न भन्दै सरकारले आयातित चिनीमा प्रतिबन्ध लगाएको छ । तर, यस्तो प्रतिबन्धका कारण बजारमा चिनीको मूल्य अस्वाभाविक बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न आयात प्रतिबन्ध फुकुवा गर्ने तयारी गरिएको हो ।

362
नीरज पिठाकोटे
शुक्रवार, आश्विन १९, २०७५

सरकारले चिनी आयातमा लगाएको प्रतिबन्धले पहिल्यै एलसी खोलेर नेपाल भित्रिएको चिनीसमेत सुक्खा बन्दरगाहमा नै रोकिएको छ । मन्त्रिपरिषद्ले आयातमा कोटा पुगेको भन्दै प्रतिबन्धको निर्णय गरेपछि वीरगन्जस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले उक्त चिनीको जाँचपास गरेको छैन । दसैं, तिहार र छठलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसनले जेठ २३ मा ५ हजार टन चिनी आयातका लागि प्रतीतपत्र (एलसी) खोल्यो ।

344
कारोबार संवाददाता
बिहिवार, आश्विन १८, २०७५

दसैं–तिहार जस्ता चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुमा भएको अत्यधिक मूल्यवृद्धिले इलामका उपभोक्ता मारमा परेका छन् । उपभोक्ताको भान्सामा दैनिक नभई नहुने दलहन, चामल, तरकारी साथै चिनी, चिउरा, तेललगायतका वस्तुको अत्यधिक मूल्यवृद्धिले उपभोक्ता मारमा परेका हुन् ।

463
कारोबार संवाददाता
बिहिवार, आश्विन १८, २०७५

बाँकेको खजुरास्थित केन्द्रीय कार्यालय रहेको कपास विकास समिति संकटमा परेको छ । चार वर्षदेखि उत्पादित कपास बिक्री नहुनुका साथै कपास प्रशोधनका लागि प्रयोग हुने अत्याधुनिक मेसिन प्रयोगविहीन हुँदा समिति नै संकटमा परेको हो । समितिका अनुसार २०७१ सालदेखि बाँके, बर्दिया र दाङमा उत्पादन गरी प्रशोधन गरिएको २ सय १३ मेट्रिक टन कपास बिक्री नभएर गोदाममा स्टक रहेको छ ।

267
कारोबार संवाददाता
बिहिवार, आश्विन १८, २०७५

प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले गत आर्थिक वर्षमा प्रदेश नम्बर २ को सवारी कारवाहीबाट ११ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेकोे छ । पथलैयास्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सिराहा र सप्तरीबाहेकका अन्य ६ जिल्लामा एकवर्षको अवधिमा सवारी कारवाहीबाट ११ करोड १७ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन भएको हो ।

355
कारोबार संवाददाता
बिहिवार, आश्विन १८, २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अध्यक्ष मण्डलीय प्रणालीमा लाने गरी गरेको विधान परिमार्जनप्रति पार्टीका नेताहरूले आपत्ति प्रकट गरेका छन् । अध्यक्ष मण्डलीय प्रणालीलाई हटाएर अध्यक्षीय प्रणालीमा लाने गरी पार्टीको राजनीतिक कमिटीले निर्णय गरेकोमा कुनै पदाधिकारीहरूसँग छलफल बहस नगरी यस्तो विधान निर्वाचन आयोगमा पठाइएकोमा उनीहरूको आपत्ति हो ।

240
मनोरञ्जन शर्मा
बिहिवार, आश्विन १८, २०७५

प्रदेश–५ का तीन जिल्ला रूपन्देही, कपिलवस्तु र नवलपरासीका सहरी क्षेत्रहरू सिद्धार्थनगर, बुटवल, तिलोत्तमा, लुम्बिनी, देबदह, सैनामैना, कपिलवस्तु, तौलिहवा र रामग्रामको एकीकृत विकासका लागी रणनीतिक योजना तयार भएको छ ।

510
कारोबार संवाददाता
बुधवार, आश्विन १७, २०७५

इलामका सहकारीहरूले चिया उद्योगमा लगानी गर्न थालेका छन् । यसै सिजनमा जिल्लाका चारवटा सहकारीले चिया उद्योगका लगानी गरेर उत्पादनसमेत थालेका हुन् । सहकारीको लगानीमा चिया उद्योग खुल्न थालेपछि निजी उद्योगको एकाधिकार तोडिँदै गएको सहकारीकर्मी तथा चिया किसानहरू बताउँछन् । जिल्लामा एउटा सरकारी चिया उद्योग छ ।

432
केशव समर्पण
बुधवार, आश्विन १७, २०७५

संघीयता कार्यान्वयनको चरणमा रहेको बेला प्रदेश सरकार र स्थानीय तहबीच दूरी भने बढ्दै गएको छ । प्रदेशले बनाएको कतिपय नियम कानुन र प्रदेशको निर्देशन स्थानीय तहले नमान्ने संकेत गर्न थालेका छन् । स्थानीय तह सञ्चालन कार्यविधिअनुुसार नै चल्ने भन्दै प्रदेशका नीति तथा निर्देशनलाई उनीहरूले पालना नगर्नेर चेतावनी पनि दिन थालेका छन् ।

403
कारोबार संवाददाता
मंगलबार, आश्विन १६, २०७५

चिनी आयातमा कोटा तोक्ने सरकारी निर्णयमाथि सांसदहरूले छानबिनको माग गरेका छन् । सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा सांसदहरूले पर्याप्त तयारी र वस्तुस्थिति नबुझी चिनीमा कोटा तोकिएको आरोप लगाए । कोटा तोकिएपछि बजारमा चिनीको मूल्य अत्यधिक वृद्धि भएको पनि उनीहरको आरोप छ ।

371