कारोबार संवाददाता
मंगलबार, जेठ ८, २०७५

बाँकेमा चालू आर्थिक वर्षको करिब ३ करोड विकास बजेट बाँकी दुई महिनामा सक्नुपर्ने देखिएको छ । समयमै विकासका काम नहुँदा यस आवको अन्तिममा पनि जबरजस्ती बजेट सक्नुपर्ने परम्पराले निरन्तरता पाउने निश्चित छ ।

592
निरु अर्याल
मंगलबार, जेठ ८, २०७५

सरकारले आगामी आर्थिक वर्षलाई समृद्धिको इतिहास रच्ने आधार वर्षको दावीसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षमा दोहोरो अंक नजिक र पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धि हासिल हुने बताइन् ।

1131
कारोबार संवाददाता
सोमवार, जेठ ७, २०७५

सरकारले देशभित्रै रोजगारी सिर्जनामा जोड दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संसदमा आर्थिक वर्ष २०७५-०७६ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी ५ वर्षभित्र रोजगारीका लागि कुनैपनि नेपाली विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने बताएकी हुन् ।

1182
कारोबार संवाददाता
सोमवार, जेठ ७, २०७५

सिन्धुलीमा भूकम्पले भत्किएका घर धमाधम बन्दै छन् । हालसम्म जिल्लाका ३५ सयभन्दा बढी भूकम्प प्रभावित सुरक्षित घरमा बस्न थालिसकेका छन् भने १८ हजारभन्दा बढी लाभग्राहीले दोस्रो किस्तावापतको अनुदानसमेत लिइसकेका छन् ।

633
भीम गौतम
सोमवार, जेठ ७, २०७५

सिंहदरबारभित्रको अनावश्यक विवादका कारण सरकारले पहिलो प्राथमिकतामा राखेको सोलु कोरिडोरको प्रसारणलाइन समयमै निर्माण नहुँदा ८ अर्ब रुपैयाँ गुम्ने भएको छ ।

1556
निरु अर्याल
आइतवार, जेठ ६, २०७५

ट्याक्स ग्यापको खोजीमा रहेको सरकारले अब वैदेशिक रोजगार व्यवसायी, जग्गा कारोबारी, शैक्षिक परामर्श दिने कन्सल्टेन्सी, कानुनी परामर्शदाता, इञ्जिनियरिङ कन्सल्ट्यान्सी तथा सञ्चारमाध्यमहरूलाई करको दायरामा ल्याउने भएको छ संघीककयता कार्यान्वयनसँगै सरकारलाई वित्तीय भार बढ्ने देखिएपछि सरकारले बजेटमार्फत करका दर र दायरा दुबै बढाउने उद्देश्यअनुरूप यी क्षेत्रलाई करको दायरामा ल्याउन लागेको हो ।

4296
लक्ष्मी सापकोटा
शुक्रवार, जेठ ४, २०७५

बुधबारमात्रै पेट्रोल, डिजेल र मटीतेलको मूल्यवृद्धि गरेको नेपाल आयल निगमले फेरि मूल्य बढाउने संकेत गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा स्थानीय बजारमा समायोजन नै नगरी अटेरी गर्दै आएको निगमले पछिल्लो ३ महिनामै ४ पटक मूल्यवृद्धि गरिसकेको छ ।

1685
कारोबार संवाददाता
बिहिवार, जेठ ३, २०७५

नेपाली रुपैया कमजोर हुने क्रम रोककिएको छैन । भारतीय रुपैया निरन्तर कमजोर भएपछि नेपाली रुपैयाँ पनि अमेरिकी डलरसँग अवमूल्यन भएको हो ।

2394
कारोबार संवाददाता
बिहिवार, जेठ ३, २०७५

सहकारी संघसंस्थामार्फत उद्योग संचालन र व्यवसायीक कृषिका लागि सरकारले दिदै आएको अनुदान वितरणको प्रक्रिया व्यवस्थित बनाउने भएको छ ।

1063
निरु अर्याल
बिहिवार, जेठ ३, २०७५

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत करको दर र दायरा दुवै बढाउने संकेत दिएको छ । मुलुक संघीय शासन प्रणालीमा प्रवेश गरेसँगै सरकारलाई वित्तीय भार बढ्ने देखिएपछि सरकार बजेटमार्फत करका दर र दायरा दुवै बढाउने मनसायमा पुगेको हो । आगामी आर्थिक वर्षका लागि १२ खर्ब ४ अर्बको सिलिङका आधारमा सरकारले बजेटको तयारी गरिरहेको छ ।

5949
लक्ष्मी सापकोटा
बुधवार, जेठ २, २०७५

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटरमा दुई रुपैयाँ बढाएको हो । केपी ओली नेतृत्वको सरकारले सय दिन पूरा गरेकै दिन इन्धनको मूल्य बढेको हो । यो अवधिमा ४ पटक मूल्यवृद्धि भइसकेको छ ।

2105
प्रगति ढकाल
बुधवार, जेठ २, २०७५

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि वन तथा वातावरण क्षेत्रलाई १४ अर्ब रुपैयाँ बजेट सिलिङ तोकेको छ । सरकारले आगामी जेठ १५ गते मुलुकको संघीय बजेट ल्याउने तयारी गरिरहेको बेला वन तथा वातावरण मन्त्रालयका लागि करिव १४ अर्ब रुपैया बजेट सिलिङ तोकिएको हो ।

1376
कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५

डेरी उद्योगीहरूले डेरी उपकरणका पाटपुर्जा भिœयाउँदा लाग्ने भन्सार शुल्क १ प्रतिशत कायम गर्न माग गरेका छन् । नेपाल डेरी एसोसिएसनको प्रतिनिधिमण्डलले मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडालाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।

609
लक्ष्मी सापकोटा
बुधवार, जेठ २, २०७५

सवारीसाधनको बढ्दो प्रयोगसँगै बजारमा डिजेलको खपत अत्यधिकरूपमा बढ्दै गएको छ । सडक विस्तारसँगै विकास निर्माणको काम तीब्र गतिमा अगाडि बढेकाले डिजेलको खपत दिनप्रतिदिन बढ्दै गएको हो ।

754
कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५

अर्थविद् रामेश्वर खनालले अहिलेको वित्तीय प्रणालीमा आमूल परिवर्तन गर्न नसके गरिब मानिस समृद्ध बन्न नसक्ने बताएका छन् । नेपाल आर्थिक मञ्चले मंगलबार ललितपुरमा गरेको कार्यक्रममा पूर्व अर्थसचिवसमेत रहेका खनालले धितो राखेर कर्जा दिने व्यवस्थागरी वित्तीय प्रणालीमा सुधार आवश्यक रहेको बताए ।

427