कारोबार संवाददाता
बिहिवार, कार्तिक ९, २०७४

नेपालले वीरगन्ज भन्सारबाट १५ वस्तुको आयातको लागमिात्र चालु आवको ३ महिनामा ३४ अर्ब रूपैया तिरेको छ । राजस्वको प्रमुख स्रोतको रूपमा रहेका सवारीसाधन, इन्धन, साना सवारी साधन, तयारी कपडा तथा सिमेण्ट उत्पादन गर्ने कच्चा पदार्थ (क्लिंकर) आयातबाट चालू आवको तीन महिना अवधिमा ३४ अर्ब ९ करोड ७२ लाख रूपैंया बाहिरिएको वीरगन्ज भन्सारले जनाएको छ ।

144
निरु अर्याल
बिहिवार, कार्तिक ९, २०७४

समयमै बजेट ल्याएको र स्थानीय तहमा बजेट पठाएको भन्दै सरकारले यो वर्ष लक्ष्यअनुसार विकास बजेट खर्च हुने दाबी गरे पनि तीन महिनाको खर्चको तथ्यांक हेर्दा विकास खर्चमा पुरानै रोग बल्झिनै देखिएको छ । सरकारी आयव्ययको तथ्यांक राख्ने आधिकारिक निकाय महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आवको पहिलो तीन महिना र कात्तिकको पहिलो सातासम्म जम्मा १६ अर्ब २५ करोड रुपैयाँ खर्च भएको छ ।

192
गोपाल संग्रौला
मंगलबार, कार्तिक ७, २०७४

रोजगारीका लागि कोरिया गएका कामदारले आपूmले पाउनुपर्ने बिमा रकम दाबी नगरी स्वदेश फर्केपछि एचआरडी कोरिया कार्यालयले यस्तो रकम फिर्ता पठाएको हो । कोरिया सरकारले नेपाली कामदारलाई बिमा रकम माग दाबी गर्न सार्वजनिक आह्वानसमेत गरेको छ । एचआरडी कोरियाले नेपाल कार्यालयमा पठाएको बिमा रकमसेत फिर्ता लिन नेपाली कामदार आएका छैनन् । उनीहरूलाई लगातार ताकेता गर्दासमेत ३ सयभन्दा बढी नेपालीले अझै पनि आपूmले पाउनु्पर्ने बिमा रकम दाबी नगरेको कार्यालयले जनाएको छ ।

201
कारोबार संवाददाता
सोमवार, कार्तिक ६, २०७४

कृषि मन्त्रालयले विभिन्न ८ प्रकारका नियमित कृषि कार्यक्रम सञ्चालन गर्न पूर्वका १६ जिल्लाका स्थानीय तहलाई निःशर्त १ अर्ब १८ करोड १२ लाख ९८ हजार रुपैयाँ निकासा गरेको थियो । तर कृषिका लागि आएको बजेट स्थानीय जनप्रतिनिधिले विकास निर्माणमा विनियोजन गरेपछि कृषिका सबै कार्यक्रम प्रभावित भएको छ ।

154
कारोबार संवाददाता
बुधवार, कार्तिक १, २०७४

बोर्डको सर्वेक्षणअनुसार २५ जिल्लामा १२ लाख ४० हजार ३ सय ५० घरपरिवारको सर्वेक्षण गरिएकोमा त्यसको ३१.५१ प्रतिशत अर्थात ३ लाख ९१ हजार ८ सय ३१ घरपरिवारलाई गरिबका रूपमा पहिचान गरिएको छ । बोर्डले गरिबलाई पनि तीन वर्गमा छुट्याएको छ । जसमध्ये आधा घर अति गरिब रहेका छन् ।

128
कारोबार संवाददाता
बुधवार, कार्तिक १, २०७४

बैंकले हालै प्रकाशित गरेको ‘उच्च आरोहणः मध्यमआय मुलुकतर्फको दिशामा’ नामक प्रतिवेदनमा समेत केही छिटपुट र सीमान्त हस्तक्षेपले मात्र नेपाल मध्यम आय भएको मुलुकको समूहमा स्तरोन्नति हुन कठिन रहेको निष्कर्ष निकालेको छ ।

117
निरु अर्याल
बुधवार, कार्तिक १, २०७४

विश्व बैंकले केही वर्ष पहिले गरेको अध्ययनअनुसार नेपालमा अनौपचारिक अर्थतन्त्रले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४० प्रतिशत हिस्सा ओगटेको छ । उक्त तथ्यांक धेरै पुरानो भएकाले अनौपचारिक अर्थतन्त्रको क्षेत्र तथा यसको प्रभावका सम्बन्धमा अध्ययन आवश्यक भएको अर्थ मन्त्रालयको ठहर छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनौपचारिक अर्थतन्त्रको हिस्सा ठूलो रहेको भन्दै त्यसबारे अध्ययन गर्न मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

143
सरस्वती ढकाल
मंगलबार, आश्विन ३१, २०७४

प्रत्येक दुई वर्षमा श्रमिकहरूको पारिश्रमिक पुनरावलोकन गर्ने व्यवस्था छ । यसका लागि श्रम ऐन २०७३ कार्यान्वयन हुनुपर्ने र त्यसका लागि नियमावली अत्यावश्यक भएकाले यतिबेला मन्त्रालय मस्यौदा बनाउने तयारीमा जुटेको छ ।

112
कारोबार संवाददाता
सोमवार, आश्विन ३०, २०७४

साना उद्योगद्वारा उत्पादित सामानहरूलाई उच्च गुणस्तरीय बनाउन सकेमा अन्तर्राष्ट्रिय बजारका लागि हाम्रा प्रतिस्पर्धी कोही हुन सक्दैनन्

136
कारोबार संवाददाता
बिहिवार, आश्विन २६, २०७४

कानुन अभावको फाइदा उठाउँदै चिनियाँ व्यापारीले रुद्राक्षको कृत्रिम उत्पादन थालेका छन् । उनीहरूले बगान खरिद गरी आकर्षक बनाउन चिचिला अवस्थामै मेसिनद्वारा प्राकृतिक स्वरूप बिगारेका छन् ।

130
रासस
बुधवार, आश्विन २५, २०७४

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देश समृद्ध बनाउने मुख्य स्रोत राजश्व भएकाले यसका लागि मन्त्रालयले विशेष कार्यनीति ल्याएको बताएका छन् । अर्थमन्त्री कार्कीले बुधवार सुनसरीको इटहरीमा रहेको राजश्व अनुसन्धान विभागको पूर्वाञ्चल इकाइ कार्यालयको अवलोकन एवं निरीक्षण गर्दै विशेष कार्यनीतिलाई कार्यान्वयनका लागि इमान्दार भएर लाग्न कर्मचारीलाई निर्देशन दिए।

132
रासस
बुधवार, आश्विन २५, २०७४

दसैँ अघिसम्म सस्तो रहेको बन्दागोभी, काउली र मुलाको मूल्य चाडबाड लागेसँगै अकासिएको छ । दसैँअघि बजारमा प्रतिकिलो तीनमा पाइने बन्दागोभीको मूल्य बढेर १६ पुगेको छ । चार देखि पाँच रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको मुलाको मूल्य १५ पुगेको छ । त्यस्तै, दसैँ अघि प्रतिकिलो रु २५ का दरले बिक्री भएको काउलीको मूल्य ४० पुगेको छ । तेह्रथुम, संखुवासभा र धनकुटाका किसानले बारीमा लगाएको बेमौसमी तरकारीको मूल्य बढेपछि किसान हौसिएका छन् । तिहारको समयमा मूल्य अझै बढ्ने तरकारी व्यापारी श्याम गुरुङले बताए ।

148
मीनकुमार नवोदित
बुधवार, आश्विन २५, २०७४

विराटनगर भन्सार नाका जोड्ने भारत बथनाहस्थित मिरगञ्ज पुल सोमबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । पुल सञ्चालनमा आएसँगै मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगीहरू खुसी भएका छन् । गत साउन २७ र २८ गते आएको बाढीले पुलमा क्षति पुगेको थियो । त्यसपछि भारतीय पक्षले पुलबाट मालबाहक सवारीको आवतजावतमा रोक लगाएको थियो । भारतीय पक्षले पुलको मर्मत सकेपछि आइतबार ३० टनको मालबाहक सवारीबाट परीक्षण गरिएको थियो ।

102
कारोबार संवाददाता
बुधवार, आश्विन २५, २०७४

बाँकेका बेरोजगार महिलाहरुका लागि सिलाइ कटाइ तालिम रोजगारको मुख्य माध्यम बनेको छ । सिलाइ कटाइ तालिम लिएपछि अहिले जिल्लाका धेरै बेरोजगार महिलाहरु रोजगारीमा लागेका छन् । केही समय पहिलेसम्म खान लाउन समेत समस्या पर्दै आएको बताउने उनिहरुले तालिम लिएर काम शुरु गरेपछि सो समस्या समाधान भएको बताएका छन् । बाँके बैजनाथ गाउँपालिका ४ की सुन्दरकली चौधरीले एसएलसी पास गरेर कतै कुनै काम नपाएपछि उनले एक सहकारी संस्थाको दैनिक बचत उठाउने काम गरिन् । दैनिक बचत उठाउने गर्दा धेरै दौड धुप गर्नुपर्ने, सोचे अनुसार कमाइ नभएपछि उनले सिलाई कटाईको तालिम लिइन् ।

164
रासस
सोमवार, कार्तिक १३, २०७४

कोल्टीमा रहेको जैतुन अनुसन्धान केन्द्रले शनिबारदेखि जैतुन पेलेर तेल निकाल्न थालेको छ । स्थानीय प्रजातिको जैतुनको फल संकलन गरी तेल निकाल्न लागिएको उक्त अनुसन्धान केन्द्रका प्रमुख जनेश भण्डारीले जानकारी दिए । कालाऋषि सामुदायिक वनमा संकलन गरिएको २५० किलो जैतुन पेलेर तेल निकाल्ने काम गरिएको छ ।

224